आइतवार, जेष्ठ ६, २०८१

कृषि मन्त्री भन्छन् उन्नत प्रविधि अपनाऔं

काठमाडौं, बैशाख । कृषि क्षेत्रको विकास गर्नका लागि कृषिमा आधुनिकीकरण र उन्नत प्रविधिको प्रयोग गर्न सके मात्र कृषि क्षेत्रको विकास गर्न सकिने कृषि मन्त्री हरिबोल गजुरेलले बताएका छन् । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा पार्न नसकिरहेका बेला कृषि मन्त्री गजुरेल भने कृषिमा उन्नत प्रविधि र आधुनिकीकरणको चर्चा चलाई रहेको छन् । नेपालमा चलिरहेको परम्परागत कृषि क्षेत्रलाई विकास गर्नका लागि व्यवसायिक कृषि तर्फ किसानहरुलाई प्रोत्साहित गर्नु पर्ने भएपनि कृषि विकास मन्त्रालयले सो कार्य गर्न सकेको छैन । कृषि यान्त्रिकीकरणलाई जोड दिने कुरा विगतका बर्षहरुदेखि नै चलाईएपनि किसानको पहुँचमा पुग्न सकेको छैन । तैपनि कृषि मन्त्री उन्नत प्रविधिको रटान रटिरहेका छन् । 231
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आफ्नो रजत जयन्ती मनाईरहंदा आफुलाई पुग्ने कृषि बैज्ञानिक नभईरहेको र नेपालमा कृषि बैज्ञानिकहरुको अभाव भएको बताईरहेको छ । एकातिर कृषि बैज्ञानिकहरुको अभाव र अर्कोतिर भएका सरकारी बैज्ञानिकहरु पनि कृषि अनुसन्धानको सट्टा राजनीतिक अनुन्धान ( कार्यालयमा राजनीति बढी गर्ने) तर्फ बढी उन्मूख भईरहेको आरोप समेत लाग्दै आईरहेको छ । यस्तो अवस्थामा नेपाली कृषि क्षेत्रले उन्नत प्रविधिको विकास र विस्तार गर्न सक्ला ?
हुन त नार्कले स्थापनाको पच्चीस बर्षको अवधिमा दुईसय सात बालीको नयां जात र प्रविधि विकास गर्न सफल भएको बताएको छ । ती जात र बालीहरु किसानहरुले प्रयोग गरिरहेका छन् कि छैन । त्यस तर्फ पनि सम्वन्धित सरोकारवाला निकायले ध्यान दिनु आवश्यक छ । नार्कलाई बढी व्यवस्थित र नयां अनुसन्धानमा क्रियाशील बनाउनका लागि कृषि विकास मन्त्रालयले नेपाली कृषि बैज्ञानिकहरुलाई विदेश पलायन हुन तथा गैरसरकारी संस्थातर्फ आकर्षित हुनबाट जोगाउनु पर्दछ ।
नार्कको रजत महोत्सवको अवसरका कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले भने झै कृषि क्षेत्रको सवैभन्दा महत्वपूर्ण पाटोका रुपमा रहेको कृषि अनुसन्धानको विकास भएको छ कि छैन । नेपालको कृषि अनुसन्धानमा लागिरहेका कृषि बैज्ञानिकहरुको अवस्थालाई मूल्यांकन गर्नु पर्दछ कि पर्दैन । भन्ने विषयले पहिलो प्राथमिकता पाउनु आवश्यक छ ।

प्रकाशित मिति: आइतवार, बैशाख २६, २०७३