शुक्रबार, बैशाख १४, २०८१

बगर तरकारी खेतीबाट प्रशस्त आम्दानी

bagarkhetiदाङ, २ वैशाख । कुनै समयमा घरवास र जग्गा राप्ती नदीले बगाएपछि चिन्तित भएका देउखुरीका किसान अहिले बगर तरकारी खेतीबाट लाखाँैको आम्दानी गर्न सफल भएका छन् । यहाँका सात गाविसका किसान बगरमा गरिएको तरकारी र खरबुजा खेतीबाट लाखौँ आम्दानी गरिरहेका छन् । राप्ती नदी आसपासका गाविसमा ५५७ किसानले एक मौसममा प्रतिव्यक्ति रु ६० हजारभन्दा बढी आम्दानी गरिरहेको तरकारी खेती गरिरहेका किसानहरु बताउँछन् । “नदीले कटान गरेर बगर बनाएको १०० हेक्टर बढी जमिनमा देउखुरीका विपन्न किसानले तरकारीबाट मनग्य कमाइ गरिरहेका हुने ।
विशेष गरेर पुसदेखि जेठ महिनासम्म तरकारी खेती हुने गरेको उनीहरुको भनाई छ । उद्यमशील कृषि सहकारी संस्थाले बीउ र मल तथा कृषि विकास कार्यालयले प्राविधिक सहयोग गर्दै आएको किसानहरु बताउँछन् । यहाँका किसानले रामतोरिया, बोडी, लौका, करेला, गाँजर, फर्सी, खरभुजाको व्यावसायिक खेती गर्दै आएका छन् ।
“बगरमा परिणत भएको जग्गालाई संरक्षण तथा तरकारी खेती गर्न सकिएको छ” तरकारी किसान नन्दु चौधरी भन्नुहुन्छ । एक जना किसानले दैनिक २५ देखि ३० किलोसम्म तरकारी बिक्री गर्न गरेका उनीहरुको भनाई रहेको छ ।
“उत्पादित तरकारी तुलसीपुर, घोराही, लमही, भालुवाङ, नारायणपुरलगायतका बजारमा बिक्री गर्ने गरेका छौँ” चौधरीले भन्नुभयो । बुटवल, नेपालगञ्जलगायतका ठाउँमा समेत तरकारी बिक्री गर्ने गरेको उनीहरुमो भनाई छ ।

प्रकाशित मिति: बुधबार, बैशाख २, २०७२