आइतवार, जेष्ठ ६, २०८१

तरकारी बेचेर मासिक ४ हजार

सिन्धुली, २२ असोज । सिन्धुली जिल्लाको सोला भञ्ज्याङ्ग- मझुवा कृषि सडक निर्माण भएपछि जलकन्या मझुवा गाविसका विपन्न कृषकहको आय आर्जनमा बृद्धि हुन थालेको छ ।
सो सडक निर्माणसँगै गाउँमा यातायातका साधन आउन थालेपछि करेसाबारीमा उत्पादित तरकारी तथा फलफूल किन्न व्यापारी घर आँगनमै धाउन थालेका छन् ।
सडक निर्माणका कारण तरकारी तथा फलफूलका साथै दही, दूध लगायतका कृषि सामग्री विक्रीका लागि सदरमुकाम सिन्धुलीमाढीसम्म पु¥याउन सहज भएको र तरकारी तथा फलफूलका लागि मल तथा अन्य सामग्री ओसार पसार गर्नसमेत सुविधा पुगेको किसानहरु बताउँछन् ।
सो क्षेत्रका किसानहरुका अनुसार तरकारी तथा फलफूल बेचेरै महिनामा न्यूनतम ४ हजार आम्दानी लिन सफल भएका छन् । विगतका सडक अभावका कारण बजासम्म पु¥याउन असजह हुुँदा आफूले उत्पादन गरेका कृषि उपजबाट फाइदा लिन नसकेको किसानहरुले अहिले सडक निर्माण पछि पूर्ण रुपमा त्यसको फाइदा लिन थालेका छन् ।

प्रकाशित मिति: बुधबार, अशोज २२, २०७१