शनिबार, जेष्ठ ५, २०८१

तरकारी खेतीवाट लाखौ कमाई

मुगु, ९ असोज । “मेहनत र परिश्रमले नै मानवको जीवन जीउन सजिलो हुने गर्छ” भन्दै दुर्गम मुगुको हेनीकाँध गाउँ तरकारी खेतीको एक नमुना गाउँ हुन पुगेको छ । जिल्लामा व्यवसायिक रुपमा तरकारी खेती नगर्ने यहाँका किसानहरु व्यावसायिक रुपमा तरकारी खेती गरेर मासिक लाखौको विक्री गर्न सफल भएका छन् ।
वर्ष भरिमा २ महिनामा तरकारी खाना नपाईने र वजारीकरण पनि नहुने मुगुमा हाल आएर हेनीकाँध गाउँका १६ घरधुरीले व्यवासायिक रुपमा तरकारी खेती गरेर सदरमुकाम गमगढीमा नै वेचेर मासिकरुपमा लाखौ कमाई गरी घर धन्दा चलाउन लाग्ने आर्थिक अभाव वाट मुक्ति लिने र टार्ने गरेका छन ।
०६२ साल भन्दा अगाडी आप्नो खेतवारीमा तमाखु र काचो उत्पादन गरी तमाखु लगाउने गर्ने गरेको जग्गामा गरिवी निवारण कोषको आर्थिक सहयोगमा र गरिवी निवारण तथा उत्थान कार्यक्रम (सप्रोस नेपाल)) को प्राविधिक सहयोगमा खेतीयोग्य भुमीमा तरकारी खेतीको जनचेतना र विउविजन उपलव्ध गराए पछि तरकारी खेती गर्ने धारणा कृषकमा पलाएपछि तरकारी खेतीको शुरुवात गरेका हौ भन्छन, कृषक मान वहादुर वुढा ।
सिङ्गो वेरोजगार गाउँमा मासिक रुपमा प्रति व्यक्ति ३ सय पनि आय नहुने गाउँलेले तरकारी खेतीको शुरुवात गरे पछि हाल आएर प्रति घरधुरीले तरकारी नै वेचेर मासिक न्युनतम ५० हजार देखि १ लाख कमाई गर्ने गर्छौ भनि वताउछन् कृषक वुढा ।
तरकारी खेतीको शुरुवात नर्गदै पहिले यहाँका गाउँले आर्थिक अभावका कारण घरपरिवारको दैनिकी चलाउन लोग्ने मान्छे कमाईको लागि कुल्ली काम गर्न प्रत्येक वर्ष भारतको काला पहाडतिर कमाईका लागि जाने गर्थे । तर व्यवसायिक रुपमा तरकारी खेतीमा लागे पछि आप्नै घरमा कमाईमा व्यस्त हुदाँ भारत जान वाट रोकिएको छ ।
साथै अर्काको देशमा पसिना चुहाउदा पैसा घरमा देख्न पनि पाईदैन थियो र दुई महिना भारतमा काम गरेको रकम लुगा फाटोमा जाने गथ्यो। आफ्नै घरपरिवारमा वसेर घरैमा मेहनत गर्दा कमाई घरैमा हुदो रहेछ भन्दै अर्की महिला कृषक भन्छिन, मासिक रुपमा आफ्नो परिवारले ४० हजार देखि ६० हजारसम्म कमाई गरेको र कमाई वाट नै ४ वटा वच्चालाई वोडिङमा पढाएको सुनाउँछिन् कृषक राम देवी रोकाय । आफुले गत वर्ष देखिहाल सम्म तरकारी नै वेचेर १ लाख ५० हजार कमाई गरेको र वार्षिक घरधन्दा चलाएर वचेको पैसा ३ वर्ष यता वैकमा २ लाख वचत गरेको महिला कृषक रोकाया वताउँइन ।
विगतका दिनहरुमा मौसमी तरकारी मात्रका खेती गरे पनि आजभोली विभिन्न वेमौसमी तरकारी खेती तिर लागेको यहाँका कृषक वताउछन । साथै हेनिकाँध गाउँ १६ घरधुरी मात्र भएको यो गाउँका सवै वच्चा तरकारी खेतीकै आर्जनले निजी विद्यालय पढ्ने गरेको कृषकहरु भन्दछन् । -मोहनकुमार मल्ल

प्रकाशित मिति: बिहिबार, अशोज ९, २०७१