शुक्रबार, बैशाख १४, २०८१

पशुपालनबाट नै आर्थिक उन्नति हुन्छ – डा. विष्णुप्रसाद धिताल

लामो समयदेखि नेपाल सरकारको कृषि क्षेत्रको बिकासमा कृषक तथा व्यवसायीहरुसंग Drहातेमालो गर्दै पशु चिकित्सकको रुपमा जिल्ला पशु सेवा कार्यालय, प्यूठान कार्यरत डा. बिष्णुप्रसाद धितालसँगको कुराकानीमा आधारित रहेर हेमराज बोहराले तयार पार्नु भएको साताको बोली ।
पशुपालन व्यवसायको महत्वपूर्ण भूमिकालाई ध्यान दिई कृषि तथा पशु पालन व्यवसायलाई हेर्ने सरकारी निकायको स्थापना विकास विस्तार र तिनीहरुमा हुने समयानुकुल परिवर्तनको क्रममा वि.सं. २०२१ सालमा यस जिल्ला पशु सेवा कार्यालय पशु चिकित्सालय को नामबाट स्थापना भएको पाईन्छ । कृषि विभाग अन्तरगत संचालन भएको यो कार्यालय वि.सं.२०३६ सालमा पशु विकास विभाग स्थापना भएपछि २०३७ सालमा आएर पशु विकास विभाग अन्तरगत संचालन हुन थाल्यो । वि.सं.२०३६ देखि तत्कालीन श्री ५ को सरकार तथा राप्ती एकिकृत ग्रामीेण विकास परियोजना अमेरिकी श्रोत सहयोगबाट पशु विकास तथा पशु स्वास्थ्य कार्यक्रम संचालन एवं विस्तार गर्दै आएको थियो ।
आ.ब.२०४९÷५० देखि तत्कालीन श्री ५ को सरकारको निर्णय अनुसार एक छाना प्रणाली कार्यक्रम गरी एउटै थलोबाट कृषि सेवा र पशु सेवाका सुविधाहरु कृषकलाई पु¥याउने नीति अनुरुप यस कार्यालय कृषि विकास कार्यालय अन्तरगत पशु सेवा शाखाको रुपमा रह्यो । पुनः आ.ब.२०५२÷५३ देखि कृषि विकास कार्यालयबाट अलग भई जिल्ला पशु सेवा कार्यालयको रुपमा नामाकरण भई छुट्टै कार्यालयको रुपमा स्थापना भएको थियो । हाल यसले ४ पशु सेवा केन्द्र र ७ पशु सेवा उपकेन्द्र मार्फत आप्mनो श्रोत र साधनले भ्याए सम्म जिल्लाका विभिन्न संघ संस्थाहरुसंग समन्वय गरि पशु सेवा सम्वन्धि बिबिध कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
प्यूठान जिल्लामा पशु जन्य व्यवसायको सम्भावना कत्तिको छ ?

प्यूठान जैविक विविधता भएको जिल्ला हो । यातायातको विकास भएको कारण बजारीकरणमा पनि समस्या देखिदैन । यस जिल्लामा व्यवसायिक रुपमा बाख्रा तथा कुखुरापालनको राम्रो सम्भावना देखिन्छ । घाँसको विकास गर्ने प्रचुर सम्भावना भएको कारण व्यवसायिक रुपमा गाई भैंसी पालन गरी दुध तथा दुग्ध जन्य पदार्थ उत्पादनमा बृद्घि गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ । यस जिल्लामा व्यवसायिक पशु पंक्षि गरी खसी, बोका, बाख्रा तथा दुग्धजन्य पदार्थहरु जिल्लाबाट बाहिर निर्यात गर्न सकिने भएकोले त्यसबाट कृषक तथा व्यवसायिहरुको आयआर्जनमा बृद्घि हुने भएकोले प्यूठान जिल्लालाई पशु पालनको क्षेत्रबाट आर्थिक सम्बृद्घि हासिल गर्न सम्भव हुने देखिन्छ ।

पशु पालनको क्षेत्रमा देखिएका समस्याहरुहरु बुँदागत रुपमा के के छन् ?
यस जिल्लामा परम्परागत पशुपालन कायमै रहेको र व्यवसायिकताको मानसिकतामा कमी छ भने पशु जन्य उत्पादनको बजारीकरण तथा बजार सन्जाल व्यवस्थित हुन सकिरहेको छैन ।
शिक्षित यूवा यूवतीहरु पशुपालन क्षेत्रमा संलग्न हुन नचाहानु तथा विदेश तिर पलायन हुनुले पनि समस्या उत्पन्न भईरहेको छ भने पशुपालन क्षेत्रमा लगानी कमी हनुले पनि व्यवसायिक पशुपालनमा समस्या छ । भने पशुपालन क्षेत्रमा सहकार्य गर्ने मानसिकतामा नभएकाले पनि समस्या देखिएको छ ।

किसानलाई के भन्नु हुन्छ त ?
प्यूठान जिल्लामा पशु पंक्षि पालन क्षेत्रबाट आर्थिक उन्नती गर्न सकिने प्रवल सम्भावना भएकोले व्यवसायिक रुपमा पशुपालन गरी त्यसबाट पशु जन्य उत्पादनलाई औद्योगिकरण तर्फ उन्मुख गराउने कार्यलाई प्राथमिकता दिई जिल्लाकै आर्थिक बृद्घि गर्न तर्फ सम्पूर्ण कृषक तथा व्यवसायिहरुलाई आग्रह गर्दछु ।

जिल्लामा संचालित मुख्य मुख्य कार्यक्रमहरु
• पशु सेवा प्रसार (निक्षेपित) कार्यक्रम
• सामुदायिक पशु विकास कार्यक्रम
• कवुलियती वन तथा पशु विकास कार्यक्रम
• पशु सेवा नियमन कार्यक्रम

यस कार्यलयबाट सचालन गरिने माथि उल्लेखित सवै कार्यक्रमहरु कृषक समुह÷समिति, सहकारी तथा व्यवसायीहरुको प्रत्यक्ष्य संलग्नतामा संचालन गरिदै आएको छ । संचालन गरिएका कार्यहरु निम्न अनुसार छन ःपशु आहारा तथा घांसेवाली विकास कार्यक्रम
• पशु स्वास्थ सुधार कार्यक्रम
• पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रम (कृत्रिम गर्भाधान तथा प्राकृत्रिक गर्भाधान,राँगो, साँढे, बोका, थुमा वितरण)
• तालिम तथा प्रसार कार्यक्रम
• पशु जन्यपदार्थ प्रशोधन तथा वजारीकरण(दुध, मासु, फुल, बोका, बाख्रा, कुखुरा तथा कुखुराको चल्ला)
• भेटेरिनरी निरिक्षण
• पशु पंक्षी तथ्यांक संकलन तथा विश्लेषण
• गोठ सुधार कार्यक्रम
• पशु पंक्षि फार्म सुधार कार्यक्रम
• जनचेतना अभिबृद्घि कार्यक्रम (रेडियो, पत्रपत्रिका आदि)
• अनुगमन तथा निरक्षण

जिल्लामा संचालित पकेट प्याकेज कार्यक्रमहरु
• व्यवसाय उन्मुख भैंसिपालन कार्यक्रम
• व्यवसाय उन्मुख गाईपालन कार्यक्रम
• व्यवसाय उन्मुख बाख्रापालन कार्यक्रम
• वाख्रा आय आर्जन कार्यक्रम
• वाख्रा पैंचो कार्यक्रम
• ग्रामिण कुखुरा विकास कार्यक्रम
• घांस विकास कार्यक्रम
• पशु प्रजनन् कार्यक्रम
जिल्लामा पशु पालन क्षेत्रमा भएका उपलब्धीहरु(प्रगती)
• पशु आहारामा विकास र घाँसको श्रोत केन्द्रको विकास
• व्यवसायिक गाई फार्मको शुरुवात
• दुध उत्पादनमा बृद्घि(१४२०१ मे.ट. बार्षिक)
• व्यवसायिक बाख्रा फार्मको विकास
•मासु उत्पादनमा बृद्घि(२५२८ मे.ट. बार्षिक)

• व्यवसायिक कुखुरा फार्मको विकास
• फुल उत्पादनमा बृद्घि(२५६७८०० गोटा बार्षिक)
• जन चेतनामा अभिबृद्घि
• दुध तथा मासुको बजारीकरणमा सुधार

 

प्रकाशित मिति: आइतवार, पुस २१, २०७०