शनिबार, जेष्ठ ५, २०८१

किसानलाई विषादीबाट सुरक्षित रहने सामग्री वितरण

चितवन, १७ कात्तिक । नेपाल जनस्वास्थ्य प्रतिष्ठान कृषि स्वास्थ्य तथा वातावरण परियोजनाले आज पश्चिम चितवनको मङ्गलपुरका किसानलाई विषादीको प्रयोग गर्दा सुरक्षित रहने सामग्री वितरण ग¥यो । बाइस हप्ते लामो कृषक पाठशाला समापनका अवसरमा २८ जना किसानलाई विषादी छर्कंदा प्रयोग गरिने मास्क, गमबुट, चस्मालगायतका सामग्री वितरण गरिएको हो । जनस्वास्थ्य प्रतिष्ठान कृषि, स्वास्थ्य तथा वातावरण परियोजनाका निर्देशक डा छत्र अमात्यको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा मोहन शर्मा विशिष्ट अतिथि रहनुभएको थियो । सो अवसरमा सहभागीले आइपिएम पद्धति र सुरक्षित सामग्रीको प्रयोगबारे गीत तथा कवितासमेत प्रस्तुत गरेका थिए । डायलोगस नेपालको सहयोगमा २०७१ असारदेखि सुरु भएको कृषक पाठशालामा मङ्गलपुर शरणपुर क्षेत्रका २८ किसान सहभागी थिए । रासस

प्रकाशित मिति: सोमवार, कार्तिक १७, २०७१