शनिबार, जेष्ठ ५, २०८१

कृषिका २ सय कार्यालय कामै नलाग्ने

bali nirdesanalyaकाठमाडौं, ४ जेठ । २०७२ बैशाख १२ गते आएको महाभूकम्पका कारण कृषि विकास मन्त्रालय समेत अछुतो रहन सकेन । सिंहदरबारमा रहेको कृषि विकास मन्त्रालयको पश्चितर्फको भाग भूकम्पका कारण आंशिक रुपमा क्षति भएको छ भने । गतबर्ष मात्र निर्माण गरिएको माथिल्लो तल्लामा पनि चिरा चिरा परेको छ । महाभूकम्पका कारण मन्त्रालयको भवनमा क्षति पुगेपनि कृषि विकास मन्त्रालयका कर्मचारीहरु भवन बाहिरै बसेर कामकाज गरिरहेका छन् । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई समेत मन्त्रालयको भुईतल्लाको छिंडीमा बसेर कार्यसम्पन्न गरिरहेका छन् ।
कृषि विकास मन्त्रालय मातहतमा रहेको १सय २३ कार्यालय पूर्ण रुपमा क्षति भएका छन् भने २ सय ६ कार्यालय भवन भने आंशिक क्षति भएको छ । पूर्ण रुपमा क्षति भएका मध्ये कृषि विभाग मातहतका १० कार्यालय १८ आवास १४ सेवा केन्द्र २ तालिम केन्द्र छन् । त्यस्तै पशु सेवा विभाग मातहतका १५ कार्यालय भवन, १८ वटा आवास भवन, १७ वटा सेवा केन्द्र, १ तालिम भवन, ३ वटा प्रयोगशाला, १५ वटा गोठ ३ वटा डिस्पन्स, १ ग्यारेज समेत गरी ७२ वटा भवन पूर्ण रुपमा क्षति भएको छ । कृषि विकास मन्त्रालय मातहतमा नै रहेको कृषि सामग्री कम्पनीको भने एउटा मात्र कार्यालयमा क्षति पुगेको छ भने कृषि सूचना तथा सञ्चार केन्द्रको पनि एउटा मात्र भवन पूर्ण रुपमा क्षति भएको छ । महाभूकम्पका कारण कृषि विकास मन्त्रालय मातहतमा रहेको करीव १ सय भन्दा बढी भवनहरु पूर्ण रुपमा क्षति भएका छन् भन् २ सय भन्दा बढी भवनहरुमा आंशिक क्षति पुगेको छ ।  हरिहरभवनमा रहेको बाली संरक्षण निर्देशनालयको चारतल्ले भनव पूर्ण रुपमा क्षति भएको छ । जुन भवनमा मासिनलाई प्रवेश निधेष गरिसकेको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ४, २०७२