आइतवार, जेष्ठ ६, २०८१

उखु किसानले भुक्तानी पाएनन्

पथरी, १७ माघ । उखु बिक्री गरेको रकम एक वर्ष पुग्दा पनि भुक्तानी नपाएपछि मोरङका उखु किसान निरास भएका छन् ।
सुनसरीको अमाही बेलामा रहेको इस्टन सुगर मिलले एक वर्षअघि खरिद गरेको उखुको मुल्य किसानलाई भुक्तानी नगरेपछि उखु खेती गर्दै आएका मोरङका किसान निरास भएका हुन् ।
चिनी मिलले किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी नगरेपछि उखुको मुल्य नपाएको भन्दै चिन्तित भएको मोरङ कदमाहाका किसान भोला शर्माले बताए।
मिलले हरेक वर्ष उखुको रकम किसानलाई भुक्तानी गर्न झमेला गरेपछि किसान उखु लगाउने काम छोड्ने मनस्थितिमा पुगेको शर्माको भनाइ छ ।
यहाँका किसानका लागि उखु बिक्री गर्ने इस्टन चिनी मिलमात्र भएका कारणले किसान समस्यामा पर्ने गरेको उखु किसान विन्देश्वर यादवले बताए ।
मिलका प्रमुख उखु प्रबन्धक सुरेस मेहताले भुक्तानी दिन ढिलो चाँडो हुने भए पनि किसानले रकम भने पाएको दाबी गरे ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७१