बुधबार, बैशाख १२, २०८१

खोटाङ जिल्लामा हिउँदे आलु उत्पादनमा बृद्धि

potato khotangखोटाङ, २७ चैत । खोटाङमा गत वर्षभन्दा यस वर्ष चार प्रतिसतले हिउँदे आलुको उत्पादनमा बृद्धि भएको छ । गत वर्ष १७ हजार १ सय ८० मेक्ट्रिटन उत्पादन भएको आलु यस वर्ष १८ हजार १ सय २१ मेक्ट्रिटन उत्पादनमा भएको जिल्ला कृषि बिकास कार्यालय खोटाङले जनाएको छ ।
२ हजार ९७ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको हिउँदे आलुमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले बृद्धि भएको कार्यालयलको भनाई छ । ८ दशमलव ६५ मेक्ट्रिटन प्रतिहेक्टर उत्पादकत्व हुने हिउँदे आलुको ८२ मेक्ट्रिटन प्रतिहेक्टर क्षमता भएपनि जिल्लामा आलु उत्पानदमा भने कमी भएको कार्यालय खोटाङका बरिष्ठ कृषि बिकास अधिकृत श्यामप्रसाद रिजालले बताए । उनले बिउ छनौटमा कमी, सिंचाइको उचित व्यवस्थापन नहुनु, आलुलाई चाहिने खालको मलको प्रयोग नहुनु, लगायतका कारणबाट आलुको उत्पादनमा कमी आउने गरेको बताए ।
हिउँद तथा वर्षा दुवै सिजनमा आलु उत्पादन हुने पकेट क्षेत्रको रुपमा रहेका नुनथला, चिउरीडाँडा, खिदिमा, बाँझेच्यानडाँडा, हौँचुर , वाप्लुखा, ऐसेलुखर्क, पाथेका,सप्तेश्वर छितापोखरी, ईन्द्रणीपोखरी, मात्तिम, छितापोखरी लगायतका लगायतका उच्च क्षेत्रमा रहेका पहाडी गाविसहरूमा आलु अत्याधिक उत्पादन हुने गर्दछ भने हिउँदे आलु जिल्लाका सवै गाविसमा हुने गर्दछ । उनले प्रतिरोपनी ४ सय ५० केजी आलु उत्पान हुने गर्दछ तर पनि यहाँका कृषकले व्यवस्थापनमा कमी गरेको कारण आलु उत्पादनमा भने कमीहुने गरेको बताए ।
तरकारीको रुपमा बिशेष प्रयोग हुने आलु बाहिरबाट ल्याउनु नपर्ने बरु जिल्लामा उत्पादन भएको आलु उदयपुर लगायतका तराइका जिल्लामा १५ प्रतिशत भन्दा बढि निर्यात हुने गरेको कृषि बिकास कार्यालय खोटाङको तथ्याङकमा उल्लेख छ । – बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: शुक्रबार, चैत्र २७, २०७१