शुक्रबार, जेष्ठ ४, २०८१

जर्मन दूताबासको सहयोगमा माछापालन

मेलम्ची, ७ मङ्सिर । सिन्धुपाल्चोक जिल्लाको थाङपालकोट–४ का किसान अहिले व्यावसायिक रुपमा माछापालनतर्फ आकर्षित भएका छन् ।

जर्मन दूतावास काठमाडाँैले कमिटमेन्ट नेपाल संस्थामार्फत सुरुमा रु १६ लाखको सहयोग गरी विगत दुई वर्ष अघिदेखि सात रोपनी जग्गामा प्राकृतिक पोखरी बनाई थाङपालकोटस्थित रैथाने माविले माछापालन व्यवसाय सुरु गर्दै आएको थियो ।
सो वर्ष माछापालनबाट भौतिक निर्माण गर्न लागेको खर्च र अन्य व्यवस्थापन गर्न लागेको खर्च कटाई रु ५० हजार फाइदा भएको स्थानीय कुमार बस्नेतले बताएका छन् ।
उनका अनुसार माछा व्यवसायबाट मनग्य फाइदा पुग्ने थाहा पाएपछि सोही स्थानका चिलाउने मावि र त्यहाँका अन्य सातजना किसानले पाँच रोपनीमा प्राकृतिक रुपको पोखरी बनाई मध्य पहाडी क्षेत्रमा उपयुक्त हुने सिल्भर कार्प, कमन कार्प, बिगहेड जस्ता विभिन्न प्रजातिका माछा गरी सुरुमा पाँच हजार माछाबाट सो व्यवसाय सुरु गरेका छन् ।
अब आउने वर्षमा भौतिक निर्माण र अन्य खर्च कम हुनेहँुदा वार्षिक रु दुई लाखभन्दा बढी नाफा कमाउन सकिनेसमेत उनले बताए । ।
माछापालनमा सहयोग गर्दै आएको जर्मन दूतावासले माछापालन व्यवसायका लागि आवश्यक पर्ने पम्प, जाल, डिफ्रिजलगायत सम्पूर्ण सामग्री सहयोग गरेको र सो व्यवसायबाट उत्पादन हुने माछा स्थानीय बजारलगायत काठमाडाँैको कालिमाटीमा समेत लगेर बिक्री वितरण गर्ने बस्नेतले जनाए

प्रकाशित मिति: आइतवार, मंसिर ७, २०७१