आइतवार, जेष्ठ ६, २०८१

बन्द किसान कल सेण्टरमा पुगे कृषि मन्त्री

काठमाडौं, मंसिर । कृषि विकास मन्त्री गौरीशंकर चौधरी सोमबार दिउंसो कृषि सूचना तथा सञ्चार केन्द्रमा सञ्चालन भईरहेको किसान कल सेण्टरको आकस्मिक अनुगमनमा पुगेका छन् । विभागको आयोजित समिक्षा गोष्ठिमा प्रमुख अतिथि बन्न पुगेका मन्त्री चौधरी किसानकल सेण्टर हेर्न उत्सुक भएपछि कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसीले किसान कल सेण्टर रहेको कार्यकक्षमा पु¥याएका थिए । मन्त्री पुग्दा कृषि सूचना सञ्चार केन्द्रका अधिकांश कर्मचारी कार्यालयमा थिएनन् । कल सेण्टर भने बन्द थियो । kisan
कृषि कल सेण्टर बन्द देखेपछि कृषि मन्त्री चौधरीले कल सेण्टरमा एक जना कर्मचारीलाई अनिवार्य काममा खटाउन कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुखलाई निर्देशन समेत दिएका थिए । मन्त्रीको निर्देशन पनि केन्द्रका प्रमुख मिनप्रसाद बुढाथोकीले तोकिएको दिनमा मात्र कर्मचारी बस्ने बताएका थिए । तर मन्त्रीले हरेक दिन किसानहरु फोन आउन सक्ने भएकाले त्यसका लागि पनि कर्मचारी अनिवार्य राख्ने मन्त्री चौधरीले निर्देशन दिएका थिए ।

प्रकाशित मिति: सोमवार, मंसिर २७, २०७३