आइतवार, जेष्ठ ६, २०८१

सचिव-सहसचिव विदेश मन्त्रालय रित्तै

काठमाडौं, जेठ । यतिखेर कृषि विकास मन्त्रालयमा कोही उच्च अधिकारीहरु खोज्ने हो भने पाउन मुश्किल छ । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईदेखि मन्त्रालयमा रहेका अन्य पाँचैजना चारजना सहसचिव समेत मन्त्रालय रित्तो बनाई विदेश शयरमा निस्किएका छन् । अन्तर्राष्ट्रिय धान अनुन्धान इन्ष्टिच्यूटको निमन्त्रणा भन्दै मन्त्रालय नै रित्तो पारी सहसचिव र सचिव लगायतका सात जनाको टोली आईतबार फिलिपिन्स लागेका हुन् । ministry-of-agriculture
फिलिपिन्स जाने टोलीमा मन्त्रालयका सचिव भट्टराई सहित सहसचिवहरु योगेन्द्रकुमार कार्की, डा. सुरोज पोख्रेल, नार्कका कार्यकारी निर्देशक डा.यमराज पाण्डे, कृषि विभागका महानिर्देशक डा. युवकध्वज जि.सी, जिल्ला कृषि विकास कार्यालय जुम्लामा कार्यलय प्रमुख भए पनि कृषि विकास मन्त्रीका निजी सचिवालयमा काजमा बसिरहेका भरत कंडेल पनि फिलिपिन्स पुगेका छन् ।
कृषि विकास मन्त्रालयमा सचिव एवं सहसचिव नहुदा मन्त्रालयका काम काज पूर्ण रुपमा ठप्प जस्तै भएका छन् । निमित्त सचिवको जिम्मेवारी पाउंदै आएका सहसचिव ईश्वर प्रसाद रिजाले घर विदामा बसको छन् भने अर्का सहसचिव लेखनाथ आचार्य पनि भारतको भ्रमण सकेर सोमबार मात्र कार्यालय पुग्ने बताइएको छ ।
मन्त्रालयमा सचिव एवं सहसचिवहरु नभएपनि मन्त्रालय रित्तो जस्तै भएको छ भने सचिवको जिम्मेवारी अहिले प्रशासनका सहसचिव काशीराज दाहालले सम्हालेका छन् । सवै सहसचिव विदेश शयरमा गएपनि उनी पनि आईतबारै मात्र विराटनगर कार्यक्रम छोडेर काठमाडौ फर्केका हुन् । मन्त्रालय नै रित्तो हुने गरी भए भरका सहसचिव विदेश शयर गरेको पहिलो पटक नै भएको मन्त्रालयका कर्मचारी बताउंछन् ।
फिलिपिन्स गएका सहसचिव अर्को सातामात्र कार्यालय उपस्थित हुने भएता पनि सचिव भने फिलिपिन्सबाटै अमेरिका पुगेर आषाढा ४ गते फर्केने बताइएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २४, २०७३