आइतवार, फाल्गुन २०, २०८०

फाइदा नभएपनि कृषिबाट आत्मनिर्भर

Untitled-1कृषिबाट प्रशस्त फाइदा हुन्छ, महिनामा लाखौं आम्दानी हुन्छ भन्ने प्रचार प्रसारबाट कृषि तर्फ आकर्षित हुने धेरै देखिए । तर, कृषिबाट सफल हुने भने कमै मात्र देखिएका छन् । कतिपयले त कृषिबाट करोडपति भन्ने किताव पढेर पनि डुवेको बताउने गर्दछन् । सरकारले त्यस्ता गलत सूचना प्रवाह गर्नेलाई कार्वाही किन गर्दैन भन्ने किसानहरु पनि भेटिए ।  त्यही सेरोफेरामा जसले जे भने पनि फाइदा नभएपनि कृषिबाट आत्मनिर्भर भएको बताउने किसान हुन् कमला तामाङ । शेष नारायण, फर्पिङ वडा नं. ८, डल्लुमा ६ बर्ष अगाडिदेखि आफ्नै ३ रोपनी मकै बारीमा काक्रो उत्पादन शुरु गरेर अहिले व्यवसायिक तरकारी खेती गरिरहेकी कमला तामाङ चम्पादेवी कृषि फार्म दर्ता गरेर काउली, गोलभेंडा, भटमास, कुखुरा पालन समेत शुरुवात गरेकी छिन् ।
सिंचाई असुविधालाई खेपेर भएपनि १५ रोपनी जग्गा भाडामा लिएर उनले तरकारी खेतीसँगै कुखुरा पालनलाई व्यवसाय बनाएकी छिन् । व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि गाउँका अन्य महिला साथीहरु पनि यसतर्फ आकर्षित हुन थालेको र टनेल निर्माण हुन थालेको उनको तर्क छ । व्यवसायिक तरकारी खेती गर्न गर्नका लागि रकम कहाँबाट पाउनु भो त भन्ने  कृषिको प्रश्नमा कमला भन्छिन् वैकबाट ऋण लिएर गरिरहेका छु । तर व्याज तिर्न नै गाह्रो । बर्षभरी उत्पादन ग¥यो बेच्यो अनि रकम जति वैंकमा बुझाउदा नै ठिक्क । त्यसो भए सन्तुष्ट हुनु हुन्न भन्ने जिज्ञासालाई उनले भनिन् एकदमै सन्तुष्टि छु । धेरै फाइदा नभएपनि म अन्त काम गर्न जानुको सट्टा आफ्नै परिश्रम गर्दा पनि बार्षिक १ लाख कमाउन सकेको छु आत्मनिर्भर भएको छु ।
यसोउसो गर्दा वैकले पनि १४ प्रतिशत ब्याज लिने रहेछ । सरकारले ६ प्रतिशतमा ब्याज दिने घोषणा त ग¥यो तर त्यो कार्यान्वयन हुनेमा शंका छ । कम व्याज पाए र सरकारले अनुदान दिने हो भने प्रशस्त उत्पादन गर्न सक्ने उनको भनाई रहेको छ । सिंचाई नै भएको ठाउँमा धाराको पानी संकलन गरेर भएपनि सिंचाई पु¥याएको छु  । कतैबाट अनुदान पाउने हो भने एउटा पानी संकलन केन्द्र बनाएर त्यसै मार्फत सिंचाई सुविधा गर्दथे । दुरदर्शि सोच देखाउँदै कमलाले भनिने । काउली खेती तल्लो पाटोमा गरिरहेका छु । गोलभेंडा र कांक्रो माथि बारीमा छ । अनि २००० चल्ला हालेको छु । तर त्यत्ति फाइदा होला जस्तो छैन । कुखुरामा भन्दा काउलीमा अलि फाइदा भएको छ । तर सिंधै विक्री गर्न नपाएका कारण विचौलियाहरु नै मोटाउने गरेको कमलाको भनाई छ ।
जति उत्पादन गरेपनि भाउ नपाउने भएकाले पनि कालिमाटी मै पुगेपनि आफ्नै आँखा अगाडि व्यापारीहरुले उपभोक्तासँग चर्को मूल्य लिँदा रहेछन् । बोल्न नमिल्ने के गर्नु उनको तर्क छ । कमलाको चम्पादेवी कृषि फार्मले २ जना नियमित कर्मचारी राखेको छ भने  अन्य कामदार चाहिँ ज्यालामा लिने गरेको उनी बताउँछिन् । ज्याला नै महंगो छ । महिलालाई प्रतिदिन चार सय र पुरुषलाई प्रतिदिन ५ सय ५० दिईरहेकी छिन् । खर्च सवै कटाउँदा १५ रोपनी जग्गामा तरकारी खेती गर्दा बार्षिक एक देखि ढेडलाख भन्दा बढी आउन सकेको छैन । बरु बारीबाटै बेचिदियो आनन्द  । जति मूल्य आउँछ आउँछ । कमला मात्र होइन अरु किसानहरुको पीडा पनि उस्तै छ । जति फाइदा भएपनि नभएपनि कृषिमा नै आफू आत्मनिर्भर हुने र कतैबाट अनुदान पाएदेखि यसलाई अझ बृहत गरी उत्पादन बढाउने उनको धोको छ । कमला जस्तै अरुले पनि आत्मनिर्भरताका लागि व्यवासायिक कृषि उत्पादन तिर लाग्ने हो भने र सरकारले पनि गर्न चाहनेहरुका लागि ऋणमा सहजता र थोरै भएपनि अनुदानको व्यवस्था गरिदिने हो भने खाद्य उत्पादन बृद्धिमा धेरै महिलाहरुले आफूलाई उभ्याउन सक्ने देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७१