शुक्रबार, बैशाख २१, २०८१

आज आठौं विश्व रेविज दिवस,अन्त्य गर्न सकिएला रेविज रोग ?

kedar karki

डा. केदार कार्की

विश्व रेविज दिवसको इतिहासः
पहिलो विश्व रेविज दिवस विश्व रेविज एकवद्धता समुह अमेरिकाको एटलान्टामा अवस्थित रोग नियन्त्रण एवं रोकथाम केन्द्रको सहभागिता सहित विश्व स्वास्थ्य संगठन विश्व पशु स्वास्थ्य संगठन तथा पाना अमेरीकी स्वास्थ्य संगठनको सहभागितामा सेप्टेम्बर २००७ को २८ तारिखमा मनाउन सुरु गरिएको थियो । इ.स. २००९ मा तेश्रो पटक यो दिवस विश्व भरि मनाउदा विश्व रेविज नियन्त्रण ऐक्यवद्धता समुहका अनुसार विश्वका १२० मुलुक तथा १० करोड मानिसमा जनचेतना फैलाउनका साथै ३ करोड कुकुरलाई यो रोग प्रतिरोधक खोप यस दिवश मनाउँदाको क्रममा गरिएको तथ्याङ्खक भेटिएको छ । २०१२ मा १०७ मुलुकमा ७०० विभिन्न कार्यक्र्रम गरिएको थियो । २०१३ मा ११७ मुलुकमा ८०० विभिन्न कार्यक्र्रम गरिएको थियो ।
रेविज रोग ः
यो रोग आज पनि विश्वका धेरै मुलुकमा प्रमुख जनस्वास्थ्यको लागि समस्याको रुपमा रहेको छ । अफ्रिका तथा एसियाका गरीव तथा विकासोन्मुख मुलुकमा हुने ९९ प्रतिशत मानविय मृत्यु संक्िरमत कुकुरको टोकाइको संक्रमणबाट हुने गरेको पाइन्छ किनभने यो क्षेत्रमा ठूलो संख्यामा सामुदायिक एवं घरपालुवा कुकुर यस रोग विरुद्धको प्रतिरोधात्मक खोप नलगाइएका हुन्छन । अपवादका रुपमा एन्टार्कटिका वाहेकका अन्य क्षेत्रका मुलुकका मानव समुदाय एव पशुहरु रेविज रोगबाट ग्रसित हुने जोखिममा सधै परिरहने सम्भावना रहेको हुन्छ ।
विश्व रेविज दिवस मनाउने दार्शनिक एवं संगठननात्मक पक्षः
विश्व रेविज दिवस अभियान विश्वभरी सरकारी राष्ट्रिय अन्र्तराष्ट्रिय गैह सरकारी संस्थाका विश्वभरी छरिएका स्वयम्सेवकहरुको संजाल मार्फत संचालन हुने गर्दछ । विश्व भरी करीव ५० संस्थाले यसमा ऐक्यवद्धता देखाउदै शैक्षिक सुचना रेविजबारे विभिन्न संचार माध्यमबाट प्रवाह गर्ने गरेका छन ।
यस अभियानको मुख्य उदेश्य यस कार्यमा संलग्न सवै सरोकारवालाहरुलाई एकै थलो एवं अभियानमा समावेश गराउने पनि हो । स्वास्थ्यकर्मी पशु चिकित्साकर्मी तथा पशु स्वास्थ्य प्राविधिक कुकुरका छाउराछाउरी हुर्काउने वेचविखन गर्ने व्यवसायी कुकुरका लागि आवश्यक पर्ने आवश्यक खोप औषधि तथा अन्य सामाग्रीको वेचविखन गर्ने व्यवसायी तथा संगठन निजीस्तरमा संचालित पशु उपचार सेवा केन्द्र तथा निजी क्लिनिक संचालक जोखिममा रहेका मुलुकका विज्ञ एवं वैज्ञानिक एवं प्राज्ञिक क्षेत्र प्राविधिक शिक्षालय तथा पशुचिकित्।सा अध्ययन संस्थान आदीको संयुक्त संलग्नतामा यस रोगवारे सुचनामुलक सन्देश प्रभाव गर्नुका साथै निशुल्क एवं सहुलियत दरमा यस अवधिमा कुकुर जन्य रोगको स्वास्थ्य परिक्षण एवं रेविज रोग विरुद्ध खोप पनि अभियानकै क्रममा गरिने गरिन्छ । यसवाहेक विभिन्न तहका स्कूल शिक्षा यस रोगवारे विज्ञबाट संचालन गर्ने गरिन्छ । रेविज रोगलाई मानववस्ती ठाउँ विशेषका रुपमा मात्र नभई सिमाविहिन तथा वन्य जन्तु तर्फबाट पनि सर्न सक्ने रोगका रुपमा मानिन्छ । त्यस कारण पनि यसरोगको नियन्त्रण एवं रोकथाम कार्य संचालन गर्दा अन्र्तदेशिय तथा वन्यजन्तु क्षेत्रलाई समेत समावेश गरिनेगरी अभियान संचालन हुने गर्दछ । यस अभियानले विश्व भरि नै मानव एव पशु स्वास्थ्य संवद्र्धन, रोकथाम एवं नियन्त्रणका लागि हाल प्रचलनमा आएको एक विश्व एक स्वास्थ्य सिद्धान्तलाई अवलम्वन गर्ने गरेको छ ।
विश्व रेविज दिवश अंकित चिन्हमा नै यस रोगको जटिलता झल्कने गरी यसले मानव समुदाय जनावरका समुदाय सहित वन्यजन्तु सम्म प्रभावित हुन सक्नेतर्फ संकेत गरेको छ । विश्व रेविज दिवसलाई समर्थन गर्न वा पृष्ठपोषण गर्न सरकारी तर्फबाट रेविज नियन्त्रण एवं रोकथामलाई प्राथमिकता दिनु पर्ने हुन्छ । जस अन्तर घरपालुवा तथा सामुदायिक कुकुरहरुमा खोप लगाउने संख्या वृद्धि गर्ने जनचेतना मुलुक शौक्षिक कार्यक्रम संचालन मार्फत समुदायलाई यस रोगबाट कसरी वच्न सकिन्छ भन्ने जानकारी पनि हुन आउँछ । यसले एकिकृत रोग नियन्त्रण कार्यविधिको पनि उपयोग गर्न सक्छ । साथै यस अभियानले मुलुकका नीति निर्माण तहसंग पनि यस बारे पृष्ठ पोषण गर्न गराउन मद्दत पुर्याउन सक्ने संभावना देखिन्छ ।
यस दिवसमा गरिने कृयाकलापहरुः
विद्यालय स्तरमा शिक्षा, निवन्ध, कविता प्रतियोगिता वहस , वादविवाद , प्रभात फेरी, दौड प्रतियोगिता, चित्रकला प्रतियोगिता निशुल्क तथा उच्च सहुलियत दरमा यस अभियान भरी कुकुर हरुमा यस रोग विरुद्धकोे खोप अभियान आम संचार माध्यममा जनचेतना मुलुक प्रचार प्रसार एवं परिसंवाद जस्ता कार्य हुन सक्छ । जस्का लागि सम्पुर्ण सरोकारवालाहरुको सकृय सहभागिता हुनु जरुरी छ । विकासशील मुलुकमा स्वास्थ्य शिक्षा सचेतना अभिबृद्वी पछि पनि ठुलो जनसमुदायले रेबिजका कारण ज्यान गुमाउछन । बिश्व रेविज दिबस रेबिजबाट हुने पीडा न्युन गर्न बिश्वब्यापी योजनाबद्घ रुपमा सहकार्य गरी बिश्वलाइ रेबिज मुक्त गर्ने लुइस पास्चरको परिकल्पना साकार गर्न उन्को मृत्यु भएको बाषिकीको दिन मनाइएको हो । अनि मात्र यस दिवसले लिएको नारा रेबिज विरुद्धको हाम्रो ऐक्यवद्धता हाम्रा गांउ शहरबाट रेबिजलाइ पारौं बेपत्ता सार्थक हुन सक्छ ।

प्रकाशित मिति: आइतवार, अशोज १२, २०७१