बिहिबार, बैशाख २०, २०८१

बर्दियामा बाढीबाट १ अर्व ८ करोड बराबरको कृषि उत्पादन नष्ट

Flood
गुलरिया (बर्दिया) काठमाडौं, २८ असोज । गत श्रावण २९ र ३० गते परेको अविरण बर्षाका कारण आएको बाढीले बर्दिया जिल्लाको बर्षे धान तथा तरकारी लगायतका गरी १ अर्व ८ करोड ५७ लाख बराबरको कृषि उत्पादन नष्ट भएको कृषि विकास कार्यालय बर्दियाले जनाएको छ ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका लगायतका २१ गाउँविकास समितिका कूल १७ हजार ५ सय कृषकको नोक्सान भएको बालीनालीको तथ्याङ्ग संकलन गर्दा सो बराबरको कृषि उपजनहरु नष्ट भएको देखिएको जिल्ला कृषि विकास कार्यालय बर्दियका प्रमुख हिक्मत श्रेष्ठले बताउनु भएको छ ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार ३८६८.५ हेक्टर जमीनमा लगाइएको धान १५ करोड ४७ लाख ४० हजार बराबर, ५१० हेक्टरमा लगाइएको मकैबालीमा ३ करोड ५ लाख ७६ हजार, २३७ हेक्टरमा लगाइएको तरकारी बालीमा १० करोड ६८ लाख ३० हजार, १५५ हेक्टर पोखरीमा गरिएको माछा पालनमा भएको क्षति रकम १३ करोड ६४ लाख ८८ हजार, रहर तथ मास १ करोड २३ लाख १० हजार र ९७ हेक्टर जमीनमा लगाइएको बदाम १ करोड ९ लाख १३ हजारबराबरको क्षति भएको समेत कृषि अनलाईनलाई जानकारी दिनु भएको छ ।
बाढी पीडित किसानहरुका लागि धानबालीमा लागेको रोग नियन्त्रणका लागि आवश्यक विषादी तथा विभिन्न हार्मोन उपलब्ध गराई केही धानबाली जोगाउन सफल भएको समेत बताउनु भएको छ । साथै हिउँदे सिजनका तरकारी बालीका लागि सामुहिक खेती गर्ने किसानका लागि बीए समेत उपलब्ध गराएको बताउनु भयो । यसका अतिरिक्त बाढी पीडित किसानहरुका लागि नोक्सानीका आधारमा क्षतिपूर्ति समेत उपलब्ध गराएको जानकारी दिनु भयो । -कल्पना भट्टराई

प्रकाशित मिति: मङ्लबार, अशोज २८, २०७१