शुक्रबार, बैशाख १४, २०८१

पशुलाई पोषणयुक्त आहारा पु¥याउन अत्यन्तै चुनौती

dr
डा.बंशी शर्मा
प्रमुख, राष्ट्रिय चरन तथा पशु आहार केन्द

० राष्ट्रिय चरन तथा आहार केन्द्रले के गरिरहेको छ ?
राष्ट्रिय चरन तथा पशु आहार केन्द्रले यतिखेर राष्ट्रिय आहार विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । अहिले ३५ जिल्लामा सञ्चालन भईरहेको यो कार्यक्रममा हिउँदे बर्षे र बहुवर्षिय घाँस किसानहरुको घरदैलोमा पु¥याएर उन्नत प्रविधिबाट कृत्रिम गर्भाधानद्धारा जन्मिएका बाछाबाछीको आहारमा सुधार ल्याई दूध उत्पादन एवं मासु उत्पादनमा गुणात्मक सहयोग प्रदान गरिरहेको अवस्थामा छौं ।
० पशुहरुलाई पोषण युक्त आहारको अत्यन्तै कमी छ भनिन्छ नि त ?
केही हदसम्म यो कुरा पनि सहि हो । नेपालमा एकतिहाई पशुहरु कुपोषणको अवस्थामा छन् । उन्नत जातका पशुहरुबाट दिईने वंशानुगत गुण पनि आहार कमीका कारण त्यत्ति बलियो हुन सक्दैन । त्यसैले गर्दा पनि हामीले उन्नत घाँसका बीउहरु ल्याएर हरियो घाँसमा आधारित पशुउत्पादन गर्दा लागत मूल्य घट्छ र उत्पादन पनि बढ्छ भन्ने सोच किसानहरुमा पु¥याईरहेका छौं ।
० पशुहरुका लागि पोषणयुक्त आहार प्रयोग गर्नु पर्दछ भन्ने सोच नै किसानलाई छैन चेतनाको अभिबृद्धि हुन सकेको छैन भन्छन् नि त?
सवैभन्दा महत्वपूर्ण कुरा नै यही हो । सन्तुतिल दाना हामीले पशुहरुलाई नियमित ख्याउनु पर्दछ । व्याउने बेलामा र दूध दिने बेलामा राम्रो ख्वाउने अरु बेला नख्वाउने बानी आम किसानहरुको खरावी सवैभन्दा बढी देखिएको छ । किसानहरुले गाईभैसीहरुलाई दूध उत्पादनका लागि भनेर पोषण युक्त दानाहरु नै ख्वाईरहेका देखिन्छन् । किन कि दूध उत्पादन पैसासँग गाँसिएको छ । तर व्याउने समयभन्दा अगाडि पनि पोषण युक्त आहार नख्वाएका कारण भ्रुण वा शिशुहरुमा विभिन्न खालका समस्याहरु देखिएका छन् । त्यसकारण किसानहरुले मेरो यतिवटा पशु छ मैले यति घाँस लगाउनु पर्दछ भन्ने ज्ञानको अभाव पक्कै देखिन्छ । त्यस कारण पनि हामीले माग र आपूर्तिको अवस्थालाई सुदृण गर्नका लागि पनि पहल कदमी चालिरहेका छौ ।
० पशुहरुलाई सन्तुलित आहार ख्याउने कुरामा किसानहरुले केन्द्रस“ग कतिको समन्वय गरिरहेका छन् त?
यस विषयमा हामीले सामुदायिक पशु आहार केन्द्र भनेर सम्पूर्ण सेवा सुविधा दिने र हामीले दिएका घाँसका वीउ, मलहरु, कटिङ्ग दिने अवस्थामा छौ । जसका कारण किसानहरुमो माग धेरै नै बढिरहेको छ । त्यसैकारणले गर्दा पनि हामीले किसानहरुको मागलाई धान्न सक्ने गरी बजेट विनियोजन गरेर प्रत्येक जिल्लामा करिव २० लाखका दरले रकम उपलब्ध गराएका छौं । जसले गर्दा पशु आहारमा गुणात्मक सुधार हुने छ ।
० यसको मतलव पशुलाई सन्तुलित र पोषणयुक्त आहारको आवश्यक छ भन्ने कुराको किसानमा जनचेतना अभिबृद्धि भईरहेको छ ?
उन्नत जातको पशुपालन गर्नेहरुमा त सत्प्रतिशत नै रहेको छ । पोषण युक्त आहार पशुलाई ख्वाउन सकिएन भने दूध आउँदै भन्ने कुरा बुझिसकेका छन् । हाम्रा स्थानीय पशुपालन गर्नेहरुमा पनि कृत्रिम गर्भाधान गरेर यसलाई राम्रो खाना ख्वाउनु पर्दछ राम्रोसँग पाल्नु पर्दछ भन्ने जागरण गर्ने काम हामीले धेरै नै गर्दैै आईरहेका छौं । र किसानमा पनि विगतका बर्षहरुमा भन्दा धेरै नै जनचेतना अभिबृद्धि भएको पाउन सकिन्छ ।
० तर पनि समस्या त धेरै देखिन्छन् नि त ?
समस्या कस्तो छ भने हामीसँग बर्षायाममा जत्ति पनि घाँस पाईन्छ । तर चैत्र बैशाख र जेठ महिनामा घाँसको सुख्खा नै लाग्ने गर्दछ । तर हामीले बढी भएको बेलाको घाँसलाई अभाव हुने समयमा लागि सुरक्षित राख्न सक्ने अवस्था नै छैन । अहिले विभिन्न खाले प्रविधि भित्रिएका छन् जसका कारण हामीले घाँसलाई सुरक्षित राख्न सक्ने अवस्था पनि छ । तर त्यो कुरालाई हामीले आम किसानसम्म जनचेतना पुयाउने सकिरहेका छैनौ भने हामीले पनि यस्ता कुरालाई अगाडि बढाउन सकिरहेका छैनौं ।
० के गर्न सकेका हामीले अभावका बेलाका लागि घाँस सुरक्षित राख्न सक्छौं त ?
हामीले गुन्द्रुक झै पोलिथिन ब्यागमा वा खाल्डोमा राम्रोसँग सुरक्षित राख्न सक्छौं । त्यस्तो प्रयास अत्यन्तै कम मात्रामा मात्र भएको छ । यसलाई अलि व्यवस्थित बनाएर लैजाने हो भने घाँसखेतीसँग यसलाई सुरक्षित राख्न सकिन्छ ।
० बढ्दै गईरहेको पशुपालन व्यवसायलाई अझै आकर्षित गर्नका लागि पशु आहार प्रशस्त पु¥याउन के गरिरहनु भएको छ त ?
हामीले सख्खर लगायतका बस्तु राखेर पशुहरुको शरीरलाई चाहिने पोषणयुक्त खानेकुरा ख्वाउनु पर्दछ भन्ने सचेतनाका लागि विभिन्न खाले तालिमहरु पनि दिईरहेका छौं । पशुहरुका लागि आवश्यक सम्पूर्ण पोषण तत्वहरु समेतको मिश्रणको खानेकुरा कसरी ख्वाउने भन्ने कुराको पनि हामीले प्रयोग गरेर किसानहरुलाई देखाईरहेका पनि छौं । त्यसका लागि हरेक जिल्लामा एउटा मिक्स ह्यासन मेसिन दिएर किसानहरुसँग सहकार्य गरी त्यबाट ब्लकहरु उत्पादन गरेर ख्वाउन लगायौ भने पनि किसानहरुलाई पनि आफ्नो पशुका लागि आवश्यक आहार सुरक्षित गराउन सकिन्छ र किसानहरु पनि ढुक्क हुन्छन् । यस्ता किसिमका आधुनिकीकरण र व्यवसायिकरणतर्फ पनि हामी लागेका छौं । मलाई लाग्छ निकट भविष्यमा यी सवैकुराहरु सम्भव हुन्छ ।
० यस्ता काम गर्नका लागि फेरि बजेटको अभाव छ भन्ने होला नि त ?
हामीलाई पैसाको समस्या होइन । पैसा हामीसँग छ । नेपाल सरकारको स्रोतबाट आएको रकमले प्राथमिकिकरण गरेर चाहिने कार्यक्रम राखेर नचाहिने कार्यक्रम हटाउँदै जाने हो भने रकमको अभाव छैन ।
० त्यसो त अनुदानको पनि व्यवस्था त गर्नु भएको छ नि त ?
हो अनुदानको व्यवस्था छ । तर हामीले आगामीबर्षदेखि नतिजामा आधार रहेर अनुदान दिन तयारी गरिरहेका छौं । घाँस, मल, बीउ किन्नलाई होइन । घाँस लगाइसकिएको छ जति हेक्टरमा घाँस लगाएको छ त्यसै आधारमा अनुदान दिने व्यवस्था गर्न खोजिरहेका छौं । यो प्रक्रियामा अगाडि बढ्न सक्यौं भने राम्रो किसिमको थालनी हुन्छ ।
० सहज रुपमा अनुदान पाईरहेका बेला यस्तो प्रक्रियामा जाँदा विरोध आउला नि त ?
त्यस्तो विरोध आउँदैन  । किन भने आधा हेक्टरमा घाँस लगाउने वा एक हेक्टर, दुई हेक्टर वा त्यो भन्दा बढी लगाउने मोडल बनाएका छौं । त्यसले गर्दा हामी साना किसानहरुलाई छोड्दैनौं । साना किसानहरुका लागि मिनि किट वा घाँसको बीउ दिने कार्य पनि यथाबत नै हुनेछ साथै ठूला किसानहरुलाई अलि प्राथमिकता दिएर एकीकृत रुपमा दिने लक्ष्य हाम्रो छ ।
० आम किसानहरुलाई के भन्नु हुन्छ ?
समय सापेक्ष बर्षैभरी नै हरियो लगाएर पशुपालन गर्दा अत्यन्तै बेश हुन्छ । आफ्नो घरमा एउटा पशु पालिएको छ भने कम्तिमा एक रोपनीमा घाँसको व्यवस्था हुनु प¥यो । सयवटा बस्तु पाल्ने तर १० रोपनी पनि घाँसमा भएन भने हुँदैन । जति बस्तु पाल्दछौं त्यत्तिकै रोपनी जग्गा कम्तिमा घाँसका लागि प्रयोग गरेका छौं भने ढुक्क हुन सकिन्छ । त्यसकारण समय सापेक्ष घाँसको स्रोत केन्द्र आफ्नै ठाउँमा बनाऊ यसले नै हामी सवैको कल्याण गर्दछ भन्ने कुरा आम किसानहरुलाई भन्न चाहन्छु । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, माघ २५, २०७१