आइतवार, जेष्ठ ६, २०८१

स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय

Biswonath kharelपुष्प व्यवसायको समग्र विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्mलोरिकल्चर एसोसिएसन नेपालले गत चैत १३ गते देखि १६ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा दोस्रो इन्टरनेशनल प्mलोरा एक्स्पो सन् २०१४ दोस्रो पुष्प प्रदर्शनी आयोजना गरेको थियो । यस अगाडि सन् २००१ मा प्रथम पटक अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी मेला गरेको संस्थाले पुनः एकदशक पछि दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी मेलाको आयोजना गर्न गइरहेको प्mलोरिकल्चरका उपाध्यक्ष तथा मेलाका संयोजक कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो । मुलुकमा गत वर्ष १ अर्ब १५ करोड रुपैया“को फूल कारोबार भएको छ । प्mलोरिकल्चर एसोसिएसन नेपालले गत वर्ष सिजनल फूल बिरुवातर्फ १९ करोड ५४ लाख, आलंकारिक बोटबिरुवातर्फ ३७ करोड १५ लाख, कटप्mलावरतर्फ १८ करोड ४२ लाख ल्यान्डस्केप र गार्डेनिङतर्फ १४ करोड ४५ लाख, खुला फूल ६ करोड ४ लाखको कारोबार भएको थियो । त्यसैगरी फूलसँग सम्बन्धित सामग्री आपूर्ततिर्फ ९ करोड ३२ लाख, कार्पेट ग्रास, बल्ब, राइजम टयुबर टिस्युकल्चरतर्फ ७ करोड ५० लाखको कारोबार भएको थियो । त्यसैगरी गत वर्ष नेपालले ३ करोड रुपैया“को फूल र गाना निर्यात गरेको थियो । एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेका अनुसार नेपालबाट फूल मध्यपूर्वी मुलुक र गाना अमेरिकालगायत मुलुकमा निर्यात हुन्छ ।
हाम्रो देशमा भने वि.सं. २०५१ सालबाट व्यावसायिक रुपमा पुष्पको खेती हु“दै आएको पाइन्छ । यसरी हिजोआज भने पुष्पको व्यवसायबाट जीवन गुजारा चल्ने भएपछि नेपाली उद्यमी र कृषक पनि पुष्पको व्यापार र खेतीतर्फ विस्तारै एवं आकर्षित बन्दै गएका छन् । पुष्पको व्यावसायिक खेतीबाट हालसम्म चारहजार भन्दा बढी परिवारको रोजी रोटीको व्यवस्था भएको कुरा सम्बन्धीत व्यावसायीको आ“कलनबाट स्पष्ट हुन्छ । मुलुकको कुरागर्दा मुख्यगरी मंसिरदेखि चैत र जाडो सिजनमा नेपालमा फूल उत्पादन घट्छ । यस याममा भारतबाट फूलको आयात हुन्छ । यस समयमा पर्ने चाड पर्व जस्तै भ्यालेन्टाइनडेमा काठमाडौंलगायत मुख्य सहरमा १ करोड हाराहारीको गुलाबको फूल बिक्री हुन्छ । यसमध्ये ६० लाख रुपैया“ हाराहारीको गुलाब भारतीय बजारबाट आयात हुन्छ । काठमाडौं उपत्यका र आसपासका जिल्लाहरू नुवाकोट, मकवानपुर र चितवन पछिल्ला वर्ष फूल उत्पादनका लागि पकेट क्षेत्रका रूपमा विस्तार हु“दै गएका छन । मुलुकमा पुष्प खेती देशको ३८ जिल्लामा लगभग ६ सय ५० फर्म÷नर्सरीहरुबाट १ सय ३७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय हुँदै आएकोे अनुमान छ । यसले ४१ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको जनाइएको छ । यो हाल सामान्य र सोखपूर्ण ढंगबाट मात्र खेती हु“दै आएको छ । अतः सरकारले व्यावसायिक रुपबाट कृषकहरुलाई आकर्षित गर्ने उदेश्यले पुष्पको खेती विस्तार गरेमा अवौं रुपिया“को पुष्प विदेशी बजारमा निर्यात गर्न सकिने व्यवसायीहरुको भनाई रहेको छ । यसर्थ विश्व बजारमा नेपाली पुष्पको माग दिनप्रतिदिन बढ्दो रुपमा एकातिर छ भने अर्कोतिर सरकारले निजी क्षेत्रलाई सुम्पिएको सामुदायिक बन र ब्यक्तिका खेर गइरहेका भूमि एवं प्रत्येक घर–घरमा कौंसीमा पनि पुष्पको खेती गरी विदेशी मुद्राको दरिलो आधार बनाउन सकिन्छ । देशमा नै पाइने गुनकेसरी, सयपत्री, लालीगुरा“स जस्ता विरुवालाई विदेश लगेर विकसित जातिमा विकास गराइन्छ । तर त्यसलाई स्वदेशमा नै बनाउने प्रविधिको विकास गर्न नसकेकाले विरुवाको मूल्य बढीरहेको किसानहरुले बताउ“छन् । यस व्यवसायमा महँगो विरुवा र मल ल्याएर व्यवसाय सञ्चालन गर्दा पुष्पले उचित बजार नपाई घाटा हुन जाने पनि त्यतिकै सम्भावना रहेको छ । त्यसकारण सकभर कम लगानी मै गर्न सकिने यो व्यवसायमा सरकारी ध्यान नपुगेकाले समस्या झेल्नु परिरहेको बताइन्छ ।
हाम्रो देश पुष्प व्यवसायमा आत्मनिर्भर भए पनि यसलाई निर्यातमुखी बनाउन अझै प्रचार–प्रसार कमी नै रहेको छ । यसलाई युद्धस्तरमा विश्व बजारको खोजी गर्नु अति आवश्यक भएको छ । मुलुकमा नया“–नया“ पुष्पको विकास गर्न स्वदेशी प्रविधिको आजसम्म विकास हुन सकेको छैन् । समय–समयमा हुने पुष्प व्यापार मेलाले यो व्यवसायलाई अझ बढी बढाउन सहयोग पुगेको छ । हाम्रो देशबाट खासगरी पुष्पका गाना र टिस्युकल्चर पनि निर्यात भएको अनुमान गरिन्छ । दक्षिण अफ्रिकी मुलुक केन्याले सस्तोमा अमेरिका र युरोपमा पुष्प निर्यात गरेकाले नेपाली पुष्प पठाउन सकिएको छैन् । नेपाली पुष्प अरु देशको भन्दा मह“गो पर्छ । पुष्पको आन्तरिक कारोवार ठूलो भएकाले पनि सरकारले यस व्यवसायमा सहयोग गर्नु अति आवश्यक देखिन्छ । यसको साथ साथै काम गर्ने श्रमिकहरुको हित एवं कल्याणको लागि समेत सरकार चनाखो हुनु पर्छ ।
नेपाली पुष्पको बजार अमेरिका र जापानमा समेत लोकप्रिय र माग क्रमशः बृद्धि हुँदै गएको छ । प्mलोरीकल्चर एसोसियसनका अनुसार  आर्थिक वर्ष २०६७-०६८ मा ९१ करोडभन्दा बढीको पुष्प कारोबार भएको थियो । यसै अवसरमा नेपालबाट १९ करोड १४ लाख रुपिया“ बराबरको पुष्पजन्य वस् तु निर्यात गरेको थियो । सम्भावना बढे पनि भारत र युरोपेली मुलुकमा निर्यात गर्न विभिन्न समस्या झेल्नु परेको व्यावसायीहरु बताउँछन् । क्वारेन्टाइनलगायत ब्यारियर्सले भारत र युरोपमा निर्यात गर्न सजिलो छैन । अहिले मध्यपूर्व, युरोप र भारतमा समेत नेपाली कटप्mलावरको माग निक्कै बढेको छ । यसर्थ पुष्प खेतीको स्थान छनोट र मौसम अनुसारको निर्यातलाई प्रवद्र्धन गर्न सकेमा नेपली पुष्प युरोप र अमेरिका मात्र नभई खाडी मुलुकहरूमा पनि निर्यात गर्न सकिने प्रबल सम्भावना रहेको छ । त्यस्तै गरी जापान र अमेरिकामा मौसमी पुष्प, आलङ्कारिक बोट विरुवा, कट प्mलावर, डूाइप्mलावर, सुनाखरी लगायतका पुष्प निर्यात हुँदै आएका छन् । देशमा खेर गइरहेको बाँझो जग्गालाई उपयोगमा लिन सकिने र कम लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले पनि नेपाली पुष्प खेती र व्यवसायको लोकप्रियता बढ्दै गएको छ ।
अन्त्यमा भन्नुपर्दा फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले आयोजना गर्न लागेका अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी मेलामा मौसमी फूल, आलंकारिक बोट विरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउवीजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहने जानकारी गराइएको छ । सो मेलामा व्यावसायिक कक्ष ५९ वटा, सूचनामूलक १५ वटा र अन्तर्राष्ट्रिय सहभागिता कक्ष २१ वटागरी जम्मा ९५ वटा प्रदर्शनी कक्ष रहने थियो । नेपालमा सन् १९५० बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय आव २०६९÷७० सम्मआइपुग्दा हाल ३८ जिल्लामा लगभग ६ सय ५० पुष्पफर्म नर्सरीहरु विस्तार भइसकेको प्mलोरिकल्चर एसोसिएसनले बताएको छ । झन्डै ४१ लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराइरहेको यस व्यवसायले आव २०६९÷७० मा आयात र निर्यात गरी करिब रु एक अर्ब १५.५७ करोडभन्दा बढीको कारोबार गरेकोे प्mलोरिकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले बताउनुभयो । यो मेलामा  ६० हजारभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने एकातिर छ भने अर्कोतिर ७० लाख देखि १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने  अनुमान एसोसिएसनको छ । -विश्वनाथ खरेल

प्रकाशित मिति: आइतवार, चैत्र २३, २०७०