शनिबार, बैशाख १५, २०८१

खोरेत सङ्क्रमण रोक्न खोप अभियान

दमक, २२ फागुन । पशुहरुमा खोरेत रोगको सङ्क्रमण बढेपछि दमकलगायत आसपासका क्षेत्रमा खोप अभियानलाई तीव्र पारिएको छ ।

पशु सेवा केन्द्र दमकले दमक र लखनपुर आसपासका कृषकले पालेका पशुहरुमा खोप अभियानलाई तीव्र पारेको केन्द्रका भ्याक्सिनेटर रामआशीष रजकल बताउनुभयो ।
गत पुसमा ५००, माघमा ७०० र फागुनको २० गतेसम्ममा ३०० वटा पशुलाई खोरेत रोगविरुद्धको खोप दिइएको केन्द्रका प्रमुख विनोद साफीले जानकारी दिनुभयो । प्रतिखोप १५ देखि २० रुपैयाँसम्म पर्ने भए पनि प्राविधिक सेवा भने निःशुल्क प्रदान गरिने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २२, २०७०