शुक्रबार, चैत्र १६, २०८०

गाईपालनका लागि भारतबाट गाई ल्याउनु घातक

cowचितवन,६ मंसिर । दुग्ध उत्पादनका लागि प्रमुख स्रोत जिल्लाका रुपमा रहेको चितवन जिल्लाका अधिकांश किसानहरु दुग्ध उत्पादनमा सक्रिय भएको भएपनि सरकारले दुग्ध उत्पादन गर्ने किसानहरुलाई संरक्षण गर्न नसक्दा किसानहरुमा निराशा पैदा भएको छ ।
प्रांगारिक कृषि खेतीमा सरकारले जोड दिईरहेका बेला कृषि उपज उत्पादनका लागि पनि पशुपालन अत्यन्तै महत्वपूर्ण भएकाले किसानहरुलाई आकर्षण गर्नु अनिवार्य छ । चितवन जिल्लामा दुग्ध उत्पादनका लागि धेरै भन्दा धेरै पशुपालन गरिरहेकाले पनि सो क्षेत्रलाई सरकराले दुग्ध उत्पादनको केन्द्र विन्दु बनाएर लैजानु पर्नेमामा व्यवसायिक रुपमा दुग्ध उत्पादनमा सक्रिय किसानहरुले बताएका छन् ।
चितवनलाई दुग्ध उत्पादनको केन्द्र विन्दु बनाएर लैजान भारतबाट गाई ल्याउने कुरालाई तत्काल रोक्न माग गर्दै सो कार्य मुलुकका लागि घातक हुन सक्ने बताए । दुग्ध उत्पादनका क्षेत्रमा देखिएका जटिलतालाई समाधान गर्न सरकारले नीतिग रुपमा नै अगाडि बढ्नु पर्नेमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारीका अध्यक्ष भागिरथ तिमेल्सेनाले कृषि साप्ताहिकलाई बताएका छन् । राज्यले पशुपालन र दुग्ध उत्पादनलाई सँगसँगै लिएर जानु पर्ने समेत तिमल्सेनाले बताए ।
भारतबाट गाई ल्याउँदा अरबौं रुपैयाँ विदेशीने भएकाले सरकारले त्यस्तो कार्यलाई निरुत्साहित गर्नु पर्ने दुग्ध उत्पादक समाजका अध्यक्ष आनन्द न्यूरेले बताए । भारतबाट गाई ल्याउने कार्यलाई सरकारले जोड दिए आम किसान सुकुम्बासी बन्न सक्ने भएकाले त्यस्तो कार्य सच्चाउन समेत उनले चेतावनी दिए ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७१