आइतवार, जेष्ठ ६, २०८१

रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच विवाद

Krishi Weekly Logoचन्द्रौटा  ६ असोज । सरकारले दिने रु दुई करोड ५० लाख अनुदान रकम जिल्लाका उखु किसानले पाउन सकेका छैनन् । गत वर्ष जिल्लाको जवभारीस्थित महालक्ष्मी सुगर्स प्रालि र किसानबीच विवाद हुँदा सरकारले किसानलाई सो रकम अनुदान स्वरुप दिने निर्णय गरेको थियो । सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच विवाद भएको थियो । सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ४६१ दिने निर्णय गरेको थियो । जिल्लामा मिल सञ्चालकले प्रति क्विन्टल रु ४३६ मात्र दिएका थिए । बाँकी रु २५ सरकारले दिने सम्भmौता भएको हो ।
किसानलाई एक वर्ष बित्दासमेत सरकारले रकम उपलब्ध गराएको छैन । किसान सङ्घका जिल्ला अध्यक्ष अनुपकुमार चौधरीले
पाँच हजार किसानले अनुदान रकम नपाएको बताए । पटक पटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दा समेत कुनै सुनवाइ भएको छैन । कृषि मन्त्रालयमा धाउँदा समेत कहिले अर्थ मन्त्रालयबाट रकम निकासा नभएको त कहिले मिल मालिकले कागजपत्र नपठाएको भन्दै दुःख दिने काम मात्र भएको पीडित किसान रामकिशोर चौधरीले बताए । किसानको १०० देखि पाँच हजार क्विन्टल उखुको अनुदान रकम पाएका छैनन् ।

प्रकाशित मिति: बिहिबार, अशोज ६, २०७३