शनिबार, बैशाख २२, २०८१

रंगको पर्वसगै खेतबारीमै होलीको मजा लिऔं किसानहरू

blshresthaआज फागु पर्व । छोटकरीमा होली भनेर भानिन्छ । यसलाई होलिका दहन पनि भनिन्छ । दैंत्यका राजा हिरण्य कशिपुले भगवानलाई आफ्ना शत्रु ठान्थे । विष्णु भगवानलाई उनी शत्रु हो भन्थे । उनै विष्णु भगवान्लाई हिरण्य कशिपुका छोरा प्रह्लाद भगवान् मान्थे । विष्णु नै सर्वेसर्वा थिए उनका लागि । जतिखेर पनि विष्णुकै भक्ति गर्ने, गान गर्ने र सवैलाई विष्णुकै भक्ति गर्न अभिप्रेरित गर्थे । हिरण्यकशिपुका लागि प्रल्हाद राज्य शासनमा काँडो बनेर उभिए । के गर्दा प्रल्हादलाई समाप्त पार्न सकिन्छ भन्ने चिन्ताले सतायो उनलाई । उनले अनेक दाउपेच र उपाय सुझाए । तर केही लागेन । प्रल्हादका गुरूले हिरण्यकशिपुको आज्ञा अनुसार प्रल्हादलाई अनेक उपदेश दिए । तर त्यसको केही लागेन । अनेक कोशीस गर्दा पनि प्रल्हादलाई मार्न सकिएन । आफ्नो बाटोमा ल्याउन पनि सकेनन् । होलिका हिरण्यकशिपुकी बहिनी हुन् । आफूलाई आगोले नछुने वर पाएकी थिइन् होलिकाले । त्यसैले हिरण्यकशीपुले यही अवसर छोपेर प्रल्हादलाई आगोमा दहन गरेर मार्ने योजना बनाए । दाउराको ठूलो खलियो बनाएर त्यसमा आगो बालेपछि होलिका प्रल्हादलाई लिएर आगोमा कु“दिन् । विष्णुका भक्त प्रल्हादलाई केही भएन तर होलिका आगोमै भस्म भइन् । त्यसैले आजको दिनलाई होलिका दहन भनेर पनि जानिन्छ । आपसी मेलमिलापको पर्व भनेर होलीलाई चिनिन्छ । पहाड र उपत्यकामा अगिल्लो दिन होली पर्व मनाइन्छ भने तराइमा त्यसको भोलिपल्ट मान्ने चलन छ । पहाड र उपत्यका भन्दा तराइमा धुमधामका साथ होली मनाउने गरिन्छ । दुवै दिन सरकारले पर्व बिदा दिँदै आएको छ । होलीमा विस्तारै विकृति र विसंगति भित्रिए पनि यसलाई संस्कृतिका रूपमा मानिदै आएको धेरै भइसकेको छ । कतिपय ठाउ“मा अविर मात्र खेल्ने गरिन्छ भने कतिपय ठाउ“मा लोला हान्ने प्रचलन पनि छ । खासगरी महिलालाई बढी लोला हान्ने चलन र प्रवृत्तिले गर्दा यसले विकृत रूप लिँदै गएको छ । संस्कृति मान्ने निहु“मा विकृति र विसंगति फैलनु राम्रो भने होइन । यसलाई सभ्य किसिमले मनाउने हो भने यसको गौरव र गरिमा बढ्न सक्छ ।
यतिखेर किसानहरू आफ्नो खेतबारीमा बाली लगाउन जुट्ने क्रममा छन् । हिउ“दे धान लगाउन वियाड बनाउने सुरसार भइसकेको छ । फागु पर्वलाई कृषिस“ग खासै जोडेर हेरेको देखिन्न । तर पनि किसानहरूले यही दिनलाई प्रारम्भ मानेर कुनै पनि खेतीको सुरूवात गरेर मान्दा शुभ हुने देखिन्छ । रंग पर्वको दिन भए पनि किसानहरूले खेत बारीमै आफ्नो काममा तल्लिन भएर यो फागुको उल्लास मनाउन सक्छन् । सडकमा बसेर उपत्यका लगायतको मह“गो पानी खेर फाल्नु भन्दा खेतबारीमा काम गर्दै आफूआफूमा पानी बर्साएर खेल्ने हो भने एकातिर सांस्कृतिक पर्व मान्ने खुसीयाली हुन सक्छ भने अर्कोतिर पानी जमीनमै रहन्छ । शालिनतापूर्वक खेतीपातीको बीच र छेउछाउमा बसेर खेल्दा रमाइलो पनि हुन्छ । रमाउन सकियो भने खेतबारीमा काम गर्दागर्दै होली मनाउनुको मज्जा नै अर्को हुन्छ । यस्तो प्रचलन सबै ठाउ“मा नहोला । तर होली पर्वलाई किसानहरूले खेतबारीमै बसेर मनाउ“दा यसको अझ महत्व हुन जान्छ । हिामाल, पहाड, उपत्यका र तराइमा लाखौं किसानहरू कृषिमा आश्रित छन् । लटरम्म राता गोलभे“डा, हरिया सागपात, निला भन्टाको रंगले अविरको प्रतिकात्मकता दिन्छ । लटरम्म राता गोलभे“डा, हरिया सागपात, निला भान्टाको रंगले अविरको प्रतिकात्मकता झल्कन्छ । टनेलभित्र राता गोलभे“डाको झुप्पास“गै बसेर अवीर र रंग अनि रातै रंग मिसाएको पानीको लोला खेल्दा रमाइलोको अनुभूति अझ उत्कर्षमा पुग्दछ ।
हाम्रा किसानका खेतबारीमा यतिखेर कोसा केराउ, भन्टा, खुर्सानी, गोलभे“डा लटरम्म फलीरहेका छन् । खासगरी गोलभे“डाको रंगस“ग फागुको विशेष सम्बन्ध रहेको छ । रातो अविरले उमंगको प्रतिकात्मकता दिएको छ भने बारीभरि फलेका राता गोलभे“डा गृहिणीहरूले आफ्ना भान्सामा सजाएका हुन्छन् । गृहिणीहरू सबैभन्दा बढी गोलभे“डा खरिद गर्न मन पराउ“छन् । यसो हुनुमा मनोविज्ञानले पनि काम गरेको छ । ‘रातो राम्रो गुलियो मिठो’ भन्ने प्रचलन पनि छ हामीकहा“ । रातोले खास गरेर महिला र केटाकेटी बढी आकर्षित हुन्छन् । रातो रंग महिल र केटाकेटीलाई मात्र होइन सबैलाई मन पर्दछ । रंग पनि रातै मन पर्छ । गोलभे“डालाई त्यसैले अवीर र रातो अनि सिन्दुरको प्रतिकको रूपमा लिने गरिएको छ । यतिखेर यो फागु पर्वमा किसानहरूले अत्यधिकरूपमा लगाउने गरिएको गोलभे“डालाई विम्बका रूपमा पनि लिने गरेका छन् । गोलभे“डा स्वादमा मात्र मिठो होइन ।  यसका विविध गुण पनि छन् । त्यसैले गोलभे“डा जतिसुकै मह“गो भए पनि किन्ने/खाने गर्छन् गृहिणीहरू । किसानहरू खेतबारीमा रमाउ“दै फागु खेल्नुको मजा नै अर्कै हुन्छ । विशेषगरी नेवार जाति कृषिमा लागेका हुन्छन् । केटाकेटी, बूढाबूढी, तन्देरी महिला पुरुष सवै खेत बारीमा नै तल्लिन भएका हुन्छन् । आजका दिनमा माटोमा खेल्दै र रंगमा रमाउ“दै काम गर्नुको आनन्द नै अर्कै हुन्छ पक्कै पनि । प्रकृतिले किसानलाई माटोमा अनेक थरि रंगका बोट बिरूवा, फल उमार्ने सीप, श्रम दिएको छ । आजकै दिनलाई छनौट गरेर खेतबारीमा माटोस“गै परिवार मिलेर कुनै बीउ बिजन रोप्दा त्यसले पक्कै पनि राम्रो उब्जनी दिन सक्ने छ । त्यसैले आजको रंगको पर्वलाई नेपाली किसानहरूले खेतबारीमै ओर्लेर माटोस“ग लडिबुडि गर्दै फागु खेल्ने हो भने फागु पर्वको सार्थकता अझ बढ्ने थियो ।– विष्णुलाल श्रेष्ठ

प्रकाशित मिति: आइतवार, चैत्र २, २०७०