सोमवार, बैशाख २४, २०८१

रकमको चलखेलसँगै महाप्रवन्धकमा बढुवा दुग्ध विकास संस्थान डुबाउँदै तिमल्सेना

DCकाठमाडौं,  मंसिर । दुग्ध उत्पादन गरिरहेका किसानहरु हरेक बर्ष दूधको मूल्य बढाउन सरकारसँग माग गरिरहन्छन् । दूधको लागत मूल्य पनि नउठ्ने गरी दुग्ध विकास संस्थानले किसानहरुसँग दूध खरिद गर्दे आईरहेको छ । किसानहरुलाई दुग्ध विकास संस्थानले प्रति लिटर ३३ देखि ३५ रुपैयाँ भन्दा बढी दिन सकिरहेका छैन । राजनीतिक आस्थाका आधारमा महाप्रवन्धक नियुक्ति हुने कारणले गर्दा दुग्ध विकास संस्थान दिनप्रतिदिने ओरालो लाग्दै गईरहेको छ । छ महिना अगाडि मात्र वरियताक्रमलाई मिचेर दुग्ध विकास संस्थानको निमित्त महाप्रवन्धक बनेका गंगाप्रसाद तिमल्सेनाका कारण दुग्ध विकास संस्थानले हरेक दिन घाटा व्यहोदैै आइरहेको छ ।
केही समय अगाडि भारतबाट धुलो दूध ल्याउँदा प्रतिकेजी १२ रुपैयाँका दरले कमीशन खान भ्याएका तिमल्सेनालाई रकम कै चलखेलका कारण विहीबार बसेको मन्त्रीपरिषद् वैठकले महाप्रवन्धक नियुक्ति गरेको छ । संस्थानभित्रैका कर्मचारीहरुबाट आलोचित बनेका तिमल्सेनालाई महाप्रवन्धक बनाउनका लागि तनहुँबाट संविधानसभा निर्वाचनमा हारेका एमाले नेता किसान श्रेष्ठले गृहमन्त्री बामदेव गौतमसँग लविङ्ग गरी महाप्रवन्धक बनाएको मन्त्रालय निकटस्रोतले बताएको छ ।
कनिष्ट व्यक्तिलाई निमित्त महाप्रवन्धक बनाएदेखि नै संस्थानले गति लिन नसकिरहेको बेला संस्थानको बजार अधिकृतको निर्देशनमा चल्नेलाई महाप्रवन्धक बनाएपछि कर्मचारी शुक्रबारदेखि काम नगर्ने मनस्थितिमा पुगेका छन् ।
मन्त्रालय स्रोतका अनुसार कृषि मन्त्री हरिप्रसाद पराजुलीले विगतमा आफ्नै तप्काबाट निमित्त महाप्रवन्धक बनाएको भएपनि यतिखेर ठूलै रकमको चलेखेल भएका कारण महाप्रवन्धकमा बढुवा हुन तिमल्सेना सफल भएका हुन् ।
तिमल्सेना महाप्रवन्धक भएर आएदेखि हालसम्म संस्थान करीव १२ करोड रुपैयाँ घाटामा गएको देखिन्छ । नेपाली दुग्ध उत्पादक किसानहरुलाई डुबाएर भारतबाट धुलो दूध किनेर लाउँदा करोडौ भ्रष्टाचार गरेका तिमल्सेना विरुद्ध नेपालको सवैभन्दा ठूलो गाईफार्म सञ्चालन गरिहेका किसान शशी पौडेलेको नेतृत्वमा अख्तियारमा उजु्री हाल्ने तयारी समेत गरिएको कृषि अनलाईनलाई कृषि मन्त्रालय स्रोतले बताएको छ । – शिव पाण्डे

प्रकाशित मिति: आइतवार, मंसिर २८, २०७१