शुक्रबार, जेष्ठ ४, २०८१

काभ्रेमा किसानलाई पचास लाख

काभ्रे, ६ चैत । युवा लक्षित कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न शीर्षकमा दिइने अनुदानका लागि कृषक छनोट भएका छन् ।
विभिन्न शीर्षकमा प्रदान गर्ने अनुदानका लागि झण्डै ४०५ कृषकलाई छनोट गरेकोे जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिएका छन् । उनका अनुसार च्याउ खेतीका लागि २०, व्यावसायिक तरकारी खेतीका लागि ६०, भकारो सुधारका लागि ३००, माछापालनका लागि २० र दनुवार समुदायका चार कृषकलाई अनुदानको रकम वितरण गर्ने निश्चित भएको छ ।
खेतीमा प्रतिकृषक रु ४० हजारका दरले, भकारो सुधारका लागि रु ५२ हजार, माछा पालनका लागि पोखरी खन्न रु १० हजार र अन्य शीर्षकमा रु ५० हजार अनुदान दिइने जिसीको भनाइ छ । “अनुदानको उद्देश्य युवाहरुको विदेश पलायन रोक्ने र बेरोजगार युवालाई रोजगारी दिलाउनु हो’ जिसीले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत्र ६, २०७१