माटो विना यसरी गर्ने हो तरकारी खेती

May 9 • जानकारी

माटो विनाको खेती प्रविधि के हो
सामान्यतया माटो वाहेकको अन्य मिडिया ( रक उल, पर्लाइट, कोकोपिट, धानको भुस, वालुवा,ग्राभेल आदि) मा विरुवालाई आबश्यक घुलनशिल खाद्य पर्दाथ प्रदान गरी गरिने खेती प्रणालीलाई माटो विनाको खेती भनिन्छ । यस प्रणाली विश्वका विकसित देशहरुमा धेरै समयवाट प्रचलित भएतापनि नेपालमा समेत केही समय यता वाट यस प्रविधिवारे नीजि कम्पनीवाट प्रचार प्रसार भएको पाईन्छ ।arun बेलायती फिजिसियन जोन उडवा र्ड (१६९९)लाई पानीमा खेती गरिने प्रविधिको पहिलो अनुसन्धानकर्ताको लिने गरिएको छ तापनि उनि भन्दा अगाडि रोवर्ट वोयलले समेत यस संबन्धि अनुसन्धान गरेका थिए । हाल आएर विशुद्ध पानीमा विरुवालाई आबश्यक खाद्यतत्व र हावाको ब्यवस्था लगायत छिटै नकुहिने विभिन्न मिडियाहरुको प्रयोग गरेर माटो विनाको खेती हुदै आएता पनि नेपाल जस्तो देशमा कृषकहरुले सजिलै अबलम्वन गर्न सक्ने सस्तो एवं दीगो प्रविधिको विकासका लागि गर्न थप अध्ययन तथा अनुसन्धान जरुरी देखिन्छ ।
खेतीका प्रचलित विधिहरु
प्रयोग गरिने मिडिया तथा विधिका आधारमा माटो विनाको खेती प्रविधिलाई समेत बर्गीकरण गरिएको पाइन्छ । सामान्यतया विश्वमा निम्न लिखित विधिहरु प्रचलनमा रहेको पाइन्छ ः
१.पानीको प्रयोगवाट गरीने खेती (hydroponics cultivation)
१.१ खाद्य पर्दाथको घोलमा खेती (Static solution culture)
यस विधिमा विरुवालाई खाद्य पर्दाथको घोल भएको भाडाहरु (प्लाष्टिकको वाल्टी, जार आदिमा)मा खेती गरिन्छ  । विरुवाको जरामा हावाको ब्यवस्था वाह्य रुपवाट नगन्य मात्रामा गरिन्छ वा गरिदैन । यदि यसमा एरेटरवाट खाद्य पर्दाथको घोलमा हावाको ब्यवस्था HIनगर्ने हो भने खाद्य पर्दाथको घोल भन्दा माथिवाट जराको विकास हुने ब्यबस्था गर्न जरुरी हुनाको साथै पारदर्शी भाडामा खेती गरिएको हो भने सिधा सूर्यको प्रकाश पर्न नदिने ब्यवस्था गर्न जरुरी हुन्छ । यसमा खाद्य पर्दाथको मात्रा विरुवाको आबश्यकता अनुसार प्रयोग गर्न प्रयोग गरिएको घोलको लबणहरुको मात्रा (electrical conductivity)  जा“च गर्न जरुरी हुन्छ । यो विधि थोरै मात्रामा कन्टेनरमा तरकारीको खेतीको लागि मात्र उपयुक्त हुन्छ ।
१.२ खाद्य पर्दाथको निरन्तर आवत जावत गर्ने प्रणाली (Nutrient flow techniques)
यसमा खाद्य तत्वको मात्रा एकनाशले विरुवाको जरामा प्रदान गरिन्छ । खाद्य पर्दाथ सजिलै रुपमा विरुवामा जान आबश्यक स्लोपको ब्यबस्था गरिएको हुन्छ । साथै यसमा विरुवालाई आबश्यक खाद्यतत्वको मात्रा नियन्त्रित रुपमा प्रदान गरिन्छ तथा विरुवाको बृद्धि विकासको अबस्था अनुसार आबश्यक लवणहरुको अबस्था electrical conductivity)  विचार गरि electrical conductivity  घटाउने वढाउने गर्नाको साथै प्रयोग भएर वढी भएको घोल पुन प्रयोग गर्ने प्रणाली विकास गरिएको हुन्छ । उदाहारणको लागि यस प्रणालीमा गोलभेडाको खेती गर्ने हो भने विरुवा बृद्दि विकासको शुरुको अबस्थामा १ कायम गरी उत्पादनशिल अबस्थामा १.२५ सम्म पुर्याईन्छ । यो विश्वका धेरै देशले अबलम्वन गरेका सवभन्दा उत्पादनशिल प्रविधि भएतापनि खर्चिलो प्रविधिको रुपमा चिनिन्छ ।HIII
१.३ माछामा आधारित पद्दति (Aquaponics)
यस पद्दति नयाँ एवं पूर्ण प्रांगारिक पद्दति हो । यसमा माछालाई आबश्यक दाना वाहेक अन्य पर्दाथ प्रयोग हुदैन र पानीमा घुलेको माछाको दिसा र पिसाव युक्त पानी विरुवालाई खाद्यतत्वको रुपमा प्रयोग गरिन्छ । यस पद्दतिमा सागपातको खेती गर्न उपयुक्त भएतापनि विरुवालाई आबश्यक सवै खाद्यतत्वको उपयुक्त मात्राको अभावमा अन्य पद्दति भन्दा उत्पादन ढिला हुन्छ । यस प्रणाली वाट ललितपुर जिल्लाको गोदावरीमा विल आसवेल भन्ने विदेशी नागरिकले सागपात लगायतका तरकारीको खेती गर्दे आउनु भएको छ ।
२.हावा र घुलनशिल खाद्यपर्दाथवाट खेती (aeroponics)
यस प्रणलीमा विरुवालाई आबश्यकता अनुसार खाद्यपर्दाथ युक्त घोललाई विरुवाको जरामा मेसिनको सहायतावाट वाफको रुपमा प्रदान गरिन्छ  । यस प्रविधि आलु वीउ उत्पादन तथा सागपात खेतीमा उपयुक्त हुन्छ । यस प्रविधिमा खाद्य तत्वलाई वाफको रुपमा प्रयोग गर्न अन्य प्रविधि भन्दा वढी खर्च लाग्दछ ।
३. अन्य मिडियाहरुको प्रयोगवाट गरिने खेती
यस प्रविधि अन्र्तगत छिटै नकुहिने विभिन्न मिडियाहरु जस्तै कोकोपिट, धानको भुस, पर्लाइट, वालुवा, ग्राभेल, काठको धुलो, भर्मिकुलाइट, रक उल, इटाका टुक्रा लगायतका मिडियामा पानीमा घुलनशिल खाद्यपर्दाथ प्रयोग गरि खेती गरिन्छ ।
कस्तो मिडिया र प्रविधिको छनौट गर्न जरुरी हुन्छ
यस प्रकारको प्रविधिमा नेपालमा अध्ययन एवं अनुसन्धानका कार्यहरु नभएतापनि हाल आएर केही नीजि कम्पनी तथा ब्यक्तिहरुको प्रयासमा यस प्रविधिको प्रचार प्रसार नेपालमा भएको पाइन्छ । यस प्रविधि संग संबन्धित सामाग्रीहरु तथा आबश्यक खाद्यतत्वको सहज उपलब्धता तथा लामो समय सम्म एवं दीगो प्रयोग, खेती गर्न सकिने वालीहरु, तिनिहरुको लागि आबश्यक संरचना तथा पि. एच, electrical conductivity, विरुवा हुर्कने वातावरण, ती वालीहरुमा देखा पर्ने रोग कीरा लगायतका समस्या तथा समाधानका तरिकाहरु, खेती खर्च तथा उत्पादन , उत्पादनको गुणस्तर , परिमाण (प्रति इकाई उत्पादन) एवं संभावित उपभोक्ताहरु आदि जस्ता कुराहरुमा खेती गर्न इच्छुक कृषक तथा प्रबद्र्धकहरुले वेलैमा ध्यान पुर्याउन जरुरी देखिन्छ ।
नेपालमा के भइरहेको छ ः
माटो विनाको खेतीको लागि सर्वप्रथम नेपालमा आलुवाली अनुसन्धान कार्यक्रमले वीउ आलु उत्पादनमा अनुसन्धान गरि प्रविधि विकास गरेतापनि सो प्रविधिको कृषक स्तरमा अबलम्वन खासै हुन नसकेको पाइन्छ । हाल मेरो जानकारीमा आए अनुसार माछामा आधारित खेतीको अबलम्वन गोदावरीमा र माटो विनाको खेती प्रविधि प्रर्दशन हाइडूोपोनिक्स नेपाल, एग्री इन्जिनियरिङ्गका विद्र्याथीहरुले गरेको जानकारीमा आएतापनि यसमा लागत कति लाग्दछ, नेपालको बर्तमान परिप्रेक्ष्यमा उपयुक्त सामाग्री तथा खाद्य तत्वहरु कुन हो र उत्पादन कस्तो आयो भन्ने विषयमा आधिकारिक तथा प्रमाणित तथ्यांक उपलब्ध भइनसकेको अबस्था छ । तसर्थ विश्वमा माटो विनाको खेती प्रविधि स्वस्थ तरकारी उत्पादनमा परिमाणात्मक एवं गुणात्मक रुपमा सफल प्रविधिको रुपमा स्थापना भएतापनि नेपालको सन्र्दभमा थप अध्ययन एवं अनुसन्धान गरी प्राप्त नतिजा अनुसार अगाडि वढ्न जरुरी देखिन्छ । -अरुण काफ्ले 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »