शुक्रबार, बैशाख २१, २०८१

निर्यात भएको महमा बिषादी देखियो आन्दोलन गर्ने मौरी सहकारीको चेतावनी

honeyकाठमाडौं  पुस । नेपालको मह निर्यात नहुने भएपछि मौरी पालन गर्ने सहकारी संस्थाहरुले आन्दोलन गर्ने चेतावनी दिईरहँदा नेपालको महको अवस्थामाथि नै प्रश्न चिन्ह उठेको विज्ञहरुले बताएका छन् । नेपालको मह निकासी हुँदै आईरहेका देशहरुमा अव नेपाली मह निकासी नहुने सार्वजनिक भएपछि केन्द्रिय मौरी सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको हो । नेपाली महको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला आन्दोलनको धम्की दिनुले मह व्यवसाय कहाँ पुग्ला भन्ने सोच्नु पर्ने बेला आएको छ । विदेशमा निर्यात भएको मह विगतका दिनहरुमा परीक्षण नहुने गरेको र हाल ती देशले नेपालबाट निर्यात भएको मह परीक्षण गर्दा विषादीको मात्रा देखिएपछि मल आयात नगर्न निर्देशन दिएको थियो ।
नेपालबाट बार्षिक २ अर्वको मह निर्यात हुँदै आईरहेकोमा निर्यातमा रोक लगाइयो भने त्यसको प्रत्यक्ष मारमा आम नेपाली किसानहरु पर्ने देखिन्छ । केन्द्रिय मौरी सहकारी संघ कै भनाईलाई उदृत गर्ने हो भने पनि नेपाली मह के कारणले बिषादी युक्त भयो भन्ने कुराको विश्लेषण गर्ने बेला आएको छ । नेपाली कृषि क्षेत्रको विकासका लागि भाषणमा मात्र सिमित हुने नेतृत्वका कारण पनि यस्तो अवस्था आएको स्वीकार गर्न सकिन्छ ।
नेपालका उत्पादित महलाई नेपालमा विषादी युक्त भए नभएको परीक्षण गराएर निर्यात गर्ने हो भने मह निर्यातको प्रचुरमा मात्रामा हुने र त्यसले अरबौं रुपैयाँ विदेशी मुद्रा आर्जन गर्न सकिने कृषि बजार प्रर्वधन निर्देशनालयको भनाई छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २२, २०७१