आइतवार, बैशाख २३, २०८१

एक महिनामा ६७ किसानले गरे आत्महत्या

susitकाठमाडौं । माटोका पुजारी, अन्नदाताका रुपमा रहेका किसानहरु जसले अहोरात्र खाद्यान्न उब्जाउनका लागि मरिहत्ते गरिरहेका हुन्छन् तिनै किसानहरुले क्रमश गदैै गरेको आत्महत्याको समाचारले आम नागरिकमा पक्कै पनि दुखित बनाएको छ । एक महिनामा ६७ जना किसानहरुले आत्महत्या गरे भन्दा आश्चर्य पनि लाग्ला तर कुनै आश्चर्य मान्नु पर्दै । बेमौसमी बर्षातका कारण किसानहरुले उत्पादन गरेका कृषि उपजहरु नष्ट भएपनि अघिल्लो एक महिनामा भारतको उत्तर प्रदेशका ६७ जना किसानहरुले आत्महत्या गरेका हुन् । सवैभन्दा बढी आत्महत्या गर्ने किसानहरु ५४ जना भारत उत्तर प्रदेशको बुँदेलखण्डका रहेका छन् ।
उत्तर प्रदेशको ३१ जिल्लामा करीव २६ लाख हेक्टर जमीनमा बर्षाका कारण भित्र्याउने बेला भएको अन्नवाली नष्ट भएको थियो । तर सरकारले प्रभावित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन नसकेका कारण सवैभन्दा बढी पीडादायी अवस्थामा आत्महत्या गर्ने किसानका परिवारहरु रहेको समेत बताइएको छ । बेमौसममा परेको असिना पानीका कारण खेतमा तयारी अवस्थामा रहेको अत्यधिक आलु नष्ट भएको पनि बताइएको छ । आलु, प्याज, गोलभेंडा मात्र होइन किसानका खेतमा रहेका मौसमीखेती गरिएका तरकारीहरु समेत पूर्ण रुपमा नष्ट भएको छन् । सो असिना पानीका कारण प्रत्येक किसानहरुको कम्तिमा ५ लाखदेखि १५ लाखसम्मका कृषि उपज नष्ट भएको किसानहरुले सञ्चार माध्यमलाई बताएका छन् ।
यतिखेर सो क्षेत्रका किसानहरु अत्यन्तै पीडामा देखिएका छन्  । किसानहरुले वैंकबाट ऋण लिएर कृषि उत्पादनमा लागिरहेको र ऋण तिर्न नसक्ने भएपछि धेरै किसानहरुले आत्महत्या गर्नु परेको पनि किसानहरु बताउँछन् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने किसानले ऋण कै कारण आत्महत्या गर्नु पर्ने अवस्थ आउन नदिन तर्फ वैंकहरुलाई पनि आग्रह गरेका छन् । रिजर्व वैंकको ८० औ बार्षिकोत्सवका अवसरमा सम्वोधन गर्ने क्रममा मोदीले अहिले किसानहरुले भोग्नु परेको पीडा वैंकहरुले पनि महशुश गर्नु पर्ने तर्क राख्दै किसानहरुलाई ऋण दिनका लागि लचिलो हुन समेत आग्रह गरेका छन् । उनले भने जुन किसानले उत्पादन गरेका कृषि उपज विग्रियो वा विविध कारणले उत्पादन हुन नसकेको खण्डमा आफूले आत्महत्या गर्नु पर्दै मेरो पछाडि सुरक्षा गर्ने निकाय छ भन्ने भावनाको विकास गर्नु जरुरी छ ।
त्यसैगरी भारतीय कांग्रेसीकी अध्यक्ष सोनिया गान्धि प्रभावित क्षेत्र भ्रमण गरी किसानहरुको अवस्थाका बारेमा समेत जानकारी लिएकी छन् । गान्धिले जिल्लाको प्राकृतिक प्रकोपबाट प्रताडित किसानहरुलाई उनीहरुको
अधिकारका लागि लड्ने र क्षतिपूर्ति उपलब्ध गराउने पक्षमा आफू सक्रिय रहने बताएकी छिन् ।
असिना पानीका कारण यतिखेर उत्तर प्रदेशका किसानहरु अत्यन्तै पीडा दायी अवस्थामा रहेका छन् । राजनीतिक दलका नेतृत्वहरु प्रभावित किसानहरुको प्रभाव बुझ्न पुगिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यतिखेर किसानहरुको पीडालाई सञ्चार माध्यमहरुले प्रभावकारी ढंगले आम रुपमा प्रवाह गरिरहेका छन् । जसले किसानहरुलाई राहत उपलब्ध गराउनका लागि ठूलो मद्दतपुग्ने समेत देखिएको छ ।
त्यस्तै मध्य प्रदेश कांग्रेसका अध्यक्ष अरुण यादव समेत किसानहरुकै खेतमा पुगेर नष्ट भएको कृषि उपजको अवलोकन गर्दै नष्ट भएको कृषिउपजको उचित क्षतिपूर्ति दिलाउनेपक्षमा आपूm प्रतिवद्ध भएर लाग्ने आश्वासन समेत दिएका छन् । भारतीय किसानहरुले प्राकृतिक प्रकोपका कारण जुन नियती यतिखेरभोग्नु परेको छ । त्यो अवस्थालाई मध्यनजर गर्दै नेपालमा पनि हुन सक्ने सम्भावित क्षति न्यूनिकरणका लागि बेलैमा सोच्नु आवश्यक देखिन्छ ।

प्रकाशित मिति: शनिबार, चैत्र २१, २०७१