बिहिबार, जेष्ठ १७, २०८१

धान नै हाम्रो जीवन हो

Bhaba prasad tripathi
डा.भवप्रसाद त्रिपाठी,
वरिष्ठ वैज्ञानिक, अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान, नेपाल

११ औं धान दिवस मनाउ“दै छौं, किन मनाईरहेका छौ धान दिवस ? बारेमा प्रष्ट पारिदिनुस् न ?
अन्तर्राष्ट्रिय स्तरमा सन् २००४ लाई विश्व धान दिवसका रुपमा मनाउने विश्व खाद्य संगठनको निर्णय अनुसार नेपालमा पनि सो बर्ष अन्तर्राष्ट्रिय धान बर्ष मनाईयो । त्यही दिन अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानको नेपाल कार्यालय पनि स्थापना भयो । त्यसैबेला देखि नेपालमा हरेक बर्ष आषाढ १५ गते धान दिवसका रुपमा मनाउँदै आएका छौं ।
हामी हरेक बर्ष धान दिवस मनाईरहेका छौ तर धान उत्पादनलाई उत्प्रेरित गर्न सकेका छैनौं भन्छन् नि ?
हामीले के बुझ्नु पर्दछ भने नेपालमा धान उत्पादन हुने ७० प्रतिशत भूभाग आकाशे पानीमा भर पर्नु पर्ने हुन्छ । यी क्षेत्रहरुका जवसम्म हामीले सिंचाईको सुविधा पु¥याउ“दैनौं तवसम्म उत्पादनमा निश्चितता हामी दिन सक्दैनौं । अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानले नेपाल सरकारस“ग सहकार्य गरेर खडेरीग्रस्त क्षेत्रका लागि विभिन्न जातका धानको विकास गर्ने र खडेरी ग्रस्त क्षेत्रका किसानहरुसम्म पु¥याउने सोचका साथ विगत ५÷६ बर्षदेखि विभिन्न धानका जातहरुको विकास गरेका छौं । त्यसले खडेरी र आकाशेपानीको भर हुने क्षेत्रमा केही मात्रामा भएपनि सहयोग पु¥याएको छ । जवसम्म हामीले ७० प्रतिशत नै भूभागका सिंचाई सेवा पु¥याउ“दैनौ तवसम्म धान उत्पादन गर्न उत्प्रेरित गर्न सक्नु अवस्था आउ“दैन । मौसम राम्रो भयो, समयमा नै बर्षात भयो भने बाली समयमा नै रोपिन्छ र त्यही अनुरुप बालीको विकास हुन्छ । मौसमले साथ नदिने वित्तिकै धान उत्पादनमा असर पारिहाल्छ । त्यसले गर्दा पनि यो अवस्था आएको हो ।
पछिल्लो समयमा नेपाली किसानहरुले धान उत्पादन गर्न छाडे भन्छन् नि ?
शतप्रतिशत ठिक कुरा उठान गर्नु भएको छ । कृषि पेशानै दुख गर्नु पर्ने पेशा हो । माटोमा खेल्नु पर्ने पेशा हो । अहिलेको पुस्तामा माटोमा काम गर्ने,अलिकति मेहनत गर्ने काम गर्ने जोश घट्दै गएको छ । अर्को कुरा लाखौं युवाहरु विदेश पलायत भईरहेका छन् । ग्रामिण भेगमा युवा जनशक्तिको अन्त्यतै कमी भईरहेको छ बुढापाका असक्त बाहेकअरु भेट्न सकि“दैन ती सवै वाध्यताका रुपमा बसिरहेका छन् । युवाहरुको विदेश पलायन कै कारण युवा जनशक्ति कृषिमा काम गर्ने जनशक्तिहरुको अभाव छ । एकातिर युवा जनशक्ति विदेश पलायत हुनु र अर्कोतिर भईरहेको जनशक्ति पनि विदेशतिर नै पलायत हुने भएकाले यो समस्या आएको हो । अर्कोतिर हामी विकासेखेतीका कुरा गरिरहेका छौं । धान प्रमुख खाद्यबाली भएको भएपनि पनि त्यसको विकासका लागि पत्ता लागेका नया“ जात प्रविधि लगायतका कुराहरुलाई किसानसम्म पु¥याउनका लागि कृषि प्रसारमा संलग्न व्यक्तिहरुको अत्यन्तै कमी छ । एउटा प्राविधिकले ३ ४ वटा गाविसमा सेवा पु¥याउनु पर्दछ । त्यही जनशक्ति तराईमा जसरी सहज रुपमा जान सक्ला पहाडि क्षेत्रमा धेरै नै असम्भव छ । हामीस“ग भएका प्राविधिकको कमी, युवा जनशक्तिको अभाव, सिंचाईको अभाव लगायतका कारणले गर्द धानखेतीको उत्पादन र उत्पादकत्व आशातित रुपमा बढ्न सकेको छैन ।
धान उत्पादनमा कृषकहरुको आकर्षण घट्नुमा गुणस्तरीय बीउको अभाव, मलखादको अभाव पनि कारण हो भन्छन् नि ?
धान उत्पादनको कुरा गर्ने हो भने तराईका क्षेत्रमा बर्षातको समयमा बाध्य भएर धानखेती नै गर्नु पर्दछ अरु उपाय नै छैन । पानी प्रशस्त चाहिने भएकाले धान खेतीका लागि महत्वपूर्ण छ । त्यसका लागि पनि किसानले समयमा बीउ पाउनु प¥यो, समयमा मल पाउनु प¥यो र समयमा नै खेती गर्न पाउनु प¥यो । बीउका लागि नेपाल सरकारले विगत दुई तीन बर्षदेखि अनुदानको व्यवस्था पनि गरेको छ । उन्नत जातको धानका बीउहरु आएकाले किसानहरु यसतर्फ आएका पनि छन् । कृषि विकास मन्त्रालय, कृषि विभाग, नार्क जस्ता सस्थाहरुले उन्नत जातको बीउको प्रर्दशनी तथा वितरण गरिरहेका पनि छन् नभएका होइनन् । ठूलो स्तरमा हुन सकेको छैन । दुई चार बर्षदेखि हेर्ने हो भने निजी क्षेत्रबाट, कृषक समूह, सहकारी, बीउ कम्पनीहबाट धानको बीउ बृद्धि गर्ने कार्यहरु भएका छन् । यसले गर्दा किसानहरु उन्नत जातको धानप्रति आकर्षित भईरहनु भएको छ । हामीले पनि यस्ता विकासे बीउहरुलाई कसरी किसानहरु समक्ष पु¥याउने र कृषक समूह, सहकारीहरुलाई कसरी यसमा संलग्न सञ्जाल विस्तारको काम पनि हामीले गर्दै आएका छौं । विकासे जातका धान, त्यसका प्रविधिहरुका बारेमा किसानसम्म पु¥याउने काममा हामी लागि परेका छौं । आगामी बर्षमा यसलाई अझै प्रभावकारी बनाउन किसानका घरदैलोमा नै पुगेर प्रर्दशनी, मिनी किटहरु वितरण गर्ने, नया“ जातका धानका बीउहरुलाई बढी भन्दा बढी प्रचार प्रसार गर्नका लागि सहयोग पनि गरिरहेका छौं । भने बीउ उत्पादन गर्ने कम्पनीहरुले पनि त्यही अनुरुप आफूलाई क्रियाशील बनाईरहनु भएको छ ।
हरेक बर्ष धान दिवस मनाउने तर धान उत्पादनका बृद्धि नहुनुले धान दिवसको औचित्यमा नै प्रश्न उठ्न थालेको छ नि त ?
त्यसो होइन । धानबाली हामीले भर्खरै मात्र शुरु गरेका होइनौं पुस्तौपुस्ता देखि गर्दै आइरहेको बाली हो । अझ असार १५ गतेलाई औपचारिक रुपमा नमनाएपनि बर्षौदेखि हामी किसानहरुले धान रोप्ने, दही चिउरा खाने र रमाईलो गर्ने संस्कृतिका रुपमा परम्परागत रुपमा मनाउ“दै आईरहेका छौं । यो संस्कृति र परम्परालाई अझै निरन्तरता दिनु पर्द र अझै हौसला प्रदान गर्नु पर्दछ भन्ने सोचले विश्व खाद्य संगठनले सन् २००४ मा अन्तर्राष्ट्रिय धान दिवस मनाएपछि नेपाल सरकारले यसलाई निरन्तरता दि“दै हरेक बर्ष मनाउने निर्णय नै गरेको छ । एक दिन मात्र भएपनि किसानका खेतमा गएर नेपाल सरकारका उच्च पदाधिकारीहरु सम्वन्धिन निकायहरु गएर किसानहरु गुनासा सुन्ने समस्या बुझ्ने र त्यसलाई न्यूनिकरण गर्नका लागि समाधान गर्नका लागि पहल पनि हुन्छ । त्यसकारण यो दिवसले अत्यन्तै महत्व बोकेको छ ।
यति धेरै भएपछि त चामल आयात कम हुनु पर्ने झन् बढ्दो छ नि त किन ?
यसको प्रमुख कारण भनेका धान नै हो । हामी धान उत्पादनका लागि बर्षामा भर पर्नुपर्ने हुन्छ । जुन बर्ष एकनासले बर्षा भयो भने धान उत्पादन बढी हुन्छ त्यो बर्ष चामल आयात गर्नु पर्दैन तर बर्षामा तलमाथि पर्ने वित्तिकै धान उत्पादन घट्छ र फेरि आयात गर्नु पर्ने अवस्था आउँछ । धानलाई बढी पानी आवश्यक पर्ने भएकोले खडेरी पर्नासाथ धान उत्पादनमा समस्या आईहाल्छ । कम उत्पादन भएपछि आयात गर्नु पर्ने वाध्यता नै हो ।
के ग¥यो भने विगतमा जस्तै हामी धान निर्यात गर्न सक्ने अवस्थामा पुगौला त ?
अत्यन्तै मार्मिक प्रश्न गर्नु भो विगतमा हामी धान निर्यात गर्दछौं । अहिले चामल आयात गर्नु पर्ने अवस्था आएको पनि छ । खास कारण हाम्रो देशको धान बढी उत्पादन हुने ठाउ“मा खडेरी बढी पर्ने र मौसम परिवर्तनका कारण, डुबानका कारण पनि धान उत्पादनमा कमी आएको छ ।
त्यही समस्याबाट मुक्त गराउनका लागि अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान र नेपाल कृषि अनुसन्धान परिषद्को सहकार्यबाट खडेरीका लागि पनि हुने गरी आठ वटा जातका धान अनुसन्धान पश्चात सिफारिस गरिसकेका छौं भने दुई हप्तासम्म डुबान पर्ने क्षेत्रका लागि स्वर्णा सव एक र साभा महसुरी सव एक दुई जातका धान किसानका लागि बरदान सावित भएको छ । यो नेपाल मात्र होइन भारत र बंगलादेशका लागि पनि अत्यन्तै फाइदा जनक भएको छ । अत्यधिक डुबान हुने क्षेत्रका किसानहरुले यसबाट प्रशस्त फाइदा लिन सक्छन् । डुवान र खडेरी दुवै क्षेत्रमा उत्पादन हुने धान आईसकेकाले अव हामी यसलाई विकास गर्दै गयौं भने विगतकै अवस्थामा पुग्छौं भन्ने लाग्छ ।

                                                                                                                                                                                                                                      प्रस्तुति- वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, असार १५, २०७१