आइतवार, जेष्ठ ६, २०८१

नेपाली चामल उद्योग सङ्कटमा

बारा, २६ चैत । चामलको भन्सार मूल्याङ्कन घटाएर धानको पुरानै मूल्य कायम राखेपछि यहाँका स्वदेशी चामल उद्योग सङ्कटमा पर्न थालेका छन् । स्वदेशी चामल उद्योग प्रवद्र्धनका लागि सरकारले धानको भन्सार मूल्याङ्कनलाई पनि पुनः मूल्याङ्कन गर्नुपर्ने माग चामल व्यवसायीहरूको छ । भारतबाट धान र चामल आयात गर्दा भन्सार मूल्याङ्कनलाई बढी व्यवस्थित र वैज्ञानिक बनाउनुपर्ने चामल व्यवसायीहरू बताउँछन् । चामलको भन्सार मूल्याङ्कनलाई वस्तुपरक र वैज्ञानिक नबनाए यसले स्वदेशी चामल उद्योग धारासायी हुने उनीहरूको भनाइ छ ।
करिब तीन महिनाअघि भन्सार विभागले प्रतिकिलो मसिनो चामलको भन्सार मूल्याङ्कन ३३ भारतीय रुपैया“बाट घटाएर २७ रुपैया“ भारतीय कायम गरिएको थियो । चामलको भन्सार मूल्याङ्कन घटाउने तर धानको भन्सार मूल्याङ्कन नघटाएर पुरानै काम राख्दा भारतीय चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहा“का अधिकांश चामल उद्योगहरू सङ्कटमा पर्न थालेका छन् । अहिले धानको भन्सार मूल्याङ्कन १७ रुपैया“ भारतीय कायम गरिएको छ ।
तुलनात्मक रूपमा कम लागतमा बढी उत्पादित भारतीय चामलहरू सहज रूपमा नेपाल भित्रिरहेका छन्, । “भन्सार मूल्याङ्कन कम गर्दा नेपालमा ठूलो परिमाणमा भारतीय चामल आयात हुने गरेका छन ।

प्रकाशित मिति: बिहिबार, चैत्र २६, २०७१