शनिबार, बैशाख १५, २०८१

रेशम खेतीमा किसानहरुको आकर्षण बढ्दै छ

Megnath
मेघनाथ तिमल्सेना
वरिष्ठ रेशमखेती विकास अधिकृत
किम्वु नर्सरी व्यवस्थापन केन्द, भण्डारा

नेपालमा रेशम खेतीको वर्तमान अवस्था कस्तो छ ?
नेपालमा विगत १०।१५ बर्ष अगाडि जुन हिसावले सरकारी स्तरबाट विभिन्न परियोजना मार्फत कार्यक्रम सञ्चालित थिए । त्यो अवस्थामा अहिले सञ्चालन भएको अवस्था छैन । तर नेपाल सरकारले आफ्नो नियमित कार्यक्रम अन्तर्गत रेशम खेतीको विकास र प्रवद्र्धनका लागि विभिन्न स्थानमा रहेका ९ वटा फार्म केन्द्रबाट किसानहरुलाई सेवा सुविधा र आवश्यक प्राविधिक सहुलियतहरु उपलब्ध गराईरहेको छ । अहिलेको अवस्थामा हेर्दा विगतमा भन्दा रेशम खेती कम भएको हो कि भन्ने जस्तो देखिएको छ र त्यो हो पनि । तर, विगत २ बर्षदेखि रेशम खेतीमा किसानहरुको क्रमश आकर्षण बढ्दै छ । विगतमा किन घट्यो र अहिले किन बढ्यो भन्ने कुरा विश्लेषण गर्नु जरुरी छ । विगतमा हेर्ने हो भने दुर्गम ग्रामिण भेगहरुमा बाटोको पहुँच पुगेको थिएन । अन्य खेतीमा पनि व्यावसायिक तरकारी खेती, पशुपालन, माछापालन जस्ता व्यवसाय पनि व्यापक रुपमा भएको अवस्था थिएन । अहिले बाटोको सेवा पुग्न थालेको छ भने सघन तरकारी खेती लगायत अन्य कृषि व्यावसायहरुबाट बढी फाइदा हुने भएका कारण किसानहरु यतातिर कमआकर्षित भएका हुन् । तर, तराई र मध्य पहाडका किसानहरु जसले अन्य बालीबाट लाभ लिन नसकेपछि बर्षको दुईपटक दुई पुस्ते रेशम किरा र वाँकी उच्च तापक्रम हुने समयमा बहुपुस्ते रेशम कीरापालनबाट लाभान्वित हुनु भएको छ । अन्य खेतीबाट तुलनात्मक रुपमा लाभ लिन नसकेका कृषकहरुलाई रेशम खेतीले फाइदा धेरै नै पुयाएको छ । अर्को कुरा पर्यावरणको हिसावले पनि खेर गएका सामुदायिक जंगलहरुमा किम्बु बृक्षारोपण गर्न सकियो भने कार्वनको व्यापार र खेतीपातीसँग एकीकृत रुपमा रेशम खेती लिएर जान सकियो भने किम्बु विरुवाबाट रेशम खेती, मिल्क एण्ड सिल्क अवधारणाअनुसार पशुआहारा समेतकोमाग पुरागर्न सहयोगपुग्दछ । त्यसबाट गाईभैसीका लागि धाँस र खेर गएको माछाखेतीको डिलबाट माछाको आहारका लागि र बाख्रापालन एकीकृतरुपमा जान गरी कृषकहरु अगाडि बढ्नु भएकाले रेशम खेती तर्फ किसानहरुको आकर्षण बढ्दै गएकोछ ।
तर किसानहरु रेशकखेतीबाट टाढा भईरहेका छन् भन्छन् नि त?
यो कुरा सत्य पनि हो तर दुईवटा मोडालिटी एउटा अन्य बालीबाट तुलनात्मक रुपमा फाइदा लिन नसक्नु भएका र अहिले व्यवसायिक रुपमा फस्ट्याईरहेका बालीहरुलाई एकीकृत रुपमा गरेर माछा पालनसँग रेशम खेती, गाईपालनसँग रेशम खेती, बाख्रा पालनसँग रेशमखेती गरियो भने यी दुवै कृषि व्यवसाय तीव्र रुपमा अगाडि बढ्न सक्छ । विगतमा किम्बुको खेती राम्रो भएन भनेर बोट उखेलेर फाल्ने किसानहरु पनि हुनुहुन्छ । तर चितवनको माडीमा जानु भयो भने अन्य बालीबाटभन्दा रेशबाट केही राम्रो गर्न सकिन्छ भनेर पुराना किसानहरु पनि यस तर्पm आकर्षित भएको पाउन सक्नु हुन्छ ।
व्यवसायिक रुपमा कृषिलाई लैजानु पर्दछ भन्ने चर्चा चलिरहेको छ तर रेशम खेतीलाई व्यवसायिक गरिनु पर्दछ भन्ने कुरा त सुनिएको छैन नि ?
रेशम खेतीको यथार्थ र मर्मको कुरा गर्ने हो भने रेशमखेतीको फार्ममा कार्यरत हामी जति छौं हाम्रै फार्ममा लक्ष्य पूरा हुन नसकेको हो कि भन्ने प्रश्न पनि उठ्ने । हाम्रा कार्यालयहरुले दुई तीनवटा जिल्ला ओगट्ने, किसानहरुको र फार्मको पहुँच सजिलो नभएकोले पनि होला । तर किम्बु नर्सरी भण्डारा कै कुरा गर्ने हो भने पनि लक्ष्य अनुसारको विरुवा पुयाउन सकेको थिएनौं । जतिखेर ३ लाख विरुवाको लक्ष्य हुन्थ्यो । अहिले ५ लाख विरुवा उत्पादनको लक्ष्य भएपनि ५ लाख ५० हजार विरुवा सरकारी स्रोतबाट उत्पादन गरेका छौं भने मकवानपुर र चितवनमा रहेका रेशम पकेट क्षेत्रहरुमा निजी नर्सरी शुरु गरेर पुराना र नयाँ किसानहरु नयाँ पकेट क्षेत्र बनाउन लागिरहनु भएको छ । यसलाई अन्य बालीसँगसँगै कुन मोडालिटीमा लाने र कुन स्थान रेशम खेतीका लागि उत्तम हो भनेर पहिचान जिल्ला कृषि विकास कार्यालय मार्फत गरेर जिल्ला कृषि विकास कार्यालयको नेतृत्वदायी भूमिकामा फार्महरुसँगसँगै जान सकियो भने यसलाई व्यवसायीकरण गर्दै अगाडि लान सकिन्छ ।
अन्य कृषि उपजले नै बजारीकरण नपाईरहेको बेला रेशमखेतीले बजार पाउला त ?
एकदम सहि विषय उठान गर्नु भयो तपाईले । रेशमखेतीमा संलग्न हुनु भएको किसानहरुले उत्पादन गर्नु भएको रेशमको कोयाको बजार सुनिश्चित र सरकारले तोकेको मूल्यको व्यवस्था रहेको छ । विगत ३ बर्ष अगाडि हेर्ने हो भने रेशम कोया समयमा नै विक्री नभएर किसानहरुले भुक्तानी नपाउनु भएको भन्ने पनि थियो । हाम्रो कृषिको व्यवसायिकरणका मूल्य श्रृखलाका विभिन्न तहहरु मध्ये रेशम कोया उत्पादन गरिसकेपछि धागो कात्ने र त्यसको प्रशोधन गर्ने निजी व्यवसायहरु र उद्यमीहरुछन् । उहाँहरुले नेपाल सरकारको व्यवस्था अनुसार रेशम प्राविधिकहरुले रेशम कोयाको ग्रेडिगं गरेर उचित मूल्य कृषकहरुलाई दिने व्यवस्था छ । यसमा राम्रोलाई ३ सय ७५ रुपैयाँ प्रति केजी कृषकहरुले प्राप्त गर्नु हुन्छ भने नराम्रो कोयाको ७० रुपैया प्रतिकेजी विक्री हुन्छ । निजी स्तरबाट कृषकहरुको फार्म मै गएर बजारीकरण गर्ने गरेको छ । यसमा किसानहरुलाई प्रति केजी रु.४००देखि ५०० सम्म बनाउन सक्ने हो भने किसानहरुको आकर्षण बढ्न सक्छ । यसका निजी रेशम उद्यमीहरु भन्नु हुन्छ भने विग्रिएको रेशम कोया काट्नको लागि मेसिन तथाअन्य उपकरणहरु आवश्यक पर्दछ त्यो मेशिन खरिद गर्न सम्बन्धित निकायले केही अनुदानको व्यवस्था गर्न सक्यो भने रेशमको कोयाको मूल्य किसानहरुका लागि बढाईदिन्छौंसमेत भन्नु भएकोछ । रेशम उद्यमी र धागो व्यवसायीहरुलाई समेत सहयोग पुग्ने गरी समन्वयात्मक कार्य केन्द्रियस्तरबाट गर्न सक्यो भने रेशक कोयाको बजारीकरणगर्न मद्दत पुग्छ ।
रेशम खेती कम भएका कारण रेशमसँग सम्वन्धित उद्योगहरु नै धरापमा छन् भनिन्छ रेशम खेती बढाउन के गर्नु पर्ला ?
नेपालमा बर्षेनी २ सय ५० मेटिकटन बराबर धागोको माग चाहिँ हुने, २ अर्वभन्दा बढीको धागोको आयात भईरहेको छ । हाम्रा दुईवटा छिमेकी देशहरुले विश्व कै परिप्रेक्ष्यमा पहिलो र दोस्रो स्थानमा रेशक कोया र धागो उत्पादन गरिरहेका छन् भने हाम्रो देशमा ती देशहरुमा श्रम पनि केही सस्तो छ । र मध्यपहाडका भूभाग हेर्नेहो भने बाँझो हुने अवस्था दिनप्रतिदिन बढ्दै गईरहेका छ । यसले के देखाउँछ भने एउटा यस्तोबालीको आवश्यकता छ जसले पर्यावरण पनि जोगाउने र किसानको आयआर्जन पनि बढाउने त्यो भनेको रेशम नै हो । त्यसकारण रेशम खेती बढाउनका लागि मध्य पहाडका खेर गएका जमिनमा कृषि कार्यालय, पशु कार्यालय, बन कार्यालय, महिला विकास, पर्यावरणसँग काम गर्ने संस्थाहरु आवद्ध भएर एकीकृत रुपमा जान सकियो भने खेती बढ्ने मात्र होइन व्यवसायीकरणको रुप नै लिन सक्छ ।
यतिधेरै माग हुँदा पनि उत्पादन बृद्धि गर्न सरकारले नैचासो नदिएको हो त?
म त्यसो भन्दिन, नेपाल सरकार रेशम खेतीलाई अगाडि बढाउनु पर्दछ भन्नेमा नै छ । जुन रुपमा यसले फड्को मार्नु पर्ने हो त्यो रुपमा फड्को मार्न सकेन भन्ने कुरा यथार्थ हो । यो असफल भयो भन्ने कुरा चाहि होइन । किसानका केही प्राविधिक समस्याहरु छन् त्यसका लागि नेपाल सरकारले नेपाल कृषि अनुसन्धान परिषद् वा अन्य सम्वन्धित निकायहरु मार्फत अनुसन्धान मार्फत कार्य गर्ने हो भने २वा ३ बर्षमा नै प्रतिफल आउँछ । अहिले २ पटक भन्दा किरा पाल्न सकेका छैनौं त्यसलाई बार्षिक ४ वा ५ पटकसम्क कीरा पाल्न सकियो भने र खेर गईरहेका जग्गामा खेतीगर्न सकियो भने यसको भविष्य धेरै राम्रो छ । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, असार २, २०७१