बिहिबार, बैशाख २०, २०८१

कृषि विकास बैंकले नै चासो देखाएन : मधुसुदनसिंह बस्न्यात , निमित्त कार्यक्रम निर्देशक, कृषि इन्जिनियरिङ निर्देशनालय

madhushudanshinghकृषि यान्त्रिकरण प्रर्दशनी २०७० को मूल उदेश्य के हो ?
नेपालमा कृषि यन्त्रको जागरण, प्रवद्र्धन र जनचेतना अभिबृद्धि गर्नु नै यसको प्रमुख उदेश्य हो  । नेपाल र अन्य देशमा भएका कृषि यन्त्र औजार उपकरण अवलोकनको अवसर प्रदान गर्नु र आधुनिक एवं नयाँ प्रविधिका कृषि यन्त्रको सेवा जानकारी गराउने, व्यवसायी र कृषकको समन्वय गर्ने वातावरण सृजना गर्ने, व्यवसायिक कृषिको चेतना अभिबृद्धि गर्ने र लगानीका अवसरहरुको सृजना गर्नु नै यसका मुख्य उदेश्य नै हुन् ।
फागुन ९ देखि १२ गतेसम्म हुने यो प्रर्दशनीमा स्टल राख्नेहरु कति उत्सुक देखिएका छन् त ?
धेरै नै उत्सुक देखिएका छन् । यन्त्र उपरकण निमार्ताहरुदेखि लिएर आयातकर्ताहरु विक्रेताहरु पनि प्रर्दशनीमा सहभागी भएका छन् । यो प्रर्दशनी नेपालमा पहिलो पटक हुन लागिरहेको र अन्य स्टलहरु भन्दा फरक स्टल राख्नेहरुलाई पनि निःशुल्क स्टलको व्यवस्था गरिदिएका कारण सहभागीहरुको संख्खा पनि धेरै नै छ ।
यो प्रर्दशनीको अवलोकनकर्ता कस्लाई लक्षित गरिएको छ ?
अवलोकनकर्ता भनेको नै किसान, नीति निर्माता,ब् अनुसन्धानकर्ता, कर्मचारी, कृषक समूह, कृषि सहकारी संस्था,उद्यमी व्यवसायी, वैक तथा वित्तिय संस्थाहरुलाई अवलोकनकर्ताका रुपमा हामीले लिएका छौै भने तिनै विषयमा सरोकार राख्नेहरु पनि प्रदर्शनीकर्ता पनि छन् । केही राष्टिूय तथा अन्तर्राष्टिूय गैरसरकारी संस्था पनि सहभागी हुनु भएको छ ।
यो प्रर्दशनीमा वैक तथा वित्तिय संस्थाहरुले सहभागी जनाउन चाहेनन् भन्ने छ नि ?
हामीले नेपालभर सञ्चालनमा रहेका क र ख बर्गका वैंक तथा वित्तिय संस्थाहरुलाई पत्र पनि पठाएका थियौं पछि हाम्रा प्रतिनिधि स्वयंपनि नगएका होइननौं तर त्यत्ति धेरै वैक तथा वित्तिय संस्थाहरुले चासो देखाउनु भएन । एक दुई वैकले पनि स्टलका लागि बुकिङ्ग गरिसकेका छन् ।
यति ठूलो प्रर्दशनीमा वैक वित्तिय संस्थाहरुले सहभागी देखाउनु नखोज्नुका कारण के होला त ?
नेपालमा राष्टू वैकले नै कृषिमा लगानी गर्नु पर्दछ भनिरहेका बेला यो प्रर्दशनीमा कृषि विकास वैक पनि सहभागी भएन । अरु वित्तिय संस्थाहरु पनि सहभागी नहुनु र चासो नदेखाउनु भनेको किसानहरुलाई ऋण प्रवाह हुँदैन कि भन्ने प्रश्न पनि देखिएको छ भने किसानले वैक वित्तिय संस्थाहरुबाट पाउनु पर्ने सेवा र सहयोग नपाउने हो कि भन्ने डर उत्पन्न गराएको छ ।
यसले प्रर्दशनीमा केही असहज वा असहयोग हुने अवस्था त होइन नि ?
वैक वित्तिय संस्थाहरुले सहभागी नजनाउँदैमा असहज वा असहयोग हुन्छ भन्ने लाग्दैन । यो अरु मेला वा प्रदर्शनी जस्तो पनि होइन कृषिसँग सम्वन्धित बस्तुगत स्पेशल मेला भएका कारणले पनि यो क्षेत्रमा काम गर्ने सवै आईदिनु पर्ने जस्तो मलाई लागेको छ । अहिलेसम्म हामीले स्टल राख्नेहरुको दर्ता गरेको अवस्थालाई हेर्ने हो भने शैक्षिक संस्थादेखि उत्पादनकर्ताहरुसम्मले प्रदर्शनी गर्न इच्छुक देखाएका छन् । प्रदर्शनीमा किसान आफैले हात चलाउनेदेखि यन्त्रका बारेमा पूर्ण रुपमा जानकारी लिन पनि सक्ने प्रदर्शनी भएका कारण प्रर्दशनी राम्रै हुने छ भन्ने विश्वास लिएको छु ।
कस्ता खालका कृषि यन्त्र यो प्रर्दशनीमा राख्न लागिएको छ त  ?
सानोसानो हाते औजारदेखि लिएर ठूला ठूला हार्भेस्टरसम्म पनि यो प्रर्दशनीमा देख्न हेर्न र कतिपय चलाउन समेत पाइन्छ । पछिल्लो समयमा हेर्ने हो भने युवाहरु वैदेशिक रोजगारीका लागि पलायन हुनु कृषिमा काम गर्ने जनशक्तिहरु पलायत हुनुका कारणले पनि कृषि यन्त्रको प्रयोग गर्नु पर्दछ भन्ने सोच पनि आईरहेको छ भने हामीले पनि कृषि यन्त्र निर्माणदेखि प्रयोगसम्मका तालिमहरु प्रदान गरिरहेका छौं । त्यसले गर्दा पनि किसानहरुमा यन्त्र प्रयोगको जनचेतनाबृद्धि भएको छ भने नेपाल भूगोल अनुसार पहाडि क्षेत्र र तराई क्षेत्रसम्म प्रयोगहुने यन्त्रहरु प्रदर्शनीमा रहने छन् ।
कृषि उत्पादनको लागत घटाउने कृषि यन्त्र प्रयोगका लागि धेरै प्रयास भएका देखिन्छन् तर पनि व्यवसायिक कृषि फस्टाउन सकेको छैन किन होला ?
कृषि विकास मन्त्रालयको संरचनालाई हेर्ने हो भने पनि यो निर्देशनालय २०६१ मा स्थापना भएको बाह्रौं निर्देशनालय हो । पहिले यो शाखाका रुपमामात्र थियो ।  अहिले पनि हेर्ने हो भने जिल्लामा हाम्रो सञ्जाल कहिँ पनि छैन । कृषि इन्जिनियरिङ्गको दरवन्दी कुनै जिल्लामा पनि छैन । अर्को कुरा यो निर्देशनालयको काम यन्त्र उपकरणमा जोड दिने भन्दा पनि कृषि इन्जिनियरिङ्गको अन्य कार्यलाई मात्र हर्ने भएको भएपनि हामीले यन्त्रउपकरण प्रयोगका कुरालाई जोड दिँदै गएका छौं । अर्कोकुरा यन्त्रउपकरणमा काम गर्नेहरु बस्तुगत संघ पनि छैन । कृषि उत्पादन लागत घटाउनका लागि पक्कै पनि यन्त्रको प्रयोग अनिवार्य छ तर कस्तो यन्त्र के मा प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्ने कुरालाई किसानसम्म पु¥याउन नसकेकै कारण पनि उत्पादन लागत मूल्य घट्न सकेको छैन । त्यही भएर पनि हामीले यन्त्र प्रदर्शनीका माध्यमबाट किसानलाई उत्प्रेरित गर्ने कार्य गर्न खोजिरहेका छौं ।
कृषि यान्त्रिकरण प्रर्दशनीलाई व्यवस्थित गर्न यहाँहरुका तर्फबाट के भईरहेको छ ?
कृषि यान्त्रिकरण प्रर्दशनीलाई किसानसम्म पु¥याउन र व्यवस्थित गर्नका लागि हामीले विभिन्न माध्यमहरु प्रयोग गरेर प्रचार प्रसार गरिरहेका छौं ।  मुलुकभरका ७५ जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालयहरुलाई जानकारी गराएका छौं । प्रदर्शनीको पोष्टर ब्रोसर पनि जिल्ला जिल्लामा पठाईसकेका छौं । अर्को कुरा हामीले के आग्रह गरेका छौं भने अन्तरजिल्ला कृषक भ्रमण सोही समयमा पारेर कृषकहरुलाई सो प्रर्दशनीमा ल्याईदिन आग्रह पनि गरेका छौं । र यो नेपालका पहिलो पटक हुन लागिरहेका कारण पनि बढी भन्दा बढी किसानहरु लाभान्वित हुन् भन्ने चाहना भएका कारण पनि क्षेत्रीय निर्देशनालय र जिल्ला कार्यालय मार्फत किसानसम्म पु¥याउने काम हामीले गरिरहेका छौं ।
यति ठूलो प्रर्दशनी गर्न लाग्नु भएको छ यन्त्र उत्पादक विक्रेताबाट कत्तिको सहयोग पाउनु भएको छ त ?
राम्रै सहयोग पाएका छौं । तर एउटै किसिमका यन्त्र उत्पादन गर्ने कम्पनीहरु एउटा गए अर्को नजाने जस्तो कुरा पनि आईरहेको छ । विशेष गरी नेपाली कम्पनीहरुले त्यसो भनिरहेका छन् । अन्यथा सवै कम्पनीहरुले उत्साहित रुपमा भाग लिन खोजिरहनु भएको छ । राम्रो कामको शुरुवात भएको भन्ने प्रशंसा पनि निर्देशनालयले पाएको छ ।
मन्त्रालय एवं अन्य सरकारी कार्यालयसँग समन्वय भएको छ कि छैन  ?
यो प्रदर्शनी ६ महिना अगाडिबाट गर्ने सोच अगाडि बढेको हो । जव प्रर्दशनीका लागि स्वीकृत भयो त्यसपछि हामी कृषि विकास कार्यालयका सम्पूर्ण निकायहरु यो प्रर्दशनीका बारेमा जानकारी प्राप्त छन् । कार्यालयबाट हुने सहयोग पनि भईरहेको छ । उत्साहित पनि छन् र समन्वय पनि भईरहेको छ ।
आम किसानलाई के भन्नु हुन्छ  ?
यो महत्वपूर्ण मौका हो । एउटै ठाउँमा ५०० भन्दा बढी बस्तुहरु हेर्न सक्ने सकिने भएकाले आम किसानहरु आउनुहोस् हेर्नुहोस् प्रयोग गर्नुस् । आफूलाई कुन सजिलो लाग्छ र मूल्य र ठाउँ सुहाउँदो यन्त्र प्रयोग गर्नुहोस् भन्न चाहन्छु  ।

प्रकाशित मिति: आइतवार, माघ १९, २०७०