आइतवार, जेष्ठ ६, २०८१

तरकारी बजार अनुगमन गर्दा मिचिएको जग्गा देखेनन् मन्त्रीले

काठमाडौं, असार । काठमाडौं उपत्यकाको तरकारीका विक्री वितरणका लागि प्रमुख बजारका रुपमा रहेको कालिमाटी तरकारी तथा फल विकास समिति कालिमाटीमा अनुगमन गर्न गएका आपूर्ति मन्त्री गणेशमान पुन कालिमाटी तरकारी बजारको व्यवस्थापन गर्नका निर्देशन दिएका छन् । बजार अनुगमन गर्न पुगेका मन्त्री पुनले बजार अव्यवस्थित भएकोले तत्काल ध्यान दिन आग्रह पनि गरे ।

sflndf6Ll:yt t/sf/L afhf/df /x]sf] df5f k;nsf] cg'udg ug'{x'Fb} cfk'lt{ dGqL u0f]zdfg k'gnufot . tl:a/ M zld{nf kf7s, /f;;

कालिमाटी तरकारी बजारभित्र विक्रीका लागि राखिएका तरकारी लगायतका कृषि उपजको स्वस्थताका बारेमा चासो लिदै बजारको अनुगमनमा पुगेका आपूर्ति मन्त्री गणेशमान पुनले कालिटमाटी तरकारी बजार भित्रको पेटी मिचिएर बजार राखेकोभने देखेनन् वा देखाईएन । कालीमाटी तरकारी बजारभित्रका जग्गा मिचेर अवैधानिक रुपमा पसल कवलहरुको बारेमा भने उनले चासो लिएनन् । कालिमाटी तरकारीमा बजारमा सडकको पेटी नै कब्जा राखिएका पसल कवल हटाउन पनि निर्देशन दिन सकेको भए हुन्थ्यो कि ?

प्रकाशित मिति: बुधबार, असार २२, २०७३