बिहिबार, बैशाख १३, २०८१

कुरिलोखेतीबाट आम्दानी बढाउँदै

kuriloरुकुम, २० चैत । अन्य खेतीभन्दा राम्रो आम्दानी हुन थालेपछि रुकुम गरायलाका किसान कुरिलोखेतीतर्फ आकर्षित भएका छन् । जङ्गलमा खेर गइरहेको कुरिलो सङ्कलन गरी गरायला गाविस–१ भलाचौरका कृषकले कुरिलो लगाई आम्दानी लिन सुरु गरेका हुन् ।

गरायला–१ भलाचौरका लालबहादुर ओली, बालाराम पुन र तिलक ओलीले कुरिलोखेती गरी आम्दानी लिन सुरु गरेका छन् । उनिहरूले तरकारी लगाउने बारीमा समेत कुरिलो लगाएका छन् । जिल्लामै यसको माग बढेको र ग्राहकहरू घरदैलोमै पुग्न थालेपछि कृषक कुरिलोखेतीतर्फ आकर्षित भएका हुन् ।
जडीबुटीखेतीले राम्रो आम्दानी हुने देखेपछि यस क्षेत्रका अन्य कृषक पनि कुरिलोखेती गर्न तम्सिएका छन् । उनीहरू जङ्गलमा खेर गइरहेको कुरिलो सङ्कलन गरी बोट लगाउन थालेका छन् । तिलक ओलीले तीन मुरी मकै फल्ने जग्गामा कुरिलोका बोट लगाएका छन् ।
घरेलु औषधि तथा विदेश निर्यात हुने यस कुरिलोखेतीबाट गरायलाका कृर्षकले वार्षिक रु दुई लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गर्दछन् । ज्वरो, सुक्खा खोकी, घाँटीको खराबी, मुटु रोग, अम्लपित्त (ग्यास्ट्रिक), कमलपित्त (जन्डिस), स्मरणशक्तिको कमजोरी आदि रोगको घरेलु उपचारमा यसको प्रयोग हुने भएकै कारण सर्वसाधारण यस खेतीतर्फ आकर्षित भएको पाइन्छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २०, २०७१