बुधबार, बैशाख २६, २०८१

समुहकै नाममा ठुलो भाग पाईदैन

Hem raj bohoraहामा्रे विभागमा ८ वटा समुह छन् त्यस कारण कृषि विभाग अन्र्तगतका निकायमा ५० प्रतिशत भन्दा बढि लगानी हुनु पर्छ । यो भनाई कृषि विभागका एक जिम्मेवार अधिकारीको हो । कृषि मन्त्रालय अन्र्तगत एब आयोजनाको आयोजना निर्देशन समितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन । यहां प्रश्न लगानी र भागको भन्दा पनि दृष्टिकोणको हो । सरकारको उच्च ओहोदामा बसेर कृषि विकासको भाग्य रेखा कोर्न र कृषि रुपान्तरणको भावी कार्य दिशा बनाउनमा महत्वपुर्ण भुमिका रहने  एक जिम्बेवार व्यक्तिले यस्तो एक तर्फि दृष्टिकोण राख्नु दुःखको कुरा हो । यस्तो दृष्टिकोणले नेपालको कृषि क्षेत्रलाई रुपान्तरण गर्ने सरकारी सोच कसरी सफल होला ? हाल कृषि विकास मन्त्रालय अन्र्तगत विभिन्न आयोजनाहरु कार्यान्वयनमा आएका छन् प्राय सबै जसो आयोजनाहरुको मुख्य उदेश्य भनेको नेपालको कृषि क्षेत्रलाई व्यावसायीक रुपमा विकास गर्दै कृषिमा क्रान्ती ल्याउनु नै हो । यसका लागी  धेरै जसो आयोजनाहरुले प्रतिस्पर्धि अनुदान उपलब्ध गराउर्दै कृषि व्यवसायमा लागेका कृषक तथा व्यवसायीको स्तरोन्नती गर्ने र जिल्ला तथा स्थानिय स्थरमा रहेका कृषि क्षेत्रका सरकारी सेवकेन्द्रहरुको भौतिक पुर्वाधार सुधार गर्ने गरेको पाईन्छ । विगत लामो समय देखि कृषि क्षेत्रको विकास र विस्तारका लागी बिदेशी मित्रराष्ट्र तथा बैदेशिक दातृ निकाय मार्फत विभिन्न नामका आयोजनाहरुले ठुलो धनरासी खर्चि सकेका छन् । तर कृषि क्षेत्रमा खन्याईएको डलर वालुवामा पानि खन्याए सरि भएको छ । यसका पछाडि खाली यहांका कृषक मात्र छैनन् यसको प्रमुख कारक भनेका यहां कृषि प्रणालीमा कायापलट गर्ने जिम्मा लिएर सरकारको प्रतिनिधित्व गर्दै बसेका उच्च पदस्थ सरकारी कर्मचारीहरु हुन । माथिको भनाई, त्यस्तै दरिद्र सोच र दृष्टिकोणको उपज हो ।
हाम्रो देश आफैमा सानो देश हो, जस्को चारैतिर विषाल महाशक्तिशाली राष्टू चिन र भारत आफ्नो अधिपत्तो जमाई राखेका छन् भने दिन प्रतिदिन नयां नयां आविश्कारहरु र प्रविधिको विकासमा दत्त चित्त भएर आफ्नो न्यिदभि क्ष्मभलतष्तथ बनाउन कटिबद्ध छन , अबको यस्तो प्रतिस्प्रधात्मक युग त्यसमा पनि यति सानो मलुक र अपार प्राकृतिक सम्पदाको खानी भएर पनि न ति श्रोतहरुले आफ्नो अस्थीत्व दिन सकेका छन न त ति प्रचुर श्रोतहरुको पहिचान र उपयोगमा ध्यान जान सकेको छ यो सब यस्तै व्यक्तिबादी, स्वार्थी, अवसरबादी र संकीण सोच भएका कारण आज यो देश र जनताले आजको यो संक्रमणकालीन अबस्थाको सामना गर्नु परेको छ । हाम्रो देश अपार प्राकृतिक सम्पदा र प्रयाप्त श्रोत साधन बाट हराभरा छ भने प्रचुर अबसर र सम्भावनाहरु बाकेको यो मुलुकमा जुन सुकै कुना काप्चामा पनी कुनै न कुनै कृषि व्यवसायको सम्भाव्यता देख्न सकिन्छ, तर विडम्बना नेपाली जनता र भुमीको भाग्य भनौ या दैबको सराप आजको यो एक्काईसौ सताब्दीको यूगमा पनि नेपालले कृषिको विकास र विस्तारमा खासै प्रगति गर्न सकेन , विश्व यति बेला मंगलग्रहमा बस्ती सार्ने र राज्यलाई विश्वसामु शक्ति प्रदर्शन गर्न तर्फ केन्द्रीत भै सकेका छन् भने आज हाम्रो मुलुक आधा भन्दा बढि जनता लाई गरिबीको रेखा मुनि च्यापेर सधै राजनितिक अस्थीरता र संक्रमणकालिन कालरात्रीमा असुरक्षा, भोक, रोग, बेरोजगारी, अशिक्षा र राजनितिक अराजकता संगै १२ घण्टे लोडसेडिङको चक्र भ्यूमा जेलिएको छ ।
मुलुकको परिस्थीति दिन प्रतिदिन नाजुक बन्दै गई रहेको बेला स्थायी सरकारको रुपमा स्थापित जिम्मेवार सार्वजनिक पद धारण गरेका उच्च तहमा बसेका शाशक प्रशासकहरुको ध्यान खालि भाग बण्डा मै अल्झिरहने हो भने अब उहा“हरुबाट मुलुक र मुलुकबासी  कति आशा गर्ने, यो विडम्बनाको विषय हो । नत जस्को औकात हुदैन उ धेरै आदर्श प्रर्दशन गर्दछ भन्ने गर्छ भन्ने गरिन्छ तर सधै र सबै परिस्थीतिमा यो लागु नहुन पनि सक्छ नसोचेको ठांउबाट पनी कहिलेकाही चमत्कार हुन सक्छ त्यसैले म आफुलाई बढि महत्व दिन खोजेको हैन तर त्यो कृषि मन्त्रालय अन्र्तगतका उच्च तहका अधिकारीहरु बसेको बैठकमा मेरो कुनै औचित्य थिएन मेरा कानमा जुन पशु सेवा विभागको तुलनामा कृषि क्षेत्र बृहत र बढि समुह भएकै कारण राज्यले लगानि गर्ने साधन स्रोतको भागीदारमा पनि कृषि अघि हुनु पर्छ भन्ने यो भनाई निर्कै विवादास्पद छ । यो संकुचित विचारधाराको उपज हो । यस किसिमको आचरण र मनसायले कसरि कृषिको विकास हुन सक्छ , मुलुक अधिले प्रशव विडामा छ देशको आर्थिक अवस्था धारासायी भएको छ, जनताहरु अन्यौलमा छन् भने बलिया पाखुरा हरु दिन दिनै बैदेशीक भुमीमा पलाएन भएका छन् यो अवस्थामा नेपालको परिबेश अनुसा उच्च सम्भावना रहेको कृषि क्षेत्रलाई परिस्कृत, बैज्ञानिक, व्यावसायीक र  औद्योगीकारण गदै देशको उर्जा शिल शक्ति , सामथ्र्य र सम्भावनालाई बढिभन्दा बढि उपयोग गर्दै देशमा रोजगारी श्रृजना गर्दै देश लाई हरेक कोणबाट आत्मनिर्भर बनाउनुु अहिलेको आबश्यकता हो ।
जस्ले देश र जनताको आर्थिक सम्मृद्धिको बाटोमा मार्ग प्रसस्थ गर्दछ । यसरि एक ले अर्को लाई आलोचना गरेर कसैको भाग खोसेर , काखा र पाखा को आंखाले हेर्ने हो भने मुलुक एक दिन निकै ठुलो संकटमा पर्ने निश्चीत छ आखीर यो देशममा बस्ने जुन भौगोलिक परिबेश , भाषा , समुदाय , संस्कृति र धर्म मा रहे पनि जस्ले जस्तो खालको पेशा र व्यवसाय अंगाले पनी आखिर ति सबै नेपाली नै हुन कीन तेरो र मेरो क्षेत्र भनेर व्यवहार गर्नु पर्ने ।  हुन त उक्त बैठकमा पशु सेवा विभागका महानिर्देशक सहित उप महानिर्देशक द्धय उक्त बैठक मा उपस्थीत हुनु हुन्थ्यो तर यो कुरा भनि रहदा उहांहरुको कुनै प्रतिक्रिया आएन यसले के बुझाउछ भने उहाहरुपनि मुलुक र जनता प्रति जिम्बेवार भएको लागेन , आफ्नो टाउको मा कुनै बन्देजको वा भनौ विभागको योगदानलाई होच्याईन्छ भने के न केहि ठोस जवाफ त हुनु पर्ने हो तर त्यो भएन यस कारण मलाई आज यो कुरा प्रस्फुटन गर्न मन लाग्यो । म जो आफुहरुर्ला बढि शक्तिशाली वा ठुलो क्षेत्र भन्न चाहनुहुन्छ उहांलाई के प्रश्न गर्न चाहन्छु भने पशु पालन नेपालमा के फुर्सतको व्यवसायहो , हिमाल पहाड तराई त पक्कै घुम्नु भएको होला, तपाई कहां देख्नु भएन पशु पालनको सम्भावना,  के तपाई संग एसको उत्तर छ , त्यस कारण यस्ता कुरै नगरौ नेपाली कृषकहरु चाहे ति पशु संग सम्बन्धित हुन, या बन या कृषि सबै नेपाली कृषक हुन तिनीहरु सबैको जनजिवनमा आमुल परिबर्तन ल्याउनु हामि सबैको कर्तव्य हो । सेक्टर वाइज भाग वण्डाको कुरा गरेर कुनै क्षेत्रलाई अपमान गर्न पाईदैन सबै क्षेत्रमा त्यतिकै सम्भावना र  अवसरहरु छ बरु कसरि हुन्छ त्यसको सदुपयोग गर्न तर्फ लागौ, जिम्मेवार ढंगले साधन स्रोत माथिको वितरणमा ध्यान दियौ यहि नै देश र हाम्रा शोझासाझा कृषकमो पक्षमा हुनेछ । -हेमराज बोहरा

प्रकाशित मिति: बिहिबार, असार १२, २०७१