आइतवार, जेष्ठ ६, २०८१

माछा पोखरीकोे पानी सुक्दै गएपछि कृषक चिन्तित

खजुरा (बाँके), १२ असार । अत्यधिक गर्मीका कारण बाँके जिल्लामा रहेका माछा पोखरीकोे पानी सुक्दै गएपछि जिल्लाका माछापालक कृषक चिन्तित भएका छन् । गत महिनादेखि सुरु भएको अत्यधिक गर्मीले जिल्लाको ३० हेक्टरमा निर्माण गरिएका अधिकांँश नयाँ माछा पोखरीमा पानी सुकेपछि माछा हाल्न नपाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार गर्मीका कारण पोखरीको पानी सुकेपछि नयाँ निर्माण गरिएको १० हेक्टर र मर्मत गरिएको २० हेक्टरमा माछा हाल्न नपाएको हो । कृषि कार्यालयका अनुसार सञ्चालनमा रहेका पोखरीको पनि सुक्दै जाँदा पालिएका माछासमेत मर्न थालेका छन् । छिट्टै पानी नपरे माछापालक कृषकलाई ठूलो समस्या हुनेछ । श्रेष्ठका अनुसार बाँकेमा ३०५ हेक्टरमा माछापालन हुने गरेको छ । अझै पनि मागअनुसारको माछापालन गर्न सकिएको छैन । बाँकेमा १५ हजार हेक्टर जमिनमा माछापालन हुनुपर्नेमा पर्याप्तमात्रामा पानी नहुँदा सोचे जस्तो गर्न नसकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा करिब ९०० वटा पोखरीमा माछापालन हुँदै आएका छन् ।-कृषि साप्ताहि

प्रकाशित मिति: बिहिबार, असार १२, २०७१