नेपालको कृषि क्षेत्रको विकासका लागि कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचले क्योङ्गपुक नेशनल विश्वविद्यालयका प्राध्यापक Hwaseok Hwang को नेतृत्वको टोलीले एकसाता नेपालको कृषि क्षेत्रको अवलोकन गरे । स्मार्ट कृषिको अभ्यास गरिरहेको तरकारी विकास केन्द्र खुमलटारको पनि अवलोकन गरे । त्यहाँका फार्म प्रमुख अरुण काफ्लले स्मार्ट कृषि नेपालमा आफूले प्रयोग गरिरहेका जानकारी सहित कार्यपत्र नै प्रस्तुत गरे ।
नेपालमा स्मार्ट कृषिका लागि कोरियन प्रविधि भित्र्याउनका लागि पहल गरिरहेका रहेछन् कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसीले । जिसीले क्योङ्गपुक नेशनल विश्वविद्यालयबाट स्नाकोत्तर तह अध्ययन गरि फर्केको र सो विश्वविद्यालयका उत्कृष्ट विद्यार्थी भएकै कारण उनकै योजनामा विश्वविद्यालयका प्राध्यापकका टोली नेपाल भ्रमणमा आए र फर्के । कोरिया फर्कनु अघि प्राध्यापक ह्वाङ्गसँग वैकुण्ठ भण्डारीले गरेको कुराकानी अंश ।
० कोइका–केएनयु स्नाकोत्तर तहको कार्यक्रमलाई कसरी लिने ?
यो कार्यक्रमका माध्यमबाट नेपालका अरुण जिसी, लेखराज ढकाल र डोल राज पाण्डेले धेरै राम्रो गर्नु भएको छ । उनीहरुले त्यहाँ अध्ययन गरेका कुराहरुलाई नेपालमा प्रयोग ल्याएका छन् । त्यसका अध्ययन गरेर फर्केका व्यक्ति जसले नेपालमा आफूले कोरियामा अध्ययन गरेको कुरालाई प्रयोग गरिरहुन भएको छ । उहाँहरु धन्यवादको पात्र हुनुहुन्छ । यसका लागि नेपाल सरकारले जसरी सहयोग गरिरहेको छ त्यसका लागि म धेरै धेरै खुशी व्यक्त गर्न चाहन्छु । नेपालको कृषि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण छ । त्यसैले पनि यस्ता कार्यक्रमले नेपाल र कोरियावीचको सम्वन्धलाई प्रगाढ बनाउने मात्र होइन । त्यहाँ अध्ययन गरेर फर्केका विद्यार्थीहरुको माध्यमबाट कृषि क्षेत्रको विकास र प्रविधिलाई समेत नेपालमा प्रयोगमा ल्याउन सकिन्छ । जसका कारण कृषि उत्पाकत्व बृद्धि गर्ने मात्र होइन । अहिले जसरी लागत मूल्य बढी छ त्यसको तुलनामा उत्पादन लागत मूल्य घटाउन प्रविधिको माध्यमबाट सहज पनि हुने छ ।
० कोरियाबाट नेपालसम्म आएर तपाईहरुले कार्यशाला सम्पन्न गर्नु भएको छ किन ?
यो कार्यक्रम भनेको कृषिमा अध्ययन गर्नेहरुका लागि एउटा माध्यम पनि हो । अहिलेसम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेका कारणले कोइका र क्युङ्गपुक नेशनल विश्वविद्यालयबाट सञ्चालन भएको यो स्नाकोत्तर तहको छात्रबृद्धि कार्यक्रम सफल भएको छ । यसले नेपालको कृषि क्षेत्र विकास गर्नका लागि निकै महत्वपूर्ण हुन्छ भन्ने हामीले सोचेका छौं ।
० तपाईहरुको नेपालका लागि भावी योजना के छ त ?
यसका लागि कोरियामा स्नाकोत्तर सकाएर आएर अरुण जिसीले महत्वपूर्ण छ । यदि उहाँले अध्ययन गरेर आएका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न सक्नु भयो भने हामीले यस्ता धेरै कार्यक्रमहरु ल्याउने छौैं । विशेष गरी स्मार्ट कृषिका कार्यक्रमका लागि नेपालमा कोइकाले सहयोग गर्ने छ । हुन त अहिले नेपालका खुमलटारमा स्मार्ट कृषिको अभ्यास भएको हामीले देख्यौं । त्यसलाई अझ विस्तृत रुपमा विकास गर्नका लागि हामीले कार्यशाला, तालिम कार्यक्रमहरु राखेर सहयोग गर्न सक्छौं ।
Add Comment