आइतवार, जेष्ठ ६, २०८१

दातृ निकायको रकम किसानसम्म पुग्न सकेन

lama jeकाठमाडौं, १६ फागुन । नेपालका कृषि क्षेत्रमा कार्यक्रम गर्ने गरी भित्रिएका दातृ निकायहरु दर्जनौं भएको भएपनि ती निकायहरुले किसानसम्म कार्यक्रम पु¥याउन नसकेको समाज कल्याण परिषद्का पूर्व सदस्य सचिव एवं कृषि विज्ञ डा.छेवाङ्ग नामगेल लामा शेर्पाले बताउनु भएको छ ।
नेपालमा परियोजनाका नाममका कृषि क्षेत्रमा लगानी भईरहेको भएपनि कतिपय संस्थाले समाज कल्याण परिषद्बाट लिनु पर्ने पूर्व स्वीकृति समेत नलिई कार्यक्रम सञ्चालन गरिरहेको आरोप समेत लामाले लगाउनु भएको छ ।
कृषि अनलाइनसँग कुरा गर्दै लामाले सरकारी संयन्त्रले व्यवस्थित रुपमा अनुगमन र मूल्यांकन गर्न नसक्दा कृषिका लागि आएको रकम अन्यत्र खर्च समेत भईरहेको खुलासा गर्नु भएको छ । जिल्ला जिल्लाका कृषिका परियोजनाहरु सञ्चालन भईरहेका भएपनि जिल्ला कृषि कार्यालयहरुसँग समन्वय नै नगरी कार्यक्रम सञ्चालन हुनु कृषि विकासका लागि घातक हुन सक्ने समेत उहाँको तर्क छ ।
नेपाललाई कृषि प्रधान देश भन्दै नेपालमा कृषि उत्पादन बढाउने कार्यमा र गरिवी निवारणका लागि विदेशी दातृ निकायहरुले रकम खर्च गरिरहेको भएपनि गैरसरकारी संस्थाहरुले त्यसलाई सदुपयोग नगरेको र समाज कल्याण परिषद्ले समेत हस्तक्षेप नगरेको उहाँको भनाई रहेको छ ।
आफू सदस्य सचिव हुँदा कृषिको लगानीलाई पारदर्शि बनाउनका लागि र जिल्लाका गैरसरकार सस्थाहरुले गरेका गतिविधिको अनुगमन नजिकबाट गर्नका लागि र संस्थाहरुलाई सजिलो बनाउका लागि पनि परिषद्का् क्षेत्रीय कार्यालयहरु सञ्चालनमा ल्याएको उल्लेख गर्दै क्षेत्रीय कार्यालयहरु बन्द गराउनु नै अभिसाप भएको बताए ।
कतिपय गैरसरकारी संस्थाहरुले विकट जिल्लाका कृषि उत्पादनका लागि कार्यक्रम स्वीकृत गराएको भएपनि कागजी काम मात्र गरी करोडौं दूरुपयोग गरिरहँदा पनि नेपाल सरकारले हस्तक्षेप गर्न नसकेको दुखेसो गर्नु भयो ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १६, २०७०