आइतवार, जेष्ठ ६, २०८१

मुलुकभर आज राष्ट्रिय कफी दिवस मनाईदै

Coffe

काठमाडौँ, १ मंसिर । ‘कफीखेतीको विस्तार, आम्दानीको आधार’ भन्ने मूल नाराका साथ आज मुलुकभर दशौं कफी दिवस मनाइँदै छ ।
समुद्री सतहदेखि करिब ८०० मिटरदेखि १६ सय मिटरको उचाइ कफीखेतीलाई उत्तम क्षेत्र मान्न सकिन्छ । यहाँ व्यावसायिक तवरबाट अराविका जातको कफीखेती गरिँदै आएको छ । नेपालमा पहिलोपटक गुल्मी जिल्लाको आँपचौरबाट कफीखेतीको सुरुवात भएको हो ।
नेपालमा कफीखेतीको सुरुवात १९९५ सालमा गुल्मीको आँपचौरबाट सुरु भए पनि करिब ३७ वर्षपछि २०३२ सालमा सरकारीस्तरबाट बीउ भारतबाट आयात गरी किसानलाई वितरण गरी व्यावसायिक खेतीका रूपमा विकास भएको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा बोर्डका निर्देशक रमणप्रसाद पाठकले मध्य पहाडका ४० जिल्लाका ३० हजार कृषकले करिब एक हजार ९११ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा कफीखेती गर्दै आएको बताएका छन् ।
विश्वमा १०० देशमा व्यावसायिक कफीखेती गरिँदै आएको छ । जसमध्ये ४० देशमा जैविक कफीखेती गरिन्छ । नेपाल आठौँ जैविक कफी उत्पादन गर्ने देशको गणनामा स्थापित भएको छ ।
हाल ललितपुर, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, अर्घाखाँची, बाग्लुङ, पर्वत, गोरखा, लम्जुङ, धादिङ, तनहुँ, मकवानपुर, रसुवा, नुवाकोट, ओखलढुङ्गा, रामेछाप र इलाम जिल्लामा व्यावसायिक रूपमा कफीखेती हुँदै आएको छ भने म्याग्दी, सङ्खुवासभा, पाँचथर, रुकुम, सल्यान र जाजरकोटमा कफीखेती क्रमिक रूपमा विस्तार भइरहेको बोर्डले जनाएको छ ।
बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६६÷०६७ मा १९ हजार ५०० कृषकले एक हजार ६३० हेक्टर क्षेत्रफलमा कफीखेती गरेको र त्यसबाट ४२९ टन कफी उत्पादन गरेका थिए ।
आव ०६७÷०६८ मा २२ हजार कृषकले एक हजार ७५२ हेक्टर क्षेत्रफलमा ५०२ टन, आव ०६८÷०६९ मा २५ हजार कृषकले एक हजार ७६० हेक्टर क्षेत्रफलमा ५२३ टन, आव ०६९÷०७० मा २७ हजार ५०० कृषकले एक हजार ७५० हेक्टर क्षेत्रफलमा ४५७ टन र ०७०÷०७१ मा ३० हजार ५४३ कृषकले एक हजार ९११ हेक्टर क्षेत्रफलमा कफीखेती गरी ५२४ टन उत्पादन भएको बोर्डले जनाएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार आव २०५२÷०५३ मा साल्टट्रेडिङ् कर्पोरेसनको पहलमा १६ टन कफी नेदरल्याण्ड्स निर्यात गरिएको थियो । यो निर्यात नै नेपाली कफीको पहिलो अन्तर्राष्ट्रिय बजार थियो ।
आर्थिक वर्ष ०६०÷०६१ मा १८, ०६१÷०६२ मा ६६, ०६२÷०६३ मा ९२, ०६३÷०६४ मा ११२, ०६४÷०६५ मा १२७, ०६५÷०६६ मा ११२, ०६६÷०६७ मा १२०, ०६७÷०६८ मा २७९ ०६८÷०६९ मा १०९, ०६९÷७० मा ८५, र ०७०÷७१ मा ६६.४२ मेट्रिकटन कफी जापान, अमेरिका, कोरिया, दुबईलगायत युरोपेली मुलुकमा निर्यात हँुदै आएको छ ।
बोर्डका अनुसार आव २०६४÷०६५ मा रु छ करोड ४४ लाख, २०६६÷०६७ मा रु पाँच करोड ४४ लाख र ०७०÷०७१ मा रु तीन करोड ४८ लाख बराबरको कफी नेपालमा आयात भएको छ ।
पाँच वर्षको तथ्याङ्कअनुसार आयातको अनुपात क्रमिक रूपमा घट्दै गएको देखिन्छ ।
बोर्डले कफीको विकास एवम् प्रवद्र्धनका लागि आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने, कार्य गर्दै आएको छ ।

प्रकाशित मिति: सोमवार, मंसिर १, २०७१