दूधमा युरीया मिसाउनुपर्ने आवश्यकता छैन :न्यौपाने

ईश्वरीराज न्यौपाने
निमित्त महाप्रवन्धक
दुग्ध विकास संस्थान

अहिले दूग्ध विकास संस्थानले उत्पादन गरेको दूधमा सोडा मिसिएको छ भन्ने चर्चा सार्वजनिक भईरहेको छन् नि के हो ?
अहिले दूधमा सोडा मिसिएको भन्ने जुन कुरा छ त्यो होइन । दुग्ध विकास संस्थानले दूध संकलन गर्ने पद्धति अनुसार ग्रामीण क्षेत्रमा रहेका संगठित दूध उत्पादक संस्थाहरुमा दूधको परीक्षण गरी दूध संकलन गर्छौ । त्यसपछि सहकारी संस्थाबाट परीक्षण भएर आएको दूध चिलिङ सेन्टरमा प्राप्त हुन्छ र चिलिङ सेन्टरमा रहेको प्रयोगशालामा दक्ष प्राविधिकबाट सबै कुरा परीक्षण गरेर मात्र लिने गर्दछौं । त्यहाँ परीक्षण गर्दा नेपाल सरकारको मापदण्ड विपरितको दूध भेटेमा हामी संकलन केन्द्रबाट नै दूधलाई फिर्ता गछौ । यसरी परीक्षण गरेर प्राप्त भएको दूध उडमिल टेङ्कर मार्फत हाम्रो कारखानामा प्राप्त हुन्छ । कारखानामा ल्याईसकेपछि त्यसलाई फेरी गुणस्तर परीक्षण गछौ र मात्र बजारमा पठाउने गरेका कारण दूधमा सोडा मिसिएको छैन र होइन भन्नेमा हामी ढुक्क हुन आग्रह गर्दछौं ।
० हावा नलागी पात हल्लिदैन नि मन्त्रीले नै त्यही कुरा गरेका छन् ?
सोडा भनेको एउटा संकेत परीक्षण मात्र हो । यसको मात्रा कति छ भनेर देखाउँदैन । अन्य डेरीले भन्दा हामीले परीक्षण गर्ने अनुगनका क्रममा जसरी सोडा मिसिएको भन्ने कुरा आएको छ त्यसमा हामीले संयोजन गरीरहेका छौं । ५० वर्षको इतिहास वोकेको दुग्ध विकासले गुणस्तरहीन दूध विक्री गर्दछ भन्ने कुरा नै गलत हो । होला केही कमी कमजोरी हुन सक्ला तर हामीले नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको दूध उपलब्धता गराउँदै आईरहेको छौं र गराउँछौ यसमा हामी प्रतिवद्धता जनाउँछौं ।
० दूधमा युरिया देखियो भन्ने कुरा चाहि के हो त ?
यो मलाई पनि जानकारी छैन । अहिले समग्रमा हाम्रो लाईनमा त्यस्तो युरीया हामीले कही पनि देखेको छैन । हाम्रो काठमाडौं दुग्ध विकास आयोजनाको बालाजुमा रहेको ल्याबमा अहिले आधुनिक किसिमको मेसिन डेनमार्कबाट ल्याएको छ त्यसले यी सबै कुराहरु देखाउछ त्यसले युरीया पनि देखाउछ । र किसानहरुले युरीया मिसाउनुपर्ने कुनै आवश्यकता छैन र मिसाउछन् भन्ने कुरामा म विश्वस्त पनि छैन र अहिलेसम्म हामीले पनि युरीया भेटेको छैनौ ।
० अहिले बजारमा आएका चर्चा दुग्ध विकास संस्थानले भन्दा बढी दूध निजी डेरीले आपूर्ति गर्दै आईरहको छ त्यसकारण संस्थान र निजी डेरी क्षेत्रको प्रतिष्पर्धाका कारण आएको हो भन्ने पनि एकथरीको बुझाई छ नि ?
उत्पादनको ५० प्रतिशत अहिले घरघरमा उपभोग गरेको अवस्था छ भने त्यसको ३३ प्रतिशत दूध साना डेरीहरु जुन अनुगमनको निकायभित्र छैनन् तिनीहरुले उत्पादन गरेर विक्रि गरेको देखिन्छ । १७ प्रतिशत दूध मात्रै औपचारिक क्षेत्रमा आएको छ । त्यसमा दुग्ध विकास संस्थान र अन्य संगठित उद्योगहरुले मात्रै जिम्मेवारी वोेकेको देखिन्छ । यस मध्ये पनि संस्थानले ४० प्रतिशत ओगटेको छ । कतै अहिले मिडियामा ३० प्रतिशत भन्ने पनि छ । हिजो हामी एक्लै भए जस्तो अवस्था छैन । प्रतिष्पर्धा गरेरै जानु पर्ने अवस्था छ । अहिले दुग्ध पदार्थको उत्पादनमा देश भित्रमा निजी संस्थाहरु मात्र होइन मल्टिनेशनल कम्पनीहरुसँग पनि हामीले प्रतिस्पर्धा गरेर अगाडि बढी रहेको अवस्था छ । त्यसैले अब हामीले एउटा मात्र क्षेत्रलाई हेरेर अगाडि बढ्ने अवस्था नभएकाले प्रतिष्पर्धा त हुनु स्वभाविकै पनि होला तर एकले अर्कालाई विवादमा ल्याएर प्रतिपष्र्धा गर्नु भन्दा पनि उत्पादनमा गुणस्तर बढाएर प्रतिष्पर्धा गर्नु आवश्यक छ भन्ने हो ।
० अहिले बजारमा दूधको माग कति छ र आपूर्ति कति भईरहेको छ त ?
अहिलेको अवस्थामा दूधको आपूर्ति आवश्यकता अनुसार काठमाडौंमा मागको आधारमा ४ लाख ५ लाख दुधको व्यापार हुन्छ भन्ने छ । अब असङ्गठित दूध उद्योगहरुको ३३ प्रतिशत हिस्सा ओगटेको पनि भन्न गरिन्छ । त्यसैले संगठित उद्योगहरुले दिनको झन्डैझन्डै ४ देखि ५ लाख लिटर दूध बजारमा पठाएको अवस्था हो । तर अहिले सुख्खा सिजन भएर पनि किसानहरुबाट प्रशस्त मात्रामा दुध संकलन भएको अवस्था छ । दूग्ध विकास संस्थानले अहिलेको सुख्खा सिजनका लागि भनेर राखेको एसएमपी छ धुलो दूधहरु समेत प्रयोग गर्नु परेको अवस्था छैन । त्यसैले दूधको संकलन बृद्धि भईरहेको छ । सुख्ख सिजमा समेत दूधको संलकन राम्रो हुनुलाई फलदायी मान्नु एकातिर छ भने दूधको बृद्धि कसरी भईरहेको छ भन्ने कुरालाई अध्ययन गर्नु पर्ने आवश्यकत देखिएको छ ।
०सुख्खा सिजनमा नै दूध संकलन राम्रो भएको छ भने अब दूधको उत्पादन बृद्धि हुने समय पनि आयो, मिल्क होलिडे देखिने समस्या फेरी हुने हो त ?
मलाई त्यस्तो लाग्दैन, हामी अझै पनि दूध उत्पादनमा आत्मनिर्भरत तर्फ उन्मूख भईरहेका छौ । एफएओले ९१ लिटर दूध प्रतिवर्ष भन्ने छ हाम्रो लेवल अहिले पनि ७०—७१ लिटर प्रतिवर्ष छ त्यसकारण हाम्रो अझै २० लिटर हाराहारीमा हाम्रो उत्पादन कमी छ त्यसकारणले हामीले कम्तीमा न्यूनतम दूधको मापदण्ड ९१ लिटर प्रतिवर्ष पु¥याउन केही वर्ष सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । अहिले दूध उत्पादन बढेर मिल्क होलिडे आउन सक्ने भन्ने अवस्था होला भन्न सकिदैन हामीले मात्रै अहिले आयात भईरहेको त्यसले हाम्रो बजारलाई खुम्चाएको अवस्था छ त्यसैले त्यो आयातलाई कसरी रोक्ने र हाम्रा उत्पादनलाई कसरी अगाडि बढाउने भन्ने हिसाबमा डेरी उद्योग,नेपाल सरकार हामी सबै लाग्यौ भने मिल्क होलिडेको अवस्थालाई समाप्त न्यूनिकरण गर्न सकिन्छ ।
० किसानहरुले बेला बेलामा दूध सडकमा फाल्ने काम गर्छन् नी त्यो चै के हो ?
यो विगतका वर्षहरुमा यस्तो अवस्था थियो तर अहिले दूग्ध विकास संस्थानले पनि धुलो दूध बनाउने कारखाना विराटनगरमा सञ्चालन गरिरहेको छ । पोखरामा पनि प्लान्ट छ । त्यस्तै चितवनमा केही वर्ष अगाडिदेखि नै धूलो दूध बनाउने कारखाना सञ्चालनमा रहेको छ । दिनको डेढ लाख लिटर दूध कन्र्भसन गर्न सकिने पाउडर प्लान्टहरु छ यो पाउडर प्लान्टहरुको सहि सदुपयोगले गर्ने सक्यो भने हामीलाई अन्य पाउडर प्लान्टहरुको आवश्यकता पनि छैन र मिल्क होलिडे हुने तथा किसानहरुले सडकमा दूध फाल्नु पर्ने अवस्था पनि रहदैन । तर यसको लागि हामीले हाम्रो उपभोग बृद्धि गर्नु पर्छ । अर्को कुरा छिमेकबाट भईरहेको आयातलाई सम्वन्धित निकायबाट नियमन गरेर आन्तरिक उत्पादनलाई नै प्राथमिकता दिएर विक्री गर्न सक्ने वातवरण बनाउनु पर्दछ । –वैकुण्ठ भण्डारी

पछिल्ला खबरहरू