बिहिबार, बैशाख २०, २०८१

स्वादिलो स्याउको राजधानी मुस्ताङ

मुस्ताङ, ४  कार्तिक । हिमालपारीको जिल्ला मुस्ताङका किसान स्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । मुस्ताङसम्म सडक जोडिएर स्याउले राम्रो बजार पाएसँगै यहाँका किसान स्याउ खेतीतर्फ झनै आकर्षित भएका हुन् ।
नेपालको बजारमा मुस्ताङको स्याउले राम्रो पहिचान बनाएको छ । सडक मार्गको पहुँचसँगै मुस्ताङको स्याउको माग पनि बढ्दै गएको छ । २०२३ सालमा न्यूजिल्यान्डबाट विरुवा ल्याएर स्याउ खेती सुरु गरिएको मुस्ताङ अहिले ‘स्वादिलो स्याउको राजधानी’ नै बनेको छ ।
पछिल्लो समय माग बढेसँगै मुस्ताङमा स्याउ खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक ४, २०७२