शुक्रबार, जेष्ठ ४, २०८१

हमासले गरेको आक्रमणमा परि १० नेपाली विद्यार्थीको इजरायलमा निधन

काठमाडौं । इजरायलका विरुद्ध हमासले गरेको बमबारी सहितको हमलामा परि १० नेपालीको निधन भएको छ । पढ्दै कमाउँदै अर्थात लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत भर्खरै मात्र कृषि तथा बन विश्वविद्यालय सुदुरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीहरु इजरायल पुगेका थिए । विगतमा पनि इजरायल सरकारको पहलमा साना किसान बैंक मार्फत विद्यार्थीहरु जाने गरेको थिए । अहिले भने साना किसान लघुवित्तबाट विद्यार्थी लान छाडिएको थियो ।

साविकको साना किसान बैकबाट प्रशिक्षार्थीका रुपमा कृषि प्रशिक्षणका लागि लैजाने गरेको भएपनि पछिल्लो समय नेपालमा कृषि अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नै प्रयोगात्मक प्रशिक्षण सहित आयआर्जनका लागि समेत टेवा पुग्ने गरी इजरालय लगिएको थियो ।

केही महिना अघि मात्र इजरायल पुगेर किबुज स्थिति नेपालीहरु कार्यरुत रहेको सामुदायिक कृषि फार्ममा प्यालेष्टिाइनी विद्रोही समूह हमासको आक्रमणमा परि १० जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यसैगरी ४ जनाको अस्पतालमा उपचार भईरहेको २ जना सुरक्षित रहेको र १ जना सम्पर्क बाहिर रहेको खुल्न आएको छ ।

सार्वजनिक विवरण अनुसार निधन हुनेहरुमा घोडाघोडी कैलालीका नारायण प्रसाद न्यौपाने, बझाङ्गका गणेश कुमार नेपाली, कैलालीका आशिश चौधरी, दार्चुलाका दिपेश राज विष्ट, धनुषाका आनन्द साह, सुनसरीका राजेश कुमार स्वर्णकार, डोटीका राजन फुलारा, डोटी पदम थापा, सल्यान प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेको जनाइएको छ ।

प्रकाशित मिति: आइतवार, अशोज २१, २०८०