आइतवार, बैशाख १६, २०८१

अस्वस्थ मासुका कारण उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर तर सरकारी निकाय मौन

ypsमानव जीवनका लागि दाल, चामल, तरकारी, तेल दैनिक उपभोगका लागि अनिवार्य खाद्यान्न वस्तु हुन । यी वस्तु सँग–सँगै नेपालको परिप्रक्ष्यमा भन्नु पर्दा प्रत्येक दिन अधिक उपभोग हुने खाद्यवस्तुमा मासु पनि पर्न आउँछ । राज्यले मासु जन्य पदार्थ उत्पादनका लागि खसी, बोका, कुखुरा, हाँस, बङ्गुर, राँगा, माछा पालन र केहि समय यता अफ्रिकन र अष्ट्रेलियन चरा अष्ट्रिच र इमोको व्यवसायिक कृषि खेतीका लागि प्रोत्साहनका साथ सरकारले ठूलोलगानी समेत गरिरहेकोछ ।

विभिन्न सरकारी गैरसरकारी पक्षबाट समेत मासु जन्य पदार्थ उत्पादनका लागि प्रयास भइरहँदा पनि नेपालमा जति खपत छ त्यति उत्पादन गर्न सकिएको अवस्था छैन । वर्षेनी मासु जन्य पदार्थको माग बढ्दै गइरहेको अवस्था छ । बढ्दो मागलाई परिपूर्ति गर्नका लागि भारत र चीनबाट आयात गर्नु पर्ने हाम्रो वाध्यता रहेकोछ । मासुजन्य वस्तु राज्यले आपूर्ति गर्न जति प्रयास र ध्यान दिएको पाइन्छ त्यति त्यस्को स्वच्छता, गुणस्तरका साथै उपभोक्ताको स्वास्थ्यमा पर्नसक्ने नकारातमक पक्ष प्रति त्यति ध्यान दिएको भने देखिदैन । आपूर्ति र उत्पादन सँग–सँगै स्वास्थ्यको कुरा पनि जोडिएको हुनु पर्छ । मासुजन्य वस्तु उत्पादन वृद्धिका लागि जति सरकारी र गैर सरकारी पक्षबाट प्रयास भइरहेको छ । त्यति व्यवस्थित वधशाला र व्यवस्थित बिक्रि वितरणमा, गुणस्तर वा स्वच्छ मासुजन्य वस्तुको उपलब्धता गराउनेतिर ध्यान दिएको गएको देखिदैन । राजधानी नेपालको कूल जनसंख्याको ठूलो प्रतिशतले बसोवास गरिरहेका छन्  । प्रत्येक वस्तुको खपत पनि सबै भन्दा अधिक राजधानीमा हुन्छ त्यसमा कुनै संका छैन । यस्तो ठाउँमा पनि मासुजन्य पदार्थको विक्रि वितरण जथाभावी हुनु पसलहरु मापदण्ड विपरित सञ्चारल हुनु र बेलाबेलामा सरकारी पक्षबाट भएको अनुगमन फितलो हुन वा त्यसको परिणाम सकारात्मक हुन नसक्नुु, व्यापारीहरुले सरकारको नियमको पालना नगर्नु अटेरी गर्नु यस्ता विविध विषयहरुले उपभोक्ताहरुको स्वास्थ्यमा दिनानुदिन नकारात्मक असर पारीरहेको छ । यतातिर राज्यको विशेष गरे सिंहदरबारमा बसेर नीति नियम वा योजना निर्माण गर्नेहरुले ध्यान दिनु आवश्यक देखिन्छ । नीतिनियम र योजनामात्रै होइन त्यसलाई कडाईकासाथ कायान्र्वनमा जोड दिनु पर्दछ । कृषि विकास मन्त्रालय पशु सेवा विभाग मातहतमा रहेको पशु बजार निर्देशनालयले सुरक्षित पशु बधशाला निर्माणका लागि बजेट तर्जुमा गरेको भएपनि सो कार्य हुन सकेको छैन । जनताको स्वास्थ्यमाथि नकारात्मक असर नपरोस् र मासु व्यवसायीहरुले पनि स्वस्थकर मासु विक्री गर्न पाउन् भन्ने सोच त ल्याएको छ तर बजार हेर्ने जिम्मेवारी पाएको निकायले यस विषयमा मौन बस्नुको अर्थ के छ भन्ने कुरा रहस्यमय बनेको छ । सवैभन्दा ठूलो कुरा आम उपभोक्ताहरुको स्वास्थ्य भएकाले त्यसतर्फ कृषि विकास मन्त्रालयको सम्वन्धित निकायले चासो दिनु अत्यन्तै महत्वपूर्ण छ ।-योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: आइतवार, फाल्गुन १७, २०७१