सोमवार, बैशाख २४, २०८१

डिप बोरिङ सञ्चालनमा आएनन्

रौतहट, ६ भदौ । जिल्लाका विभिन्न स्थानमा गाडिएका डिप बोरिङ सञ्चालनमा आउन नसक्दा उपयोगविहीन भएका छन् । जिल्लाका सखुअवा, तेजा पाकड, इनरवारी, भेडियाही, पोठिहायी, कटहरियालगायतका गाविस तथा गौर नगरपालिकाका विभिन्न स्थानमा लाखाँैको लगानीमा गाडिएका डिप बोरिङ लामो समयदेखि बन्द रहँदा किसान मर्कामा परेका छन् । क्षेत्रीय सिँचाइ कार्यालय वीरगन्जको आर्थिक तथा प्राविधिक सहयोगमा रौतहटका ती स्थानमा लघु सिँचाइका लागि गाडिएका बोरिङ बन्द हुँदा बालीनालीमा समयमा सिँचाइ सुविधा पु¥याउन समस्या भएको कृषकको भनाइ छ ।
निर्माण भएको केही समयसम्म सञ्चालनमा रहेका ती बोरिङ हाल काम नलाग्ने भएर बिग्रिएपछि किसान सिँचाइको सुविधाबाट वञ्चित हुन परेको छ । पाँच वर्षदेखि बिग्रिएर थन्किएका ती बोरिङ मर्मत गरी यथाशक्य सञ्चालनमा ल्याउन उनीहरुले सम्बन्धित निकायसमक्ष माग गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७१