शुक्रबार, बैशाख १४, २०८१

उदयपुरमा पानी नपर्दा चैते धान रोप्न समस्या

caite dhanउदयपुर, चैत । चैते धान रोप्ने सयमा पानी नपर्दा जिल्ला कृषकलाई समस्या सिर्जाना भएको छ । धान रोप्ने समय अन्तिम हुन लाग्दा समेत पानी नर्पदा चैते धान हुने अधिकाँश क्षेत्रमा अझै रोपाई हुने नसकेको जिल्ला कृषि कार्यालय उदयपुरले जनाएको छ ।
जिल्लाको एकहजार दुईसय ५८ हेक्टर क्षेत्रमा गएको वर्ष चैते धान रोपिएपनि अहिले त्यसको अनुपातमा रोपाई नभएको अनुमन गरिएको छ । त्रियुगा नगरपालीका भित्रका वडानम्वर ११, १२, १३, १४ र १७ लगाएत स्थानमा किसानहरु धान रोप्न व्यस्त हुनुपर्नेमा पानी नपरेको कारण छिटपुट मात्रामा रोपाई गरिरहेका छन् । त्यस्तै खोलामा पानीको अभावको कारण रोपाई कमै मात्रमा भएको तावाश्रीका कृषक मनोज खत्रीले बताए । उनले तावाखोला आसपासका क्षेत्रमा गएको वर्षभन्दा कम मात्रमा रोपाँई भएको जानकारी दिँदै गएको वर्ष भन्दा यस वर्ष खोलामा पानी सुक्दै गएको आप्mनो अनुभव समेत सुनाएका छन् । खोलामा पानी नभएको र आकाशबाट समेत वर्षा नभएको कारण चैते धानको विउ रोप्न आफुले पनि नसकेको कृषक खत्रीले बातए ।
जिल्लाको पुर्वी र पिश्चमी भेगमा कुलो लाग्ने लाग्ने खेतहरुमा चैते धान कृषकले रोप्ने गरेका छन् । ठूलो क्षेत्रमा चैते धान रोप्न सकिने भए पनि प्रयाप्त मात्रमा सिँचाईको अभाव हुँदा कमै रुपमा उत्पादन हुने गरेको छ । पछिल्लो सयमा जलवायु परिवर्तनसँगै खोलानाल सुक्ने, पहिरोका कारण सानातिना खोलाको पानी पुरिनाले चैते धान नै लोप सम्भावना रहेको स्थानीय किसानहरुले बताउँछन् ।

जिल्लाको त्रियुगा नगरक्षेत्र, कटारी, त्रिवेणी, हर्देनी, बेल्टार, मंयाखु, रौता, पंचावती, तपेश्वरी, सोरुङ छविसे, तवाश्री, लिम्पाटार, पंचावती, रिस्कु तथा कोशी गढतिर वा चुरे र महाभारतको फेदीमाहरुमा चैते धान लगाउने गरिएको छ । चैते धानको उत्पादन राम्रो हुने भए पनि, उन्नत विउविजन, सिँचाई र मलको व्यवस्था समयमै नहुनाले अहिले चैतेधान खेतीमा समस्या आएको कृषकको गुनासो रहेको छ । जिल्लाको समथर र पहाडी क्षेत्रका खेतमा गएको आर्थिक ०७०÷०७१ मा वर्ष एकहजार दुईसय ५८ हेक्टरमा दुई हजार पाँचसय २५ दशमलव ८८ मेट्रिकटन धान उत्पादन भएको कृषि कार्यालय उदयपुरका वालिविकास अधिकृत रामसेवक ठाकुरले बताए । ठाकुरका अनुसार गएका वर्षमा केही रुपमा उत्पादन क्षेत्रमा समेत बृद्धि हुँदै गए पनि यस वर्ष घट्ने सम्भावना रहेको छ । जसमा आव ०६९÷०७० मा एकहजार तीनसय ५२ हेक्टरमा दुई हजार पाँचसय एक दशमलव २० मेट्रिकटन, आव ०६८÷०६९ मा एकहजार तीनसय ५५ हेक्टरमा दुई हजार चारसय ३९ मेट्रिकटन र आर्थिक वर्ष ०६७÷०६८ मा एक हजार तीनसय ५२ हेक्टरमा दुईहजार पाँचसय ६८ दशमलव ८० मेट्रिकटन उत्पादन भएको अधिकृत ठाकुरले जानकारी समेत दिए । उनले पछिल्ला वर्षहरुमा चैते धान रोप्ने जग्गाको क्षेत्रफलमा बृद्धि हुँदै गएपनि धान उत्पादन भने घ्टदै गएको छ । – बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: शनिबार, चैत्र २८, २०७१