शुक्रबार, बैशाख १४, २०८१

पशुपन्छी विकास मन्त्रालयमा झण्डै तोडफोड

काठमााडौं, असार । कृषि विकास मन्त्रालयको यो साता विदेश जानेको लस्कर थियो । तर त्यही भवनको माथिल्लो तल्लामा रहेको पशुपन्छी विकास मन्त्रालयमा भने विदेश जाने कोटामा आफूहरु नपरेको भन्दै माओवादी केन्द्र निकट कर्मचारी संगठनका केही व्यक्तिहरु तोडफोडमा उत्रिएका थिए ।
पशुपन्छी विकास मन्त्रालयका सहसचिवहरुको कार्यकक्षको ढोकामा लात्ताले हान्दै ‘ पुण्टे’ सचिवलाई ठिक पारिन्छ भन्दै सचिवको कार्यकक्षमा छिरेका थिए । तर सचिव भने कार्यकक्षमा दिएनन् । जो कंगाल उही चण्डाल भने जस्तै केही सिट मात्र विदेश भ्रमणका लागि भएकाले सवैलाई मिलाएर लैजाने आफ्नो प्रयास हुँदा हुँदै पनि साथीहरुले ढोकामा लात्ताले हानेको आफूले पनि सुनेको तर नदेखेको सचिव युवक ध्वज जिसीले बताए ।
पशुपन्छी विकास मन्त्रालय मातहतमा हरेको एउटा मात्र वैदेशिक आयोजना हिमाली आयोजनाले थाईल्याण्ड भ्रमणका लागि लैजाने तयारी गरिरहेको छ । दातृ निकायले १३ जना मात्र भनेको भएपनि अहिले १६जना पुगिसकेको हिमाली आयोजनाका एक उच्च अधिकारीले बताए । यसरी कोटा भन्दा बढी जाँदा नकारात्मक सन्देश जाने उनको तर्क थियो ।

प्रकाशित मिति: सोमवार, असार २६, २०७४