आइतवार, जेष्ठ ६, २०८१

जङ्गली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

mushroomविराटनगर, २७ जेठ । मोरङको पूर्वी गाविसमा एक परिवारले जङ्गली च्याउ खाँदा पाँचजना सिकिस्त बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार  बिरामी पर्नेहरूमा दर्वेशा–४ बस्ने  ५५ वर्षीय मुन्सी, ५० वर्षीया बच्ची, १८ वर्षीया सङ्गीता, २२ वर्षीया चिन्ची र ७० वर्षीया सेडकी इस्कु सतार रहेका छन् । बिरामीको स्थानीय कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूले आइतबार राति जङ्गली च्याउ टिपी पकाएर खाएका थिए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २७, २०७१