शुक्रबार, बैशाख २८, २०८१

गर्भनरज्यू कार्वाही गर्न सक्नु हुन्छ ? नत्र किन बोल्नु हुन्छ ?

काठमाडौं । किसानहरुलाई दिईने कृषि कर्जा सहुलियत ब्याजदरमा नदिए राष्ट्र वैकमा फोन गर्नु भन्ने गर्भनरको उर्दी गरेपनि ६ प्रतिशत व्याजमा ऋण नदिने वैंकहरुलाई गर्भनरले कार्वाही गर्न सक्छन् ? भन्ने प्रश्न यतिखे उव्जिएको छ । citizern
अन्य कर्जाबाट प्रशस्त नाफा आर्जन गर्न पल्किएका निजी वैंकहरुले किसानहरुका लागि सहुलियत ऋण दिन मान्दैनन् । जनताबाट निक्षेप गरिएको रकममा जतिसक्दो कम व्याज दर दिने र आफूले भने धेरै भन्दा धेरै व्याज असुल्न वैकहरु लागि परेका छन् ।
राष्ट्र वैंकले कृषि कर्जाका लागि तोकेको सहुलियत दरका ब्याज दिन नमान्ने वैंकहरुमध्ये सिटिजन्स वैंकको नाम पहिलो नम्वरमा आउंछ । सिटिजन्स वैकले ‘फास्ट ट्रयाक लोन’ का नाममा किसानहरुलाई १३ प्रतिशत व्याज असुल्दै आईरहेको छ ।
कृषि कर्जाका लागि नेपाल सरकारले ६ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्न निर्देशन दिएको भएपनि सिटिजन्स वैंक त्यसो गर्न मान्दैन । वैकको केन्द्रिय कार्यालयका कर्जा शाखाका प्रमुख सो विषयमा आफूहरुलाई बोल्ने अधिकार नदिएको बताउंछन् । उनलाई वैंकले हालसम्म कति रकम कृषि कर्जामा लगानी ग¥यो भन्ने प्रश्नमा आन्तरिक कुरा भन्न नमिल्ने बताउंछन् । cirnaji
कृषि कर्जाका प्रवाह गर्नका लागि आनाकानी गर्ने र गरिहाले पनि १३ प्रतिशतसम्म ब्याज असुलेको बारेमा सिटिजन्स वैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले आफूहरु कृषि कर्जाका लागि ६ प्रतिशत व्याज उपलब्ध गराउन नसक्ने भन्दै राष्ट्र वैंकका गर्भनर गएर माग्न भनेको कृषि कर्जाका लागि सो वैंकको केन्द्रिय कार्यालयमा पुगेका किसानले बताए ।
किसानहरु कर्जा लिन गएका हुन् । भिक्षा लिन गएका होइनन् । किसानहरुलाई सहुलियत व्याजदरमा कृषि कर्जा प्रवाह नगर्ने र गर्भनर कहां गएर माग भन्ने वैकका प्रमुख कार्यकारी अधिकृतलाई गर्भनर डा. चिरञ्जिवी नेपालले राष्ट्र वैंकको निर्देशन अटेर गरेको नाममा एउटा स्पष्टिकरण पत्र पठाउन सक्छन् ?
यदि त्यत्ति पनि गर्न नसक्ने हो भने गर्भनरज्यू फतपताउन छोडिदिनुस् । कृषि कर्जाका लागि सरकारी वैंक जानु भन्ने अर्को उर्दि जारी नगर्नुस् ।

प्रकाशित मिति: मङ्लबार, माघ १२, २०७२