काठमाडौं, भाद्र । कृषि विकास मन्त्रालय मातहतमा रहेको चिया तथा कफी विकास बोर्डमा भएको कर्मचारी नियुक्ति, चिया व्यवसायीलाई उपलब्ध गराइएको अनुदान लगायत विभिन्न खाले अनियमितता छानविन गर्ने कार्यमा अख्तियार चुकेको बताइएको छ । विगतका बर्षहरुदेखि नै भद्रगोल रुपमा चल्दै आएको सो बोर्डमा तात्कालिन कृषि विकास मन्त्री हरिप्रसाद गजुरेलले नियुक्ति गरेका शेषकान्त गौतमका वोर्डमा अनियमितता बढ्दै गईरहेको कृषि विकास मन्त्रालय श्रोतले दावी गरेको छ । त्यहां भित्र भएको अनियमतता, अपारदर्शिता र मौलाउंदै गईरहेको भ्रष्टाचार रोक्ने आधिकारिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले गर्ने काम वोर्डको माउ मन्त्रालय कृषि विकास मन्त्रालयलाई नै जिम्मा दिएपछि अख्तियारमाथिको विश्वासमाथि नै प्रश्न चिन्ह उठाउन थालेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वोर्ड भित्र भएको भ्रष्टाचार, कर्मचारी नियुक्ति विवादको सत्य तथ्य छानविन गरी पेश गर्न कृषि विकास मन्त्रालयलाई पत्र पठाएपछि अख्तियार नै चुकेको हो कि भन्ने शंका व्यक्त गर्न थालिएको छ । कृषि विकास मन्त्रालयले आफू मातहत रहेको बोर्डमा अनियमितता वा भ्रष्टाचार भएका छ भन्दै अख्तियारमा पठाउला ? कार्यालय भित्र भएको अनियमिततालाई गोप्य रुपमा छानविन गरी कार्वाही गर्ने काम ान्त्रालयको हो कि अख्तियारको ? कृषि विकास मन्त्रालयले गरेको छानविन सत्यतथ्य होला ? हुन न कृषि विकास मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनलार्य अक्षरस पालना गर्दै वोर्डमा भएको अनियमितताको छानविन गर्नका लागि फरक फरक विषयमा दुईवटा छानविन समिति गठन गरी प्रक्रिया अगाडि बढाएको भएपनि यो छानविन दूधको साक्षी विरालो नहोला भन्न सकिंदैन । यस तर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेक्का राख्नु जरुरी छ ।
Add Comment