शुक्रबार, जेष्ठ ४, २०८१

पशु चिकित्सा ऐन संशोधनका लागि माग

काठमाडौं, साउन । पशु चिकित्सा परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक व्यवस्थापिक संसदको कृषि तथा जलश्रोत समितिबाट फिर्ता भएपछि त्यसलाई पुर्न विचार गर्न पशुपन्छी विकास मन्त्री शन्तराम थारु चौधरी समक्ष नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसनले माग गरेका छन् ।
नवनियुक्ति पशुपन्छि विकास मन्त्री चौधरीलाई शुभकामना दिन पुगेको सो संस्थाका प्रतिनिधिहरुले मन्त्री चौधरीलाई विधेयक संशोधन हुन नदिने केही गिरोह लागेको भन्दै त्यसलाई पुर्न संशोधनका लागि लैजान आग्रह समेत गरेका छन् । तात्कालिन पशुपन्छी विकास मन्त्री पुष्पकमल दाहालले समेत सो ऐन संशोधान गर्न भनिरहेकै अवस्थामा विधेयक फिर्ता आएको उनले बताए ।

प्रकाशित मिति: बिहिबार, साउन १२, २०७४