सोमवार, बैशाख २४, २०८१

मोदीको नेपाल भ्रमण कृषिमैत्री हुुनु पर्दछ

Untitled-1 विगतका केही दिनदेखि राजधानीको माहौल मोदीमय बनेको छ । सडक मर्मतर सरसफाईदेखि लिएर यातायात सञ्चालन व्यवस्था गर्ने कार्यमा राज्य पक्षले कुनै कसर बाकी राखेको छैन । नेपालको राजनीतिमा पनि उतिकै चहल पहल भईरहेको छ । प्रत्येक दिन बैठक र एजेन्डा तयार गरिदैमा दिनचर्या पुरा हुन गरेका छन् नेपाली राजनीति दलहरुको । किन भने भारतीय जनता पार्टीका नेता तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा भोली नेपाल आउदै छन् । १९५० को सन्धि पुनरावलोेकन, सीमा, सडक, ठूला जलविद्युत्, राजमार्ग आयोजनाको निर्माणमा र तराई जोड्ने सडकको निर्माण तीन वर्षमा सम्पन्न गर्न एवम् अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माणका लागि भारतबाट सहायता माग्ने तथा चुरे संरक्षणका सम्बन्ध लगायतका अनेकों एजेण्डाहरु तयार भएका छन् नरेन्द्र मोदीलाई चरणमा राख्नका लागि । यहि चुरो भित्र लुकाएका छन् राजनीतिक दलहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको केन्द्र बिन्दु ।
भारतको सवा सौं करोडको जनसंख्यालाई गासको व्यवस्थालाई भारतीय कृषिले नै धानेको छ । यो कुरा सवैलाई ज्ञान भएकै कुरा हुनु हो । जसले जे भने पनि भारत अनेकतामा एकता भएको कृषि प्रधान देश हो । भारतले कृषि क्षेत्रमा ठूलो प्रगति गरेको छ । र सरकारले पनि कृषि क्षेत्रलाई सधैं प्राथमिकतामा राखेर किसानहरुलाई बीउ, बीजन,मल, जल र आवश्यक उपकरणका लागि अनुदान वा सरल र सुलभ कर्जाको व्यवस्था समेत गरेको हुन्छ । भारतमा किसानको आवाजले राज्यसभादेखि लोकसभासम्म तर्सिन्छ । किसान र कृषकको आवाज देशको आवज मानिन्छ तर, नेपालमा किसान र कृषक भन्ने वित्तिकै हेपिएको हुन्छ । यस्तो अवस्थामा हामी नेपाललाई कृषि प्रधान देश भनेर गर्व गर्ने ठाउकतै दखिदैन ।
नेपालका नेतारुलाई राजमार्गको चिन्ता छ, हाईड्रो पावरको आवश्यकता छ, १९५० को सन्धि सीमाना, भन्सारको चिन्ता छ तर, मानिसलाई बाच्नका दैनिक उपभोग्य बस्तु उत्पादन गर्ने कृषि क्षेत्रको चिन्ता गरेको देखिंदैन । नेपाललाई वास्तविक कृषि प्रधान देश बनाउनु पर्छ भन्ने चिन्ता कुनै राजनीतिक दलहरुले गरेको देखिदैन । विश्वको दोस्रो जलश्रोतको धनी देश नेपालमा पानी समेत किन्नु पर्ने अवस्था छ । किसानलाई व्यवसायिक कृषिका लागि आवश्यक औजार, गुणस्तरीय बीउबीजन, मलखाद, बजार लगायत विषयको उचित व्यवस्था नभएर किसानहरु पीडित भएका छन् । राज्यले जे जति कृषिका कुरा गरेपनि यथार्थतामा राज्य सञ्चालकहरुबाट नै किसान उपेक्षित भएका छन् । नेपाली कृषिलाई आधुनिकीकरण गर्नु आवश्यक छ । किसानहरुलाई घरदैलोमा पुगेर प्रोत्साहन दिनु जरुरी छ । हिमाल, पहाड तराईका किसानलाई कृषि खेतीका लागि आवश्यक सबै विषय वस्तु सरल र सुलभ तरिकाबाट उपलब्ध गराउने व्यवस्थाको खाचो छ । तर, यसका लागि कृषिको विषय कुनै पनि दलले एजेण्डा बनाएका छैनन् । हामीले छिमेकी चीन, भारत र जापान जस्ता विकसित राष्ट्रहरुस“ग दुई देशबीच हुने सहमतिमा कृषि क्षेत्र नै प्राथमिकतामा लानु पर्ने हो तर, कृषिको विषयको एजेण्डा नबनाउनुलाई उनीहरुले नेपाल कृषिमा आत्मनिर्भर होस भन्ने चाहना नराखेको बुझिन्छ ।
नेपालको विषयमा साच्चीकै भन्ने हो भने हामी नेपालीको जीवन सधैं परनिर्भरता अथवा विदेशीकोमा आश्रित रहेको छ । म एक नेपाली नागरिक को हैसियत ले पनि यो कुरालाई नकार्न सक्दैन । किन भने हामीले नियमित उपभोग गर्ने र अति आवश्यक नभई नहुने नुनमा समेत विदेशीमा आश्रित छौ । अन्य कुरा पेट्रलियम पदार्थ, लुगा आदि इत्यादीको विषयमा भनि रहनु पर्दैन होला । हामी नेपाललाई कृषि प्रधान देश भनिरहेका छौ तर यदि चामल लगायत खाद्यान्न वस्तु हामीले भारत वा अन्य देशबाट आयात गरेनौ भने देशमा भोकमरी उत्पन्न हुने संभावना धेरै हुन्छ । खास गरेर खाद्यान्नको विषयमा चीन र भारतको हामीलाई सहयोग भएन भने हामीलाई मुख जोर्न समेत धौ–धौ पर्ने अवस्था हुन जान्छ । त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई साच्चीकै राज्यले उनीस“ग केही सहयोग को अपील गर्ने नै हो भने नेपाली कृषि क्षेत्रलाई व्यवसायीकरण बनाउनका लागि नेपाल भारत कृषि मैत्री सम्बन्ध हुनु जरुरी छ । – -योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: शनिबार, साउन १७, २०७१