शुक्रबार, बैशाख १४, २०८१

विषादी औषधी होइन विष हो -कार्यक्रम निर्देशक

Dillirama sarma

डिल्लीराम शर्मा, कार्यक्रम निर्देशक
बाली संरक्षण निर्देशनालय

० विषादी सप्ताह मनाईरहनु भएको प्रभाव कत्तिको देखिरहनु भएको छ ?
हामीले पहिलो पटक विषादी प्रयोगमुक्त सप्ताह २०७० मनायौं त्यो हिसावले यो यसको प्रभाव अझवढी भएको पाईएको छु । किनकी पहिलो पटक सप्ताह मनाउँदाखेर कालिमाटिमा प्रयोगशाला थिएन । त्यो प्रयोगशालाबारे जानकारी पनि कसैलाई थिएन । जुन प्रयोगशाला हामीले कालिमाटीमा स्थापना ग¥यौ यसले गर्दा धेरै कृषक उपभोक्ता सचेत हुनुभएको छ । विषादी भनेको के हो भनेर आम उपभोक्तालाई जानकारी भएको छ । यो सप्ताहमा धेरैको उत्सुकता पाएको छु र धेरैको संलग्नता पनि देखेको छु । यो सप्ताहले समग्र वातावरण र उपभोक्तालाई विषादीबाट वचाउन सहयोग गर्छ भन्ने विश्वास लिएको छु ।
० दुवै बर्ष तपाँईकै नेतृत्वमा यो कार्यक्रम भयो कसरी मुल्यांकन गर्नु भएको छ ?
पहिलो वर्ष सप्ताह मनाउँदा धेरै मनिसलाई विषादीको बारेमा त्यतिधेरै थाहा थिएन अहिले धेरै मानिसलाई विषादी के हो भनेर थाहा भएको छ । अझ यसलाई यतिले पुग्दैन विषादी न्युनिकरण गर्दै अर्गानिकमा नै जानु पर्ने हुन्छ । धेरै मानिसहरुबाट अर्गानिकको कुरा आईरहेको छ । हामीले यो सप्ताहमा मात्र हाईन नेपाल सरकारको नीतिमानै अर्गानिकमा कसरी जाने र रासायनिक विषादीको प्रयोगमा न्युनिकरण कसरी गर्ने भन्ने नीतिमा नै आउन जरुरी छ भन्ने आवाज उठाउदै आएको पाएको छु । यो सप्ताहल विषादी न्युनिकरण गर्दै अगाडि बढ्न सहयोग पुग्छ जस्तो लाग्छ ।
० विषादी मुक्त सप्ताह मनाइरहँदा वजारमा प्रतिवन्धित विषादी पनि छ्यापछ्याप्ती विक्रि वितरण भैरहेको भन्छन नि ?
प्रतिबन्धित विषादी छ्यापछ्याप्ती बजारमा पाईरहेको कुरा बिभिन्न सञ्चारमाध्यममा आयो त्यस पछि तत्कालै सम्वन्धित कृषि विकास र विषादी रजिस्टरको टोली गएर कतिपय ठाउँमा तुरुन्तै छापा पनि मारेको हो तर सञ्चारमाध्यमले भनेजस्तो प्रतिबन्धित विषादी हामीले पाएनौ । केही म्याद नाघेका विषादी भेटाइयो र हामीले तत्काल कार्वाही पनि गरेको हो । त्यस्ता खाले विषादी बिक्रिनै नगरेको भन्न सकिन्न तर, समाचारमा आएजस्तो होइन । हामीले हरेक कृषि कार्यालय मार्फत विषादी अनुगमनको काम गरिरहेका छौं ।
० खुल्ला सिमानाका कारण आउने प्रतिबन्धित विषादी रोक्नको लागि के गरिदै छ ?
तराईको खुल्ला सिमानाका कारणले गर्दा प्रतिवन्धित भएका विषादीहरु भारतका एजेन्टहरुले नेपाल आएर गाउँगाउँमा प्रचार प्रसार गरेर विक्री वितरण गरेको पनि हामीले पाएका छौ । हाम्रा किसानहरुले पनि भारत गएर खतरनमक विषादी ल्याएको हामिले पाएका छौं । त्यसलाई न्युनिकरण गर्न र हाम्रा किसानमा जनचेतनाको अभिवृद्धी गर्नको लागि हामीले बिषादी मुक्त सप्ताह घोषणा गरेको हो । जबसम्म किसानलाई जनचेतनाको अभिवृद्धि हुदैन तबसम्म बिषादी न्युनिकरण हुन गाह्रो छ । त्यसैले हामी जनचेतना अभिवृद्धि तर्फ लागेको छौं ।
० असारमा विषादीको प्रयोग जुन मात्रामा थियो त्यो कार्तिका शुन्यमा आएको हो ?
अहिले प्रयोगशालामा विषादी भएका तरकारी शुन्यमा झरेको छ । प्रयोगशालाबाट दिनदिनै आउने तरकारीमा बिषादीको मात्रा हाम्रो कम्प्युटरमा सेभ भएर बसेको हुन्छ असारमा २६ वटामा विषादी अवशेष भेटिएको थियो भने अहिले एउटा पनि भेटिएको छैन ।
० बिषादी न्युनिकरणको लागि किसानसम्म पुग्नुभएको छ तर प्रांगारिक विषादीको लागि यहाहरुले केके गरिरहनु भएको छ ?
हाम्रो नीतिनै त्यही हो रासायनिक विषादीलाई कमगर्दै लैजाने र जैविक बानस्पतिक विषादीलाई बढाव दिने हामिले भर्खरै एउटा निर्देसिका कार्यविधि मन्त्रालयमा पेश गरेका छौ मन्त्रालयबाट छिट्टै स्वीकृत पनि हुन्छ होला । कार्य विधीमा वनस्पतिक विषादी उत्पादन गर्नेलाई मेसिनमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम पेश गरेका छौ ।
० आम किसानहरुलाई के भन्नु हुन्छ ?
किसानले विषादी विष हो औषधी होइन भन्ने कुरा बुझ्नु प¥यो र यसलाई जथाभावी प्रयोग गर्नु हुन्न भन्ने पनि बुभ्mनु पर्छ  । विशेष गरेर विषादी प्रयोग गरिसकेपछि कृषि उपज टिप्नका लागि पर्खनु पर्ने समयसम्म पर्खौ, विषादी प्रयोग गरेको समयको सहि ख्याल राखौ  । यदी विषादी प्रयोग भएको भए राम्रोसँग पखालेर बोक्रा केलाएर खाने बानी बसालौ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, मंसिर २१, २०७१